विराटनगर, साउन २३–विराटनगरस्थित कोशी अस्पतालमा आइपुग्दा शुक्रबार विहान मृत्यु भएका पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएका विराटनगर–९ गुद्रीका ५८ वर्षीय पुरुषको अस्पताल पुग्नसाथ मृत्यु भएको थियो । उनको शवलाई आइसोलेशनमा राखेर स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला ल्याबमा गरिएको परीक्षणमा मृतक पुरूषको कोरोना रिपोर्ट पोजेटिभ आएको कोशी अस्पतलाका आइसोलेशन इन्चार्ज डा. लक्ष्मीनारायण यादवले जानकारी दिए ।
३ बजे आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको हो । शुक्रबार मृत्यु भएकासँगै मोरङमा मात्र कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । विराटनगरका तीन, रंगेली र सुनवर्षी १÷१ पुरुषको मृत्यु भएको हो ।