प्रदेश १ मा आज ४२ जना नयाँ संक्रमित थपिए, १८ जना डिस्चार्ज

 न्यूज विराट
प्रदेश १ मा आज ४२ जना नयाँ संक्रमित थपिए, १८ जना डिस्चार्ज

विरमटनगर, ४ भदौ-प्रदेश १ मा कुल कोरोना संक्रमितको संख्या २४ सय नजिक पुगेको छ । बिहिबार ४२ जना नयाँसंक्रमित थपिएसँगै कुल कोरोना संक्रमितको संख्या दुई हजार तीन सय ९७ पुगेको हो । बिहिबार १३ महिला र २९ पुरुष थपिएका हुन् ।

सुनसरीमा १२, मोरङमा १०, ते¥हथुममा ९, उदयपुरमा ३, धनकुटा र झापामा १/१ र प्रदेश १ बाहिरका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ३ महिला ३ पुरुष, कोशी गाउँपालिकामा ४ पुरुष, रामधुनी र दुहवीमा १/१ पुरुष, मोरङको बुढीगंगामा २ महिला २ पुरुष, सुन्दरहरैचामा १ महिला ५ पुरुष, ते¥हथुमको म्याङलुङमा ३ महिला ६ पुरुष, उदयपुरको त्रियुगामा १ महिला ३ पुरुष, धनकुटाको शहिदभुमी र झापाको गौरीगञ्जमा १/१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार महोत्तरीका २ महिला १ पुरुष, धनुषा र जनकपुरका १÷१ पुरुष र सिरहाका १ महिलामा कोरोना संक्रमण देखिएको छ । प्रदेश १ बाट बिहिबार १८ जना डिस्चार्ज भएका छन् ।

विराटनगर स्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ जना डिस्चार्ज भएका हुन् । प्रदेश १ मा बिहिबार १ हजार ५ सय ७ पीसीआर परीक्षण भएको छ । प्रदेश १ मा हालसम्मसम्म ७३ हजार ५ सय ५३ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयल जनाएको छ ।

सम्बन्धित समाचार

विराटनगरको गोदाममा प्रहरीको छापा

विराटनगर, २५ मंसिर–विराटनगर–९ जलजलामोडस्थित एक गोदाममा प्रहरीले छापा मारेर ठूलो परिमाणमा कपडा बरामद गरेको छ । मोरङ प्रहरीबाट खटिएको प्रहरीले टोलीले बिहीबार दिउँसो कपडाको व्यापार गर्ने ‘वाइट हाउस’को गोदाममा प्रहरीले छापा हानेर करिब ७६ पोकाभन्दा...

तयार भयो देशकै सबैभन्दा ठूलो सबस्टेशन, सोमबार प्रधानमन्त्रीले उद्घाटन गर्ने

देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । यही माघ १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कार्यक्रममा...

जन्मसिद्धका सन्तानलाई नागरिकता दिन माग राख्दै विराटनगरमा प्रर्दशन

विराटनगर । नागरिकता संशोधन विधेयक पारित गरिनुपर्ने माग राख्दै विराटनगरमा प्रर्दशन गरिएको छ । उनीहरुले नागरिक विधेयक पारित गरी जन्मसिद्धका सन्तानालाई नागरिकता दिनुपर्ने माग राख्दै विराटनगरमा आइतबार प्रर्दशन गरेका हुन् ।नेपालको संविधानले २०७२ सालअघि नेपालको...

नेपाल र चीनको सिनोफार्मबीच कोरोना खोप खरिदको सम्झौता, २४ असारदेखि हरेक साता आपूर्ति

नेपाल सरकार र चीनको सिनोफार्म कम्पनीबीच खोप खरिदको सम्झौता भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै खोप खरिदको सम्झौता भएको जानकारी दिएको हो । सम्झौताअनुसार २४ असारबाट खोप आपूर्ति सुरु हुने...

सनसिटीमा बस्ने सबै व्यक्तिको परीक्षण गरिंँदै, संक्रमितसँग संलग्नहरूको ट्रेसिङ सुरु

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ जनालाई कोरोना भएको पुष्टिभएसँगै सतर्कता बढाइएको छ । बेलायतबाट आएका एकै परिवाका ३ जनामा कोरोनाको आशंका गरिएकामा २ जनामा पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सनसिटी अपार्टमेन्टमा बस्ने...

अप्राकृतिक मैथुन गरेको आरोपमा १ जना पक्राउ

डडेल्धुरा, २६ वैशाख-डडेल्धुरामा प्रहरीले १ जनालाई अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भागेश्वर गाउँपालिका-४ का विमल ओड रहेका छन् । स्थानीय व्यक्तिलाई अप्राकृतिक मैथुन गरेको आरोपमा उनलाई पक्राउ गरिएको डडेल्धुराका...

अध्यक्षद्वयकाे प्रस्तावमाथि छलफल जारी

काठमाडौं, २६ भदौ-बालुवाटारमा जारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा केहीबेर बसेर अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली बाहिरिएका छन् । झण्डै डेढ महिनाअघि स्थगित बैठक अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा बिहिबार...

नेकपा सचिवालय बैठक मंगलवार बस्दै

काठमाडौं, १५ वैशाख-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चलिरहेको माथापच्ची चर्किरहेका बेला यसलाई समाधान गर्न भोलि मंगलबार सचिवालय बैठक बस्ने भएको छ । केही दिनदेखि नेकपाभित्र एक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्