कल्पनाको बयान : आँखै अगाडि छोरीलाई बलात्कार गर्न खोजेपछि हत्या गरेँ

 न्यूज विराट
कल्पनाको बयान : आँखै अगाडि छोरीलाई बलात्कार गर्न खोजेपछि हत्या गरेँ

काठमाडौं, २८ साउन-दाङका कृष्णबहादुर बोहोराको वीभत्स हत्याकाण्डको भित्री पाटो विस्तारै खुल्दै गएको छ । २५ साउनमा बोहोराको टोखानगरपालिका- १०, गोंगबु नवज्योतिमार्गका किरण बस्नेतको घरमा हत्या भएको थियो ।

उनको शव २६ साउनकाे बिहान शरीर, टाउको र खुट्टा छुट्टाछुट्टै स्थानमा प्रहरीले फेला पारेको थियो । उनको हत्या अभियोगमा प्रहरीले सोमबार राती चितवनकाे कालिका नगरपालिका- ७ की कल्पना मुडभरी पौडेललाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।

कल्पनाले हत्या आफैँले गरेको साबिती बयान प्रहरीलाई दिइसकेकी छन् । बोहोराले खाँदै गरेको रक्सी र दहीमा निद्रा लाग्ने औषधि खुवाएर निदाएपछि अण्डकोषमा मार्तलले हानेर हत्या गरेकी थिइन् । हत्यापछि कल्पनाले बोहोराको शवलाई बाथरुममा लगेर खुट्टा, टाउको र शरीर काटेर सुटकेस र जेब्रा झोलामा हालेर फालेकी हुन् ।

छोरीलाई बलात्कार प्रयास गर्न खोजेपछि हत्या

मङ्गलबार प्रहरीले मृतक बोहोराले नक्कली फेसबुक आईडी खोलेर कल्पनाको नग्न तस्वीर पोस्ट गरेको र त्यही रिसमा उनको हत्या गरेको बताएको थियो ।

तर, हत्याको पछाडि अर्को पनि कारण रहेको खुलेको छ । मृतक बोहोराले २५ साउनमा कल्पनासँगै बसेर रक्सी खाँदै गर्दा उनकी १५ वर्षीया छोरीलाई समेत कल्पनाकै अगाडि बलात्कार प्रयास गरेको खुलेको हो ।

त्यही आवेगमा आएर कल्पनाले निद्रा लाग्ने औषधि दहीमा मिसाएर बोहोरालाई खुवाएर निदाउन लागेपछि छोरीकै अगाडि अण्डकोषमा मार्तलले हानेर हत्या गरेको बयान प्रहरीलाई दिएकी छन् ।

कल्पनाले प्रहरीलाई भनेकी छन्, ‘मृतक बोहोरा र मेरो लामो समयदेखिको सम्बन्ध हो । ऊ सधैँ मेरो कोठामा आइराहन्थ्यो । हामीबीच सबै सम्बन्ध भएका छन् । तर, उसले छोरीमाथि पनि कुदृष्टि लगाउन थालेको थियो । घटना भएको दिन मेरै अगाडि छोरीलाई बलात्कार गर्न समात्योे । मैले छोरीकै अगाडि अण्डकोषमा मार्तलले हानेर हत्या गरेकी हुँँ ।’

अण्डकोषमा हानेर सलले घाँटी बेरेर हत्या गर्दा छोरी पनि सँगै रहेको र बोहोराको शव काट्दा मात्र छोरीलाई टीभी रूममा पठाएको प्रहरीलाई बताएकी छन् ।

कल्पना र बोहोराबीच सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भएर लामो समयदेखि प्रेम सम्बन्धमा थिए । कल्पनाकी १५ वर्षीया छोरी सरकारी स्कुलमा पढ्दै आएकी थिइन् । उनी कक्षा ९ बाट भर्खर १० कक्षामा पुगेकी हुन् । कल्पनाका श्रीमान्‌ले उनलाई २ वर्षअघि नै छाडिसकेका छन् ।

त्यस्तै, मृतक कृष्णबहादुर बोहोराले पनि बहुविवाह (२ विवाह) गरिसकेका छन् । दुवै श्रीमती उनको सम्पर्कमा छैनन् । जेठी श्रीमती दाङ र कान्छी श्रीमती छोराछोरीसहित भारतमा बस्दै गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

एम्बुलेन्स प्रयोग गरेर फरार

कृष्णको हत्या गरेर टाउको र शरीर छुट्टाछुट्टै बनाएर सडकमा फाली फरार भएकी कल्पनालाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो । शनिबार हत्या गरी आइतबार दिनभर कोठा सरसफाइ गरेर बेलुका मात्र कल्पना चितवनतिर भागेकी थिइन् ।

चितवनबाट बिरामीलाई लिएर काठमाडौं आएको एम्बुलेन्समा उनी चितवन पुगेकी हुन् । चितवनमा हुँदै चिनजान भएका ती एम्बुलेन्स चालकले ६ हजार रुपैयाँ लिएर कल्पना, उनकी १५ वर्षीया छोरी र १३ वर्षका छोरालाई चितवन पुर्‍याएका हुन् । कल्पनालाई पक्राउ गरेर मङ्गलबार सार्वजनिक गरे पनि १५ वर्षीया उनकी छोरी नाबालिका भएका कारण प्रहरीले सार्वजनिक गरेको छैन ।

सम्बन्धित समाचार

देउवालाई ओलीले भने- खोप हामीले जुटाएका हौँ, खोप, खोप भनेर राजनीति नगर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप आफूहरूले जुटाएको उल्लेख गर्दै खोप, खोप, खोप भनेर राजनीति नगर्न चेतावनी दिएका छन् । केन्द्रीय कमिटीको बैठकमा उनले आफू नेतृत्वको सरकारले कोरोनाविरुद्धको खोप ल्याएको भन्दै ओलीले राजनीति...

विराटनगरमा सरकारविरुद्ध प्रदर्शन गर्दै आन्दोलित उद्योगीले दिए राजश्व कार्यालयमा धर्ना

विराटनगर, १० असार । आन्दोलनरत विराटनगरका उद्योगी र मजदुरहरुले विराटनगरस्थित आन्तरिक राजश्व कार्यालयमा धर्ना दिएका छन् । आर्थिक वर्ष २०७९÷८० का लागि सरकारले ल्याएको बजेटका कारण स्वदेशी उद्योगहरु धारासायी हुने भन्दै आन्दोलनरत विराटनगरका उद्योगीहरु र...

प्रचण्ड-माधव समूहले ओलीसँग स्पष्टीकरण माग्ने, विष्णु पौडेललाई कारबाही गर्ने

काठमाडौं, २ माघ-नेकपाको प्रचण्ड-माधव समूहको स्थायी समिति बैठकले अध्यक्ष केपी ओलीसँग स्पष्टीकरण माग्ने निर्णय गरेको छ ।शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको विधान, उद्देश्य र लक्ष्यविपरीत काम गरेको भन्दै ओलीलाई स्पष्टीकरण माग्ने निर्णय गरेको...

व्यवसायीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन विराट व्यापार संघको माग

विराटनगर, १६ वैशाख । अग्रपंक्तिमा रहने व्यवसायीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन विराटनगरका व्यवसायीहरुले माग गरेका छन् । अग्रपंक्तिमा रहेर उपभोक्ताहरुलाई अत्यावश्यक वस्तु उपलब्ध गराउने व्यवसायीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन विराट व्यापार संघले प्रदेश सरकारसँग माग...

‘एभरेष्ट कार्निभल’ हुँदै, १८ वटा स्टलमा २५ हजार बढीले अवलोकन गर्ने

विराटनगर । विराटनगरमा रहेको एभरेष्ट एजुकेशन फाउन्डेशनले पहिलो पटक ‘एभरेष्ट कार्निभल’ को आयोजना गर्ने भएको छ । एभरेष्ट कलेज परिसरभित्र माघ २७ देखि २९ गतेसम्म ‘एभरेष्ट कार्निभल’ गर्ने भएको हो । एभरेष्ट एजुकेशन फाउन्डेशनले विराटनगरमा...

औषधी भन्दै खाद्यपुरक सामाग्री विक्री, विरामीलाई भार पर्ने ‘न्युट्रास्युटीकल’ जफत गर्दै विभाग

विराटनगर । विरामीलाई आर्थिक रूपमा भार पर्ने ‘न्युट्रास्युटीकल’ (खाद्यपूरक) सामाग्रीलाई औषधी भन्दै फार्मेशीहरूले विक्री वितरण गर्ने गरेको पाइएको छ । खाद्य पुरक सामाग्रीलाई औषधी भन्दै विक्री वितरण गरेको पाइएपछि औषधी व्यवस्था विभाग विराटनगरले न्युट्रास्युटीकल बरामद...

जुवाको अखडामा प्रहरीको छापा, एमाले नेतासहित १८ लाख ५१ हजार बरामद

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका पुर्व अध्यक्ष शिवनारयण माझीसहित ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । ग्रामथान ४ कटहरास्थित जुवाको अखडामा छापा हानेर पुर्व अध्यक्ष माझीसहित ९ जना जुवाडेको साथबाट १८ लाख ५१ ह्जार ...

रौतहटबाट ८१ जना संक्रमित डिस्चार्ज

काठमाडौं, २९ जेठ-रौतहट जिल्लाका विभिन्न अस्पतालमा निर्माण गरिएका आइसोलेसन सेन्टरमा उपचारपछि निको भएर ८१ जना कोरोना भाइरस संक्रमित घर फर्किएका छन् । रौतहट जिल्ला अस्पतालका मेसु डा. कृष्ण साहका अनुसार गौरस्थित नरसिंह इन्टिट्युटबाट १६ जना,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्