रतुवामाईमा भदौ १० गेतेसम्म लकडाउन, ५० बेडको आइसोलेसन बनाइने

 न्यूज विराट
रतुवामाईमा भदौ १० गेतेसम्म लकडाउन, ५० बेडको आइसोलेसन बनाइने

विराटनगर, ३० साउन–समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण फैलिन नदिन दक्षिणपूर्वी मोरङको रतुवामाई नगरपालिकाको सम्पूर्ण नगरक्षेत्रमा आगामी भदौ १० गतेसम्मका लागि बन्दाबन्दी(लक डाउन) गरिएको छ । यस अघि साउन ३० गतेसम्म गरिएकोमा थप गर्दै भदौ १० गतेसम्मका लागि नगरक्षेत्रमा बन्दाबन्दी गरिएको हो ।

छिमेकी सुनवर्षी र रंगेली नगरपालिकामा समुदायस्तरमा संक्रमण थप फैलँदै गएपछि संक्रमणको जोखिम न्युनिकरण गर्न भदौ १० गतेसम्मका लागि शिल गर्ने निर्णय गरेको नगरप्रमुख रविन राईले बताए ।

रतुवामाई नगरपालिकाको कोरोना भाईरस रोकथाम, नियन्त्रण, प्रतिकार्य तथा व्यवस्थापन कार्यदलको बैठकले बन्दाबन्दी थप गर्ने निर्णय गरेको हो ।

छिमेकी देश भारत र छिमेकी स्थानीयतहहरुबाट आउने व्यक्तिहरुबाट रतुवामाईमा संक्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण नगरक्षेत्रमा गरिएको बन्दाबन्दी थप गरि कार्यान्वयन गरिएको नगर प्रमुख राईले बतए ।

उनका अनुसार सो अवधिभर स्वास्थ्य सेवा वहेक नगरपालिका, सवै वडा, नगर भरिका सम्पूर्ण कार्यालय र संघ÷सस्थाहरुबाट प्रदान गरिँदै आएको सेवा पूर्णरुपमा बन्द रहनेछन्।

त्यस्तै सम्भावित जोखिम न्युनिकरणका लागि नगर क्षेत्र भित्र एम्बुलेन्स बाहेकका सम्पूर्ण यातायातका साधनहरु समेत बन्द रहेको र अत्यावश्यक कामबाहेक सामान्य हिडडुल समेतमा थप कडाई गरिएको नगर प्रमुख राईले बताए ।

रतुवामाईमा बन्दाबन्दी थप गरिएसँगै नगरक्षेत्र अझ सुनसान देखिएको छ । नगर प्रमुख राईका अनुसार रतुवामाईमा हालसम्म समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छैन ।

उनले हालसम्म भारतबाट आएर नगरका क्वारेन्टाइनमा बसेका ७७ जनामा मात्र संक्रमण पुष्टि भएको र सवै उपचारपछि घर फर्किसकेको बताए ।

बैठकले रतुवामाई नगरपालिकामा ५० शैयाको आइसोलेसन केन्द्र समेत निर्माण गर्ने निर्णय गरेको छ । रतुवामाईमा लक्षण बिनाका संक्रमित विरामीलाई राख्नका लागि आइसोलेसन केन्द्र केही दिन भित्रै सञ्चालनमा ल्याइने नगर प्रमुख राईले बताए ।

सम्बन्धित समाचार

परराष्ट्रमन्त्रीले भारतीय राजदूतलाई सोधेः नेपाली भूमिमा किन बाटो बनाएको ?

काठमाडौं, २९ वैशाख-सरकारले लिपुलेकमा नेपाली भूमि मिचेर बाटो बनाएको बिषयमा भारतसँग संवाद थालेको छ । परराष्ट्र मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रासँग लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले...

प्रदेश १ मा शुक्रबार ३३ संक्रमित थपिए

विराटनगर, ९ साउन–प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २५, सुनसरीमा ६, मोरङ र धनकुटामा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको काकडभिट्टामा १७ पुरुष, १...

पूर्वमन्त्री मण्डलद्धारा जहदा गाउँपालिकालाई राहत हस्तान्तरण

विराटनगर, जेठ १४-पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले जहदा गाउँपालिकालाई राहत हस्तान्तरण गरेका छन् । बन्दाबन्दीका कारण रोजगारी गुमेर हातमुख जोर्न समस्यामा पर्दै आएका परिवारलाई वितरण गर्न गाउँपालिकालाई ५ हजार...

थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ सय १६ पुग्यो

काठमाडौं, ९ जेठ-नेपालमा आज साँझ थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बिपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरान र किटजन्य रोग अनुसनधान तथा तालिम केन्द्र हेटौडामा परीक्षण गर्दा थप...

कैलालीमा लकडाउन थप कडाइ, अर्को जिल्ला जान नपाइने

धनगढी, १ जेठ-देशभर कोरोना संक्रमितको संख्या थपिँदै गएपछि कैलालीमा पनि लकडाउनमा थप कडाइ गरिएको छ ।गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेपछि कैलालीमा पनि आवागमनमा कडाइ गरिएको...

सरकारले भारतबाट नेपाल आउने आधिकारिक नाका तोक्यो

काठमाडौं, १६ जेठ-सरकारले भारतबाट नेपाल फर्काउन १८ भन्दा बढी नाका तोकेको छ । शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले भारतमा रहेका नेपाली नागरिकलाई ल्याउन देशका विभिन्न नाकाहरूलाई आधिकारिक रूपमा तोकेको हो ।...

मन्त्री कार्कीद्वारा बर्जुको प्रशासनिक भवनको उद्घाटन

विराटनगर । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सुनसरीको बर्जु गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुभएको छ । सोमबार एक कार्यक्रमका बिच मन्त्री कार्कीले रिबन काटेर भवनको उद्घाटन गर्नुभएको हो । उद्घाटन...

एमसीसी विशुद्ध सहयोग मात्रै हो : अर्थमन्त्री

काठमाडौं, २७-अर्थन्त्री डा . युवराज खतिवडाले अमेरिकी सहयोग परियोजना एमसीसी अन्तर्गतको रकम विशुद्ध सहयोग मात्रै भएको बताएका छन् । सत्तारुढदल भित्र निरन्तर जटिल बन्दै गएको एमसीसी मुद्दाका विषमा मंगलबार प्रतिनिधि सभामा अर्थमन्त्रीले यस्तो जवाफ दिएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्