राशिफल

प्रदेश १ मा नेपाल भ्रमण बर्ष २०२० को सुभारम्भ

 न्यूज विराट
प्रदेश १ मा नेपाल भ्रमण बर्ष २०२० को सुभारम्भ

विराटनगर, पुस १६=प्रदेश १ मा भ्रमण वर्ष २०२० को औपचारिकरुपमा बुधबार उद्घाटन गरिएको छ । प्रदेश राजधानी विराटनगरको शहीद रंगशालामा एक कार्यक्रमका बीच मुख्यमन्त्री शेरधन राईले भ्रमण वर्षको उद्घाटन गरे । नौमति बाजा बजाएर विभिन्न जातजाति तथा समुदायको झाँकीसहित यसको उद्घाटन गरिएको हो । त्यस अवसरमा सुरक्षा निकाय, विद्यार्थी तथा विभिन्न समूहले आआफ्नो प्रस्तुति देखाए । कार्यक्रममा मुख्यमन्त्री एवं प्रदेश स्तरीय पर्यटन प्रवद्धन समितिका संरक्षक मुख्यमन्त्री शेरधन राईले यो वर्ष आर्थिक समृद्धिको जग बसाउने वर्ष भएको उल्लेख गरे ।

प्रदेशमा मुलुककै होचोस्थान कचनकवलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको बताउँदै उनले भ्रमणवर्षलाई भव्य र सभ्य रुपमा अघि बढाउन सबैले जुटेर साथ दिनु पर्नेमा जोड दिए । ‘नेपाल सरकारले तोकेको १ सय पर्यटकीय गन्तव्य मध्ये १६ प्रमुख गन्तव्यहरु मात्र यसै प्रदेशमा छन् ।’ मुख्यमन्त्री राईले भने,‘भ्रमण वर्षले रोजगारी, गरिबी निवारण, आर्थिक समृृद्धिलाई समेत टेवा पुर्याउने विश्वास मैले लिएको छु ।’

उनले प्रदेशमा भएका अन्य रमणीय, मनोरञ्जनात्मक पर्यटकीय क्षेत्रको पहिचान गर्दै भौतिक पूर्वाधार तयार गर्न सरकारले प्राथमिकतामा राखेर काम थालेको जानकारी दिए । त्यसैगरि कार्यक्रममा भारत पश्चिमवंगाल सिलीगुडीका ग्रामीण पर्यटन अभियान्ताका रुपमा चर्चित राज बासुले भ्रमण वर्षले दुई राष्ट्रबीच पर्यटनको दायरा फराकिलो बनाउने बताए । भारतको गान्धी पर्यटन पुरस्कार २०१९ बाट पुरस्कृत र नेपाल भ्रमण वर्ष सन् १९९८ मा सम्मानित बासुले ग्रामीण पर्यटन प्रवद्र्धनका क्रममा निश्चित स्थानमा रेडपाण्डा सर्किट, लालीगुराँस सर्किट, हात्ती सर्किट बनाउन सकिनेमा जोड दिए ।

कार्यक्रममा प्रदेशका वन, उद्योग, पर्यटन तथा वातावरण मन्त्री जगदीश कुसियैतले भ्रमण वर्षभर पर्यटकको संख्या, बसाई बढाउने र रोजगार सृजना गर्नेतर्फ प्रदेश सरकार लक्षित रहेको बताए । कार्यक्रमको अवसरमा ९ जनालाई प्रदेश सरकारले पर्यटन सद्भावना दूतका रुपमा नियुक्त गरेको छ ।

दुतका रुपमा नियुक्त भएकामा २४ पटक सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका सोलुखुम्बुका कामीरिता शेर्पा, मिसेज एशिया यूनिभर्स २०१७ तथा शौन्दर्यकर्मी धरानकी पिंकी राजगरहिया, ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल सफलतापूर्वक आरोहण गरेका संखुवासभाका मिङ्मा शेर्पा, सानु शेर्पा, छाङ्दावा शेर्पा, ताप्लेजुङका मिङमा ग्याल्बो शेर्पा, अल्ट्रा म्याराथन धाविका भोजपुरकी मीरा राई, विराटनगरकी कलाकार दीपा श्री निरौला र नेपालकै अग्ला व्यक्ति ७ फुट ३ इन्च उचाइका सुनसरीका राजन अधिकारी छन् ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...