उनीहरूको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनीहरुलाई डिस्चार्ज गरेको छ । एकै दिन ४३ जना निको भई घर फर्किँदा १ पुरुष र ३ महिला आइसोलेसन केन्द्रमा भर्ना भएको अस्पतालले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमित बिरामी निको भएर फर्किनेको सङ्ख्या ३ सय ८४ पुगेको छ । जसमा ३८ महिला छन् ।
गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज मातहत रहेको राजविराजस्थित साइकृष्णा हस्पिटल एण्ड मेडिकल कलेजको आइसोलेसन केन्द्रमा उपचाररत बिरामी निको भएर घर फर्किएपछि हाल १३ महिला र ८८ पुरुष गरी १ सय १ आइसोलेसन केन्द्रमा छन् ।
सप्तरीमा सङ्क्रमित हुने ५ सय ३९ मध्ये आइसोलेसन केन्द्रमा ५१ महिलासहित ४ सय ८५ जना भर्ना भएका थिए । सङ्क्रमतिमध्ये राजविराज नगरपालिका–६ सिरहा रोडका ७३ वर्षीय पुरुषको १ साउनमा र रुपनी गाउँपालिका–५ धुरगाउँका ४२ वर्षीय पुरुषको २० साउनमा मृत्यु भएको थियो । बाँकी ५२ जना होम आइसोलेसनमा रहेकामध्ये पनि अधिकांश निको भइसकेको डा.झाले बताए ।