नेपालको विकास सुरुङयुगमा प्रवेश गर्‍यो : ओली - News Birat

नेपालको विकास सुरुङयुगमा प्रवेश गर्‍यो : ओली

न्यूज विराट

नेकपाका अध्यक्ष केपी ओलीले नेपाल विकासको सुरुङमार्गमा प्रवेश गरेको बताएका छन् । ओली समूहको नेकपाले आयोजना गरेको बृहत् सभामा बोल्दै ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि विकासले तीव्रता लिएको बताएका हुन् ।

चीनसँग नेपाललाई जोड्न टोखा–छहरे सुरुङमार्ग र थानकोट–नागढुंगा सुरुङमार्गलाई उदाहरण दिँदै ओलीले नेपालको विकास सुरुङमार्गमा प्रवेश गरेको दाबी गरे ।

सभामा विकासका फेहरिस्त सुनाउँदै ओलीले हुलाकी राजमार्गको निर्माणले गति लिएको, भारतसँग संवाद गरेर तराईको डुबान कम गर्न प्रयास भइरहेको र महाकालीको पञ्चेश्वर परियोजना पनि सुरु हुन लागेको बताए ।

ओलीले पूर्व-पश्चिम राजमार्ग चौडा गरिरहेका र पूर्व-पश्चिम रेलमार्ग पनि सँगै निर्माण भइरहेको सुनाए ।उनले भने, ‘नेपालमा रेल ल्याएका छौँ । केही दिनमा सुरु हुन्छ । पूर्व-पश्चिम रेलको निर्माण भइरहेको छ । उत्तर-दक्षिण रेलमार्ग डीपीआर तयार भएको छ, केही दिन सुरु हुन्छ । चीनसँग रेलमा सहमति भएको छ ।’

ओलीले नेपाल अहिले विकास निर्माण चौतर्फी रूपमा भइरहेको दाबी गरे । त्यही क्रममा ओलीले कृषिको क्षेत्रमा रोजगारीको क्षेत्रमा सरकारले काम गरिरहेको उल्लेख गरे । युवालाई विदेश जानबाट रोक्न सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम काम ल्याएको पनि दाबी गरे । त्यसैगरी ओलीले हरेक स्थानीय तहमा औद्योगिक ग्राम बनाउने योजना पनि सुनाए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles