अध्यागमनले दिने सेवा रोकियो

 न्यूज विराट
अध्यागमनले दिने सेवा रोकियो

काठमाडौं, २६ साउन-अध्यागमन विभागले दिँदै आएको सेवा स्थगित गरेको छ । विभागमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि विभागले सेवा नै रोकेको हो ।  विभागले जारी गरेको सूचनाअनुसार अर्को सूचना नआएसम्मका लागि विभागले दिँदै आएकाे हालको सेवा स्थगित गरिएको छ । तर, अत्यावश्‍यक कामका लागि अध्यागमन अधिकृत कुलशेखर अर्याल, पवनकुमार गुप्ता र मधुुसुदन भट्टराईलाई तोकिएको विज्ञप्तिमा उल्‍लेख छ ।  एक जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको अवस्थामा अन्य कर्मचारी पनि संक्रमित भएको हुन सक्ने र सर्न सक्ने हुनाले हाललाई स्थगित गरिएको विभागका सूचना अधिकारी रामचन्द्र तिवारीले बताए । 

सम्बन्धित समाचार

मोरङका ६ स्थानीय तहले ६० मेगावाट विद्यतु उत्पादन गर्ने

विराटनगर, माघ २४–मोरङका ६ वटा स्थानीय तहले सोलार प्यानलबाट ६० मेगावाटको बिजुली उत्पादन गर्ने भएका छन् । पहिलो चरणमा ६० मेगावाट बिजुली उत्पादन गर्ने गरी बेलायतको व्यकपिल्ड इन्टरनेशनल लिमिटेडसँग सम्झौता गरेको अन्तर स्थानियतह साझा सरोकार...

कोरोना संक्रमणका कारण विराटनगरमा ७७ वर्षिय पुरुषको मृत्यु

विराटनगर, साउन १९-विराटनगर स्थित कोशी अस्पतालको आइसोलेसनमा कोरोना संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ । विराटनगर–५ आदर्श टोलका ७७ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. चुमनलाल दाशले जानकारी दिए...

लोकसेवा आयोगका सबै लिखित परीक्षा स्थगित

काठमाडौं, ६ माघ । लोकसेवा आयोगले कोरोना संक्रमण बढेको भन्दै यही माघ ११ गतेदेखि माघ मसान्तसम्मका सबै लिखित परीक्षा स्थगित गरेको छ । आयोगको विहीबार बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । आयोगले...

कंगोका पूर्वराष्ट्रपतिको कोरोना संक्रमणका कारण मृत्यु

एजेन्सी, चैत १८-कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट कंगोका पूर्वराष्ट्रपति जाँ ज्याक्स जोचिम योहोम्बी ओपांगीको ८१ वर्षको उमेरमा निधन भएको छ । कोरोना भाइरस संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना भएका उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले...

करसम्बन्धी सरकारको भ्याकेट निवेदन सर्वोच्चद्वारा खारेज

काठमाडौं, १ असार-सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन दिएको अन्तरिम आदेश खारेजीका विरुद्ध सरकारले ल्याएको भ्याकेट (पुनरावलोकन निवेदन) खारेज गर्ने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार...

वायुसेवा निगमका अधिकारीलाई अख्तियारले बोलायो

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका जहाजको इन्जिन हराएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ । निगमले २०७४ र हालसालै बिक्री गरेका २ बोइङ जहाजको इन्जिन हराएका थिए । अख्तियारमा परेको सूचनाको आधारमा बुधबार निगमका अधिकारीहरूलाई बोलाइएको अख्तियार स्रोतले...

आत्मरक्षाको लागि ‘सेल्फ डिफेन्स’ तालिम सुरू, एक सय बढी किशोरीको सहभागि

विराटनगर । विराटनगरमा तीन दिने महिला सेल्फ डिफेन्स तालिम तथा योगा प्रशिक्षण सुरु भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा विराटनगरमा बुधबारदेखि उक्त तालिम सुरु भएको हो...

बन्दाबन्दीमै जहदामा ३२ सुकुम्बासीको घर निर्माण सुरु, जसको घर उसैलाई रोजगारी

विराटनगर, बैशाख २९–बन्दाबन्दीकै बिच मोरङको जहदा गाउँपालिका–१ स्थित धुनीमा अति विपन्न सुकुम्बासी परिवारका लागि घर निर्माण प्रकृया सुरु भएको छ । पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का सांसद शिवकुमार मण्डलको पहलमा स्थानीय ३२ विपन्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्