प्याब्सन विराट कप : अपर्ण, मोर्डन एरा, डनबस्कोे, सेन्टजोसेफ र मदरल्याण्ड विजयी

 न्यूज विराट
प्याब्सन विराट कप : अपर्ण, मोर्डन एरा, डनबस्कोे, सेन्टजोसेफ र मदरल्याण्ड विजयी

विराटनगर । विराटनगरका पाँच वटा स्कुल जारी दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा विजयी भएका छन् ।

प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न खेलमा अपर्ण, मोर्डन एरा, डनबस्को, सेन्टजोसेफ र मदरल्याण्ड विजयी भएको हो ।

प्रतियोगिताको पहिलो खेलमा अपर्ण स्कुलले बिकेभिएक स्कुललाई ट्राइब्रेकरमा ४–२ गोलले हराउँदै क्वाटर क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोही दिन भएको दोस्रो खेलमा मोर्डन एरा स्कुलले गोदावरी स्कुललाई १–० गोलले हाराउँदै मोर्डन एरा स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ । जितको लागि मोर्डन एराका अमन माझीले निर्णायक गोल गरेका थिए ।

सोही दिन भएको तेस्रो खेलमा डनबक्स्को स्कुलले ग्रेडेड स्कुलाई २–० हराउँदै पराजित ग¥यो । जितको लाग डनबक्स्कोतर्फबाट निर्णायक गोल तनोज राजवंशी र जाबिद माँङसुलीले गोल गरेका थिए ।

सोही दिन भएको चौथो खेलमा सेन्टजोफे स्कुलले बाल्मीकि स्कुलाई ट्राइब्रेकरमा ३– १ हराउँदै सेन्टजेसेफ स्कुल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम खेलमा मदरल्याण्ड स्कुलले जेम्स स्कुललाई ४–१ गोलले हरायो । जितको लागि मदरल्याण्ड स्कुलका रोशन खड्काले दुई गोल, सन्दिप अधिकारीले १ गोल र प्रज्वल कार्कीले १ गोल गरेका थिए । सान्तवता गोल जेम्सको तर्फबाट निरज खड्काले गरेका थिए ।
बुधबारको पहिलो खेल सेन्टजोसेफ र मोर्डन एरा, दोस्रो खेल पूर्वाञ्चल र अपर्ण हुने खेल संयोजक संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।

सम्बन्धित समाचार

कोशी सरकारविरूद्ध परेको रिट हेर्न नभ्याइनेमा

विराटनगर । कोशी प्रदेश सरकार गठन असंवैधानिक भएकोले त्यसलाई खारेज गरि आफूलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दिएको रिटमाथिको सुनुवाइ आज नहुने भएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको...

राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गरिँदै

फागुन अन्तिमदेखि ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन अभियान सञ्चालन गरिने भएको छ । ताप्लेजुङमा गत १३ साउनबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन कार्य भइरहेको छ । प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद...

बझाङमा भालु आतंक, आक्रमणबाट एक महिला गम्भीर घाइते

बझाङ, पुस ७–जयपृथ्वी नगरपालिकाको ७ नम्बर वडामा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् । आज दिउँसो १ बजेतिर जयपृथ्वी नगरपालिकाको कोइरालीखेतमा ४० वर्षकी सितादेवी रोकाया गम्भीर घाइते भएकी हुन् । उनको बझाङ जिल्ला अस्पतालमा...

चोरीमा संग्लग्न ३ जना पक्राउ

विराटनगर, १० फागुन । सुनसरी र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट चोरीमा संग्लग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बराहक्षेत्र-८ सुनसरीका २७ बर्षीय अटल राई, शिवसताक्षी नगरपालिका-‍ ९ का २१ बर्षीय रोहित भण्डारी...

सञ्चालक चिकित्सकमा कोरोना पुष्टि भएको विराट नर्सिङ्ग होम सञ्चालनमा

विराटनगर, साउन १९–विराटनगरस्थित विराट नर्सिङ्ग होम (विराटनगर अस्पताल) शिल भएको दुई सातापछि सोमबारबाट सञ्चालनमा आएको छ । अस्पतालका सञ्चालकसमेत रहेका डा. ज्ञानेन्द्रमानसिंह कार्कीमा कोरोना संक्रमण पुष्टि भएपछि विराटनगर महानगरपालिकाले गत साउन ८ गते अस्पताल शिल...

१ अर्ब बढीको कारोबार गर्दै ‘विराट एक्स्पो २०७६’ सम्पन्न

विराटनगर, फागुन १०–विराटनगरमा आयोजित विराट एक्स्पो २०७६ आजबाट समापन भएको छ । लक्ष्य अनुसारको एक अर्ब बढीको कारोबारगर्दै एक्स्पो सम्पन्न भएको हो । गत फागुन २ गतेदेखि सुरु भएको कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रर्दशनी शनिवारबाट...

नैतिक शिक्षा र पठन संस्कृति हराउँदै गयो : मन्त्री यादव

विराटनगर, १० पुस । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले पछिल्लो समय पठन संस्कृति हराउँदै गएको बताउनु भएको छ । उहाँले नैतिक शिक्षा र पठन संस्कृति हराउँदै गएकोमा चित्ता समेत व्यक्त गर्नुभयो ।...

विराटनगर विमानस्थल खुल्यो, हवाई सेवा सुचारु

विराटनगर, कार्तिक ६ । अविरल वर्षाका कारण सोमबार साँझबाट बन्द विराटनगर विमानस्थलको हवाई सेवा आज बिहानबाट सुचारु भएको छ । बिहान ७ बजेबाट विराटनगर विमानस्थल खुला भएको हो । विमानस्थल खुला भएसँगै यहाँबाट हुने नियमित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्