१७ हजार ९६४ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज

 न्यूज विराट
१७ हजार ९६४ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज

काठमाडौं, ४ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा थप २६३ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट थप २६३ जना संक्रमणमुक्त भएर घर फर्किएको जानकारी दिए ।

उनका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या १७ हजार ९६४ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ६१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकाका २०० जनासहित देशभर थप ७०७ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । यीमध्ये ११ हजार ५५५ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ८ हजार ८३ संस्थागत आइसोलेसनमा रहेका छन् भने ३ हजार ७७२ जना होम आइसोलेसनमा छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा थप ११ हजार ८३२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हालसम्म कुल ५ लाख ६६ हजार २२० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । देशभरका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ७६८ रहेको मन्त्रालयको तथ्यांक छ ।

सम्बन्धित समाचार

न्युरो सर्जन समाजको अध्यक्षमा डाक्टर यमबहादुर रोका

विराटनगर । नेपाल न्यूरो सर्जन समाजको नयाँ कार्यसमितिको अध्यक्षमा डा. यमबहादुर रोका चयन भएका छन् । नयाँ कार्यसमितिमा प्रा.डा राजीव झा, प्रेसिडेन्ट इलेक्ट, र डा. सुदन ढकाल उपाध्यक्षमा चयन भएका हुन् । त्यस्तै गरी सचिवमा...

भारत–चीनबीच सीमा क्षेत्रमा तनाव, सीमा क्षेत्रमा थप सैनिक परिचालन

एजेन्सी, जेठ ८-भारत र चीनबीच सीमा क्षेत्रमा तनाव चुलिएको छ । लद्दाखस्थित सीमा क्षेत्रमा तनाव बढेपछि सैनिकको संख्यामा वृद्धि गरिएको छ । भारत र चीनका सेनाबीच दुई साताअघि झडप भएपछि दुई देशको सीमा क्षेत्रमा विवाद...

मन्त्रीपरिषद् बैठक भोलिलाई सर्‍याे

काठमाडाैं, २७ जेठ-लकडाउन खुकुलो पार्ने गरी तयार गरिएको प्रस्तावमाथि निर्णय गर्न बस्ने भनिएकाे मन्त्रिपरिषद् बैठक सरेकाे छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन खुकुलो गर्दै ३ महिनामा पूर्ण खुलाउने गरी तयार पारेको...

राष्ट्रपतिद्वारा २६ वैशाखका लागि संसद बैठक आह्वान

काठमाडौं, २१ वैशाख-राष्ट्रपति विद्यादेवी भण्डारीले २६ वैशाखका लागि संघीय संसदको अधिवेशन आह्वान गरेकी छन् ।मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपति भण्डारीले २६ वैशाख शुक्रबार दिनको ४ बजे संघीय संसदका दुवै सदनको बैठक आह्वान गरेकी हुन् । नेपाल सरकार...

वीपीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

विराटनगर, ६ भदौ–सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका एक कोरोना संक्रमितको शनिबार मृत्यु भएको छ । धरान १५ निवास ६७ वर्षीय वृद्धको प्रतिष्ठानको कोभिड अस्पतालमा शनिबार दिउँसो निधन भएको हो । स्वास्थ्य...

सकियो नेकपा सचिवालय बैठक

काठमाडौं, २० मंसिर-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघि सकिएको हो । आजको बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि सहमागी भएका थिए...

पैसा नदिएको झोंकमा मोरङमा मजदुरले गरे निर्माण व्यवसायीको हत्या

विराटनगर, २ जेठ-मोरङको लेटाङमा छुरा प्रहार गरी शुक्रबार राति एक निर्माण व्यवसायीको हत्या भएको छ। लेटाङ-३ का १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले लेटाङ नगरपालिका-३ का २२ वर्षीय रोमन राईको हत्या गरेको प्रहरीले बताएको...

विराटनगरका राजन श्रेष्ठ नेपाल क्षयरोग निवारण संस्थाको उपाध्यक्षमा निर्वाचित

विराटनगर । विराटनगरका समाजसेवी राजन श्रेष्ठ नेपाल क्षयरोग निवारण संस्थाको उपाध्यक्षमा निर्वाचित भएका छन् । संस्थाको काठमाण्डौमा सम्पन्न १२ औं महाधिवेशनमा श्रेष्ठ उपाध्यक्ष पदमा ८६ मत ल्याएर निर्वाचित भएका हुन् ।क्षयरोग निवारणको क्षेत्रमा लामो समयदेखि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्