कर्मचारीलाई मन्त्री अर्यालको निर्देशन :  जिम्मेवारीपूर्वक काम गर्नुहाेस्

 न्यूज विराट
कर्मचारीलाई मन्त्री अर्यालको निर्देशन :  जिम्मेवारीपूर्वक काम गर्नुहाेस्

काठमाडौं, २० साउन-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जिम्मेवारीपूर्वक काममा लाग्न कर्मचारीलाई निर्देशन दिएकी छन् ।  मन्त्रालयलले सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधानको बैठकलाई सम्बोधन गर्दै मन्त्री अर्यालले कर्मचारीलाई   निर्देशन दिएकी हुन् । ‘जनताको सम्पत्तिको रक्षा गर्ने, जनताको सम्पत्तिको दस्तावेजहरूको स्क्यानिङ गरेर प्रविधिमैत्री बनाउने जिम्मेवारी हाम्रो काँधमा रहको छ’, मन्त्री अर्यालले भनिन्, ‘सिंगो ३ करोड जनताको सम्पत्ति रक्षा गर्ने हाम्रो जिम्मेवारी रहेको छ । तपाइहरू जिम्मवारीपूर्वक काममा लाग्नुस् ।’

मन्त्रालयले विगतमा छुट्याइएको भूभाग समेटेर नेपालको अद्यावधिक÷राजनितिक नक्सा सार्वजनिक, आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाई मापन, अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा सरकारका नाममा फिर्ता लगायतका महत्वपूर्ण कार्य आफ्नो कार्यकालमा गरिएको भन्दै मन्त्री अर्यालले स्थानीय तहमा सेवा हस्तान्तरण, भूमि बैंकको स्थापना, भूमिहिन सुकुम्बासीलाई जमिनको मालिक बनाउने महत्वपूर्ण जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

प्रत्येक महिनाको कार्यतालिका बनाएर नतिजामुखी कार्यमा लाग्न आग्रह गर्दै मन्त्री अर्यालले बनाएको तालिकाअनुसार समयमै काम पूरा गर्ने कार्यमा अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिइन् ।

पहिलो चौमासिकदेखि नै कस्सिएर काममा लाग्नुपर्ने भन्दै उनले ऐन, नियम, कार्यविधी, नीति सम्बन्धीका लक्ष्यहरू समयमै सम्पन्न गर्नका निम्ती तदारुकताका साथ लाग्न आग्रह गरिन् ।

सुशासन र सेवाग्राहीका सन्तुष्टीको लागि लाग्न आग्रह गर्दै उनले मालपोत र नापीको हालको छवीलाई जनपक्षीय, जनमैत्री छ भन्ने विश्वास दिलाउन सक्दो प्रयास गर्नुपर्ने बताइन् ।

सहकारीको नियमित अनुगमन, निरिक्षणलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने मन्त्री अर्यालले बताइन् ।  कोरोना महामारीको विषम परिस्थितिमा पनि गत आर्थिक वर्ष र यस आवको प्रगतिमा तात्विक फरक नहुनु भनेको महत्वपूर्ण उपलब्धि रहेको मन्त्री अर्यालको भनाई थियो ।

यस आवमा मन्त्रालयले ७३.२० प्रतिशतको वित्तिय तथा ८०.११ प्रतिशतको भौतिक प्रगति गरेको छ । गत आवमा ६८.८० प्रतिशत वित्तिय र ९६.९४ प्रतिशत भौतिक प्रगती मन्त्रालयको रहेको थियो ।

सम्बन्धित समाचार

एसईइ रनिङ शिल्डको उपाधि बरहा राईजिङलाई

विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सुनसरीको बराहा राईजिङ स्टार स्कुलले जितेको छ । विराटनगरमा शनिबार सम्पन्न भएको फाइनलमा विराटनगरमा रहेको सत्यनारायण माविलाई २–० गोलले हराउँदै बराहा...

संघीयता मबजुत बनाउन जनताको साथ अपरिहार्य छ : मन्त्री मोदी

मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीयतालाई मजबुत बनाउन जनताको साथ अपरिहार्य रहेको बताएका छन् । मोरङको कटहरी-७ र धनपाल-५ जोड्ने लोहन्द्रा खोला झोलुङ्गे पुलको उद्घाटन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन्...

प्रदेश १ बाट थप १८ जना ‘डिस्चार्ज’

विराटनगर, जेठ २०–प्रदेश १ बाट थप १८ जना कोरोना संक्रमणबाट मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् । सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका झापाका १७ जना पुरुष र सुनसरीकी एक महिला...

थप १२ हजार ८ जनामा कोरोना पुष्टि, आठ जनाको मृत्यु

काठमाडौं, ११ माघ । नेपालमा थप १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनाको नमूना परीक्षण गर्दा १२ हजार ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य...

कोशी प्रदेश सरकारले कृषि र रोजगारीलाई प्राथामिकता राखेर ल्यायो नीति तथा कार्यक्रम

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम प्रेशसभामा पेश गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पेश गरेका हुन् । नीति तथा कार्यक्रममा...

मङ्गलबारसम्म वर्षाको सम्भावना

आगामी मङ्गलबारसम्म वर्षा हुने भएको छ । मनसुनी प्रणालीको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमसविद् प्रतिभा मानन्धरले भनिन्, 'यो...

धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

धरान,  १९ असोज-धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारत एक संक्रमितको आज बिहान मृत्यु भएको छ । धरान–१५ का ५५ वर्षीय पुरुषको बिहान ६ः४५ बजे मृत्यु भएको हो ।  प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका...

आइतबारदेखि मौसम बिग्रिने पूर्वानुमान, धरै ठाउँमा पानी पर्ने सम्भावना

देशका धेरै ठाउँको मौसम अहिले सफा भए पनि आइतबारदेखि बद्ली हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन निकालेर आइतबारदेखि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जानकारी गराएको हो । भारतको आन्ध्र प्रदेश तथा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्