७२ प्रतिशत संक्रमितले जिते कोरोना, उपचार सफलतामा नेपाल अगाडि

 न्यूज विराट
७२ प्रतिशत संक्रमितले जिते कोरोना, उपचार सफलतामा नेपाल अगाडि

काठमाडौं, २५ साउन-राज्यले गर्ने लगानी कम र स्वास्थ्य पूर्वाधार कमजोर भए पनि, प्रशंसनीय कुरा- कोरोना संक्रमितको उपचार सफलतामा हालसम्म नेपाल अगाडि छ । शनिबार साँझसम्मको तथ्यांकअनुसार विश्वभर संक्रमितमध्ये ६४.२२ प्रतिशत निको भएका छन् ।

सार्क मुलुकमा निको भएकाको प्रतिशत ६९.८ छ। ठूला देश भारतमा ६८.४३ र अमेरिकामा ५१.३ प्रतिशतले कोरोना जितेका छन्। जब कि नेपालमा ७२.२ प्रतिशत निको भएर घर फर्किइसकेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार साँझसम्म देशभर संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ। तीमध्ये ६ हजार २ सय ६ जना उपचारका क्रममा छन्। १६ हजार ३ सय १३ जनाले स्वास्थ्यलाभ गरिसकेका छन्।

मुलुकमा कोरोना संक्रमण ह्वात्तै बढे पनि निको हुनेको संख्या पनि उल्लेख्य छ। संक्रमण मुक्त भई पछिल्लो २४ घण्टामा डिस्चार्ज हुने ४ सय ९९ जना छन्। यहाँसम्म आइपुग्दा संक्रमितभन्दा डिस्चार्ज हुनेको संख्या बढी भइसकेको छ। केहीअघिसम्म निको हुनेभन्दा संक्रमित बढी थिए।

असार १ गते १ हजार ४१ संक्रमित निको भई डिस्चार्ज भएका थिए। त्यसको दुई साताभित्र निको हुनेको संख्या दोब्बर वृद्धि भएको थियो। असार १५ गते ३ हजार १ सय ३४ जना घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। असार २८ गतेसम्ममा ८ हजार १ सय ४७ जना संक्रमणपछि डिस्चार्ज भएका थिए। जब कि त्यस दिनसम्म सक्रिय संक्रमितको संख्या ८ हजार ५ सय ८९ थियो।

कुनै न कुनै स्वास्थ्य समस्या भएका र पहिलादेखि नै औषधि सेवन गरिरहेका व्यक्तिको मात्र कोरोना संक्रमणपछि ज्यान गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी बताउँछन्। ‘रोग प्रतिरोधात्मक क्षमता अति न्यून भएकाको मात्र कोरोनाका कारण ज्यान जाने सम्भावना देखिएको छ’, डा. राजभण्डारीले भने।

साउन पहिलो साता पुग्दा भने कोरोना संक्रमणभन्दा डिस्चार्ज हुनेकै संख्या धेरै भइसकेको थियो। साउन १ गतेको विवरणअनुसार ६ हजार ५६ जना सक्रिय संख्या छ। त्यस अवधिमा ११ हजार २ सय ४९ जना निको भएका थिए। साउन १५ गते निको हुनेको संख्या १२ हजार ६ सय ८४ थियो।

स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्यविज्ञ डा. सुरेश तिवारीका अनुसार असार २८ देखि सक्रिय संक्रमितभन्दा निको हुने दर बढेको हो। पीसीआर जाँचमा पोजेटिभ देखिएको र पोजिटिभ नै रहेको (निको नभइसको) अवस्थालाई सक्रिय केस भनिन्छ। डा. तिवारी भन्छन्, ‘सक्रिय केस पनि बढिरहेका छन्। कसरी घटाउने भन्ने सरकारको चुनौती हो।’

१६ हजार डिस्चार्ज

प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ९ सय ४२ छ। प्रदेश २ बाट तीन हजार ३ सय २६ र बाग्मती प्रदेशबाट ६ सय। यसैगरी गण्डकी १ हजार ४ सय ४१ र प्रदेश ५ बाट चार हजार १ सय ७९ डिस्चार्ज छन्। कर्णाली प्रदेशमा १ हजार ८ सय ७ र सुदूरपश्चिममा ३ हजार ९ सय ३८ जना डिस्चार्ज भएका छन्।

सातैवटा प्रदेशबाट १६ हजार ३ सय १३ जना निको भइसककेका छन्। मुलुकमा चार लाख ३५ हजार २ सय ८९ पीसीआर परीक्षण भएको छ। क्वारेन्टाइनमा १० हजार ७ सय ९२ जना छन्। शनिबार मुलुकभर उपचारका क्रममा रहेका संक्रमितको संख्या ६ हजार २ सय ६ छ।अन्नपूर्ण पोष्टबाट

सम्बन्धित समाचार

भगवान् रामचन्द्रको सम्झनामा देशभर रामनवमी पर्व मनाइँदै

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइएको छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका अवसरमा रामचन्द्रका मन्दिरहरूमा...

विराटनगरको पोखरीया देशकै उत्कृष्ट सामुदायिक विद्यालयबाट सम्मानित

विराटनगर । विराटनगरमा रहेको रहेको पोखरीया उच्च माविलाई देशभरीकै उत्कृष्ट सामुदायिक विद्यालय भएको भन्दै सम्मान गरिएको छ । केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच पोखरीया माविलाई देशभरीकै उत्कृष्ट सामुदायिक विद्यालय भन्दै सम्मान...

विराटनगरमा कांग्रेस नेताहरुले भने–संविधानको रक्षाका लागि जनता माझ आएका हौँ

विराटनगर, ३ फागुन । संविधान रक्षाका लागि आफुहरु जनतामाझ आएको नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले बताएका छन् । नेपाली कांग्रेस मोरङले प्रदेश १ को राजधानी विराटनगरमा सोमबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेताहरुले संसद पुनस्र्थापना गर...

प्रदेश १ बाट एकै दिन ३० जनाले जिते कोरोना

विराटनगर, जेठ २२–प्रदेश १ बाट बिहिबार ३० जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ मा उपचाररत २७ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान कोभिड १९ मा उपचाररत ३ जना डिस्चार्ज भएको...

छ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, १४ अर्बभन्दा बढीको कारोबार

काठमाडौं, २५ साउन । आज एकै दिन धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताले १४ अर्ब रुपैयाँबराबरको शेयर किनबेच गरेका छन् । सोमबार नेप्से झिनो अंकले बढे पनि शेयर किनबेच भने १४ अर्ब १३ करोड ७३ लाख ३८...

उपत्यकामा आज अहिलेसम्मकै बढी संक्रमित थपिए

काठमाडौं, ३२ साउन–आइतबार काठमाडौं उपत्यकामा थप १७२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १२६ जना, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण...

वर्षाले इँटा उद्योगमा १५ करोडको क्षति

धनगढी, मंसिर ३०–वर्षाका कारण सुदूरपश्चिम प्रदेशका इँटा उद्योगमा करिब १५ करोड रुपैयाँबराबरको क्षति भएको छ । शुक्रबार र शनिबारको वर्षाले कैलाली र कञ्चनपुरका इँटा व्यवसायी मर्कामा परेका हुन् । वर्षातले कैलाली, कञ्चनपुरका ७० वटा इँटा...

नेपाली भाषाको उत्थानमा सहयोग गर्ने बाँतर समुदायका तीन जना पुरस्कृत

विराटनगर । गीतमार्फत नेपाली भाषाको उत्थानमा सहयोग पु¥याउने पिछडिएका बाँतर समुदायका तीन जनालाई पुरस्कृत एवं सम्मान गरिएको छ। हिमपत मिडिया हाउस र प्रवासी सरदार ‘बाँतर’ यूवा एकता समाज उत्थान केन्द्र नेपालद्वारा दोस्रो अनलाईन नेपाली गीत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्