हङकङद्वारा नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध - News Birat

हङकङद्वारा नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध

न्यूज विराट

काठमाडौं, २९ माघ । हङकङले नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । रोयटर्सका अनुसार आगामी मार्च ४ सम्म प्रतिबन्ध लागू हुनेछ ।

नेपालसहित अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्सबाट हुने उडानमा रोक लगाइएको छ । कोभिड-१९ को बढ्दो संक्रमणलाई ख्याल गर्दै उक्त रोक लगाइएको हङकङ सरकारले जनाएको छ ।

हङकङले अन्तर्राष्ट्रिय उडानमा ९० प्रतिशतले कम गरेको छ र कुनैपनि ट्रान्जिटको अनुमति पनि दिएको छैन । कोरोनाभाइरस प्रकोपलाई नियन्त्रणमा लिन हङकङले विश्वबाट आफूलाई अलग तुल्याउने निर्णय गरेको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles