२४ घण्टामा देशभर ४६८ जनामा कोरोना संक्रमण पुष्टि, १२४ डिस्चार्ज

 न्यूज विराट
२४ घण्टामा देशभर ४६८ जनामा कोरोना संक्रमण पुष्टि, १२४ डिस्चार्ज

काठमाडौं, ३१ साउन-पछिल्लो २४ घण्टाको अवधिमा थप ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार देशभर कुल संक्रमितको २६ हजार १९ संख्या पुगेको छ । संक्रमितमध्ये ८ हजार १९३ जना सक्रिय संक्रमित रहेका छन् । यीमध्ये ५२३ जना होम आइसोलेसनमा रहेका छन् भने अन्य विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचार भइरहेको उनले बताए ।

शनिबार थप १२४ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म १७ हजार २०१ जना निको भएको मन्त्रालयको तथ्यांक रहेको छ । पछिलो २४ घण्टाको अवधिमा ११ हजार ४७ जनाको पीसीआर परीक्षण गरिएको छ । शनिबारसम्म ५ लाख ६ हजार ६० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । शनिबार देशभर १४ हजार ४४८ जना क्वारेन्टाइनमा रहेका छन् ।

सम्बन्धित समाचार

अपाङ्गता भएका व्यक्तिहरुको दिवसका विराटनगरमा प्रभातफेरि

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं विश्व दिवसका अवसरमा विराटनगरमा आज प्रभातफेरि निकालिएको छ । विराटनगर महानगरपालिका, राष्ट्रिय अपाङ्ग महासंघ, करुणा फाउन्डेसन नेपाल, सिविआर लगायतका संस्थाहरुको अगुवाईमा विराटनगर महानगरपालिका परिसरबाट प्रभातफेरि निकालिएको हो ।...

सकियो तीन दिने सेल्फ डिफेन्स तालिम

विराटनगर । किशोरीहरुमा हुने हिंसा रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले आयोजना गरिएको तीन दिने महिला सेल्फ डिफेन्स तालिम समापन भएको छ । विराटनगरको सत्यनारयण स्कुलमा उक्त तालिम आइतबार सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै...

लिटल कोशीको फाइनल शनिबार, उपाधिको लागि ४४ जनाको प्रतिस्पर्धा

विराटनगर । पाँचौँ संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको फाइनल शनिबार विराटनगरमा हुने भएको छ । उक्त प्रतियोगिताको उपाधि जित्नको लागि ४४ जना प्रतियोगिहरू प्रतिस्पर्धामा उत्रिदैछन् । जय मिडिया म्यानेजमेन्ट प्रालिले बालबालिकाहरूमा भएको प्रतिभा प्रस्फुटन...

प्रदेश १ मा नेपाल भ्रमण बर्ष २०२० को सुभारम्भ

विराटनगर, पुस १६=प्रदेश १ मा भ्रमण वर्ष २०२० को औपचारिकरुपमा बुधबार उद्घाटन गरिएको छ । प्रदेश राजधानी विराटनगरको शहीद रंगशालामा एक कार्यक्रमका बीच मुख्यमन्त्री शेरधन राईले भ्रमण वर्षको उद्घाटन गरे । नौमति बाजा बजाएर विभिन्न जातजाति...

विराटनगरको कवाडीे गोदाममा आगलागी : पाँच जना घाइते, तीन जनाको अवस्था गम्भिर (फोटो फिचर)

विराटनगर । विराटनगर ७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आगलागीमा परी पाँच जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।...

हङकङद्वारा नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध

काठमाडौं, २९ माघ । हङकङले नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । रोयटर्सका अनुसार आगामी मार्च ४ सम्म प्रतिबन्ध लागू हुनेछ । नेपालसहित अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्सबाट हुने...

सीमामा खटिएका सशस्त्रका असईको मृत्यु

सप्तरी, २३ वैशाख-सीमामा खटिएका १ सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) को मृत्यु भएको छ ।भारतसँग सीमा जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको मृत्यु भएको सशस्त्र प्रहरीका डिआइजी राजु अर्यालले...

नेपाल प्रथम गर्ने दिया अग्रवाललाई मेरील्याण्डको सम्मान

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययनरत दिया अग्रवालले कक्षा १२ को परीक्षामा  नेपाल प्रथम भएपछि कलेजले नगद ५१ हजार रूपयाँ सहित सम्मान गरेको छ ।  कलेज परिसरमा सोमवार संविधान दिवसको अवसर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्