कोरोना संक्रमितका लागि ९४२ आईसीयू र ४९६ वटा भेन्टिलेटर छुट्याइयो

 न्यूज विराट
कोरोना संक्रमितका लागि ९४२ आईसीयू र ४९६ वटा भेन्टिलेटर छुट्याइयो

काठमाडौं, २९ साउन-कोरोना भाइरस संक्रमितको उपचार गर्नका लागि देशभर ९४२ वटा आईसीयू बेड व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न अस्पतालमा कोरोना भाइरस संक्रमण भएर आएकाको उपचारका लागि कुल ९४२ वटा आईसीयू बेड व्यवस्थापन गरिएको जानकारी दिए ।

उनका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा आईसीयू बेड रहेका छन् । बागमती प्रदेशमा कोरोना संक्रमितको उपचारका लागि भनेर ६ सय ३० वटा आईसीयू बेड छुट्याइएको छ । त्यस्तै, सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा १८ वटा मात्र आईसीयू बेड रहेका छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ४३ वटा, प्रदेश २ मा ४५ वटा, गण्डकी प्रदेशमा १ सय ३७, प्रदेश ५ मा २९, कर्णाली प्रदेशमा ४० वटा आईसीयू बेड रहेका छन् ।

त्यस्तै, सरकारले कोरोना संक्रमणका जटिल बिरामीको उपचारमा आवश्यक पर्ने भेन्टिलेटरको संख्या पनि सार्वजनिक गरेको छ । देशभर ४ सय ९६ वटा भेन्टिलेटर रहेको मन्त्रालयले जनाएको छ ।

केन्द्रीय राजधानीसमेत रहेको बागमती प्रदेशमा सबैभन्दा धेरै ३ सय ६१ भेन्टिलेटर छन् । त्यस्तै, प्रदेश १ मा १९ वटा, प्रदेश २ मा १७ वटा, गण्डकी प्रदेशमा ५९ वटा, प्रदेश ५ मा १३ वटा, कर्णालीमा १७ वटा र सुदूरपश्चिम प्रदेशमा १० वटा भेन्टिलेटर छन् ।

सम्बन्धित समाचार

कान्ति बाल अस्पतालको ओपीडी टिकट अब घरबाटै

काठमाडौं, ३० जेठ-कान्ति बाल अस्पतालले ओपीडीको टिकट अब घरबाटै लिन मिल्ने गरी एप्सको विकास गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आज आयोजित कार्यक्रममा सो एप्सको शुभारम्भ गर्दै यसबाट उपभोक्तको समयको बचत हुनाका...

विश्वराज पोखरेल एआईजीमा बढुवा

काठमाडौं, १५ मंसिर-नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् । एआईजीमा बढुवासँगै पोखरेल अहिलेका प्रहरी महानिरीक्षक (आइजीपी) शैलेस थापा क्षेत्रीको अवकासपछि प्रहरी नेतृत्वमा प्रबल दाबेदार रहने...

ट्रयाक्टर दुर्घटनामा २१ जना घाइते

विराटनगर, माघ १६–सुनसरीको बराहक्षेत्रमा बिहीबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा त्यसका सवार २१ जना घाइते भएका छन् । सुनसरीको बराहक्षेत्रस्थित रानीखोला पुलनजिकै को.२ त ८४८६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ दुर्घटना भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको...

घरेलु तथा साना उद्योग महासंघको अधिवेशन शनिबार, एक दिने प्रर्दशनीमा ६० स्टल रहने

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २५ औं साधरण सभा र १२ औं जिल्ला अधिवेशन हुने भएको छ । महासंघ अन्र्तगतको महिला उद्यम समिति मोरङको २१ औं साधरणसभा र १० औं अधिवेशन...

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख नाघ्यो

एजेन्सी, साउन ३-विश्वमा कोरोना भाइरस संक्रमणका कारण ६ लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शनिबार साँझसम्म विश्वभरीमा १ करोड ४२ लाख २८ हजार १८५...

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रमः स्वास्थ्य, कृषि र रोजगारी प्राथमिकतामा

धनगढी, १९ जेठ-सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले प्रदेश सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेकी हुन् । सुदूरपश्चिम...

भ्रष्टाचार तथा सम्पत्ति शुुद्धीकरणसम्बन्धी मुद्दाको चाप बढ्यो

काठमाडौं, ३१ असार-भ्रष्टाचार तथा सम्पत्ति शुुद्धीकरणसम्बन्धी मुद्दा हेर्न विशिष्टकृत अदालतका रूपमा स्थापना गरिएको विशेष अदालतमा पछिल्लो समयमा मुद्दाको चाप बढदै गएको छ । आर्थिक वर्ष २०७६/७७ मा नयाँ दर्ता मात्र ४५० थान मुद्दा छन् ।...

पोखरालाई ४ विकेटले पराजित गर्दै चितवन बन्यो ईपीएल च्याम्पियन

भीम सार्कीको अर्धशतक प्रेरित चितवन टाइगर्स पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (ईपीएल)को च्याम्पियन बनेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्