प्रदेश १ सरकारले स्थानीय तह र अस्पताललाई दियो १ करोड ६० लाख बजेट

 न्यूज विराट
प्रदेश १ सरकारले स्थानीय तह र अस्पताललाई दियो १ करोड ६० लाख बजेट

विराटनगर, साउन २९–प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउनको लागि स्थानीय तह र अस्पतालहरुलाई रकम उपलब्ध गराएको छ । आइसोलेशन केन्द्र स्थापना र सञ्चालनको लागि १ करोड ६० लाख रकम प्रदेश सरकारले उपलब्ध गराएको हो ।

स्थानीय तहहरुलाई प्रदेश सरकारले थप रकम उपलब्ध गराएको हो । त्यस्तै ११ वटा जिल्ला अस्पतालहरुलाई कम्तिमा १० वेड क्षमताको आइसोलेशन केन्द्र बनाउन बजेट उपलब्ध गराएको छ ।

केही दिन अगाडि मात्र थप आइसोलेशन बेडहरुको व्यवस्था गर्न प्रदेश स्तरिय सिसिएमसी बैठकले निर्णय गरेको थियो । प्रदेश सरकारले विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा सदनमा ५० बेड क्षमताको आइसोलन केन्द्र बनाउनको लागि महानगरपालिकालाई १० लाख रकम उपलब्ध गराएको छ ।

रंगेली नगरपालिका वडा नं ७ स्थित श्रीजनता क्याम्पसको भवनमा १०० बेड क्षमताको आइसोलेशन बनाउन रंगेली नगरपालिकालाई १५ लाख, सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–१ स्थित वि. जेनेरल अस्पतालमा ५० बेड क्षमताको आइसोलेशन बनाउन हरिनगर गाउँपालिकालाई १० लाख, बराहक्षेत्र नगरपालिका स्थित रमानन्द आचार्य सेवा पिठ, चतरामा १०० बेड क्षमताको आइसोलेशनको लागि १५ लाख र सोलुदुधकुण्ड नगरपालिकालाई आइसोलेसन केन्द्र स्थापना र संचालन गर्न ५ लाख प्रदेश सरकारले उपलब्ध गराएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जानकारी दिए ।

त्यस्तै सरकारले प्रदेश नं १ का ताप्लेजुङ्ग, पाँचथर, ईलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ्ग, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्ला अस्पतालहरुलाई कम्तिमा १० बेड क्षमताको आइसोलेसन स्थापना र संचालन गर्न ५ लाखका दरले एकमुष्ट ५५ लाख रकम प्रदेश सरकारले उपलब्ध गराएको छ ।

कोभिड–१९ आइसोलेसन अस्पताल गोठगाउँ मोरङलाई २० लाख, कोभिड–१९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरलाई ५ लाख र मेची अस्पताल, झापालाई १० लाख रुपैयाँ आइसोलेसन संचालनका लागि उपलब्ध गराएको छ । त्यस्तै बेलबारी नगरपालिका, उर्लाबारी नगरपालिका र थुलुङ्ग दुधकोशी गाउँपालिकालाई क्वारेन्टाइन व्यवस्थापन र सञ्चालनका लागि पाँच–पाँच लाख प्रदेश सरकारले निकासा गरेको छ ।

सम्बन्धित समाचार

कोशी अस्पतालमा चार महिनामै फेरीए सुपरिटेन्डेन्ट : चन्द्रभाल झा भए मेसु, रविराज सिंहलाई पुरानै जिम्मेवारी

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा नयाँ मेसु नियुक्ति भएका छन् । कोशीका निमिक्त मेसु डाक्टर रविराज सिंह चार महिनामै परिवर्तन भएका हुन् । उनका ठाउँमा कोशी अस्पतालका छाला तथा यौनरोग विशेषज्ञ डाक्टर चन्द्रभाल झालाई नियुक्त...

प्रदेश १ को मन्त्रीपरिषद विस्तार

विराटनगर, माघ ५–प्रदेश एकको सरकारले मन्त्रीपरिषद बिस्तार गरेको छ । ५ सदस्यिय मन्त्रिपरिषद रहेको प्रदेश सरकारमा ४ जना राज्य मन्त्रीहरु थप गरिएका छन । थप गरिएका राज्य मन्त्रीहरुमा रामबहादुर थापा मगर भुुमि ब्यवस्था,कृषि तथा सहकारी...

रोटरीद्धारा विद्यार्थीलाई छाता बितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरूलाई छाता बितरण गरेको छ । विराटनगर– ४ खारजीमा रहेको श्री ज्योती आधरभूत विद्यालयमा अध्ययरत १ सय ५० जना विद्यार्थीहरूलाई बिहीबार छाता वितरण गरेको हो । विद्यार्थीहरूलाई रोटरी...

प्रधानमन्त्री ओलीको पक्षमा ९२ सांसदकाे हस्ताक्षर

काठमाडौं, १७ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक शक्तिसंघर्ष चर्किंदै जाँदा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्षधर सांसदहरूले बहुमत जुटाउन हस्ताक्षर अभियान सुरु गरेका छन् । वरिष्ठ नेता माधव नेपाल पक्षले अध्यक्ष र प्रधानमन्त्री...

भेन्टिलेर, अक्सिजन र औषधिको व्यवस्था गर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमितलाई आवश्यक पर्ने भेन्टिलेर, अक्सिजन र औषधिको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आज उक्त आदेश जारी गर्दै  कोरोना भाइरसको संक्रमण भएको व्यक्ति उपचार...

कोरोना कहरपछि दक्षिण कोरियामा २० लाखले गुमाए रोजगारी

एजेन्सी, जेठ ६-दक्षिण कोरियामा गएको ४ महिनादेखि बेरोजगारीको सङ्ख्या निरन्तर उकालो लाग्दै हालसम्म २० लाख नाघेको छ । जनवरीदेखि अप्रिलसम्मको आकँडाअनुसार यति धेरै बोरोजगारी भएको सन् २००० देखि यताकै उच्च हो । कोरोना भाइरस महामारीका...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौं, २१ वैशाख-प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । बैठकमा लकडाउनबारे समीक्षा र संसद अधिवेशन बोलाउनेबारे छलफल भइरहेको बताइएको छ । केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवनको अवलोकन गरेका थिए...

अब दैनिक विपद् बुलेटिन 

काठमाडौं, १२ असार-राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्को बारेमा जानकारी दिने उद्देश्यले दैनिक ‘विपद् वुलेटिन’ सुरु गरेको छ। दिनभर कहाँकहाँ कस्ताकस्ता घटना भए, कहाँकहाँ जोखिम छ, वर्षा र बाढीको जोखिम कुन ठाउँमा छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्