संक्रमण पोजिटिभ भएको व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूले तत्कालै परीक्षणका लागि स्वाब दिने गरेको पाइएको भन्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले तत्कालै परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि कोरोना पोजिटिभ हुने सम्भावना बढी रहने बताए ।
‘काठमाडौंलगायत देशका धेरै ठाउँमा कोभिड-१९ संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूले तुरुन्त पीसीआर टेस्टका लागि स्वाब संकलन गराएको पाइएको छ । पीसीआर पोजिटिभ आउन ५/७ दिन लाग्ने भएकाले तुरुन्त जाँच गर्दा ‘फाल्स नेगेटिभ’ अर्थात् टेस्ट गर्दा नेगेटिभ आउने तर २/४ दिनमा पोजेटिभ रिपोर्ट आउन सक्ने भएकाले ५ दिन नपुगी जाँच नगर्न/नगराउन हुन र उक्त अवधिसम्म घरमै क्वारेन्टाइनमै बस्न हुन सबैलाई जानकारी गराइन छ’ उनले भने ।