२४ घण्टामा देशभर ४१८ जनामा कोरोना पुष्टि

 न्यूज विराट
२४ घण्टामा देशभर ४१८ जनामा कोरोना पुष्टि

काठमाडौं, १९ साउन-सोमबार देशभर ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

योसँगै हालसम्म २० हजार ७५० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५ हजार ७३२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये २७.६ प्रतिशत सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३५८ जनाले कोरोनालाई पराजित गरेर घर फर्किएका छन् ।  आजसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ९६१ रहेको छ । अहिलेसम्म कूल संक्रमितमध्ये ७२.०१ कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएको उनले बताए ।

आज ७ हजार ६३७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । ३ लाख ९८ हजार ९०७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ५७ जनाको मृत्यु भएको छ । यो संख्या कुल सक्रमितमध्ये ०.२८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

झापामा तीन जना मृत फेला प्रकरण: विदेश पठाउने भन्दै उठाएको पैसा फिर्ता गर्न नसक्दा सामूहिक आत्महत्या

विराटनगर, ७ भदौ । झापामा एकै परिवारका तीन जना मृत फेला परेकाको मुचुल्का प्रहरीले अझै उठाउन सकेको छैन । सोमबार बिहान कनकाई नगरपालिका–१ सिर्जना टोलमा आठ महिने बालिकासहित एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला...

संकटका बेला एकजुट हुने असल परम्परालाई हामीले कायम राख्नुपर्छः राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचौँ भूकम्प स्मृति दिवसका अवसरमा भूकम्पमा परी जीवन गुमाएकाको स्मरण गर्दै हालसम्म पनि समस्यामा रहेकाको सहज जीवनको कामना गरेकी छिन् । ‘१२ वैशाख २०७२ गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्प र...

विराट गोल्डकप, फाइनल यात्राको लागि आज पुलिस र चर्च ब्वाइज भिड्दै

विराटनगर । ९ औं संस्करणको रमपम विराट गोल्डकपको दोस्रो क्वाटरफाइनल खेल आज सझ साढे ६ बजे सुरु हुँदैछ । विराटनगर सहिद मैदानमा विभागीय टिम नेपाल पुलिस क्लब र सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च...

अन्तर्राष्ट्रिय उडानमा रोक छैन, सोमबार यी विमान आउँदै छन् काठमाडौं

सरकारले आइतबार राती १२ बजेदेखि ९ दिनका लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेको छ । सोहीअनुसार राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले आफ्ना सबै अन्तर्राष्ट्रिय उडान स्थगन गरेको छ । तर, विदेशी एयरलाइन्सहरूको विनाअवरोध आवत-जावत भइरहेको...

अखिल नेपाल ट्रेड युनियनका उपमहासचिव रायलाई पृती शोक

विराटनगर । अखिल नेपाल ट्रेड युनियन महासंघ उपमहासचिब ओपेन्द्र कुमार रायलाई पृती शोक परेको छ । रायको ७२ वर्षीय बुवा रामजी राय अमातको १४ माघमा निधन भएको हो । रायतको तीन छोरा र बुहारीहरु रहेका...

आत्महत्या दुरुत्साहन मुद्दामा उत्तम सञ्जेलले पाए सफाइ

काठमाडौं, फागुन २२–समता स्कुल र समता अस्पतालका सञ्चालक उत्तम सञ्जेललाई अदालतले आत्महत्या दुरुत्साहन मुद्दामा सफाइ दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले अभियोगको दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको हो ।...

घरेलु तथा साना उद्योगका समस्या समाधान गर्न माग

विराटनगर, फागुन २२–घरेलु, लघु तथा साना उद्योगीहरुका समस्या सम्बोधन गर्न माग गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अगुवाईमा उद्योगीहरुले प्रदेश नं. १ का उद्योग पर्यटन बन तथा वातावरण राज्यमन्त्री बिजय बिस्वासलाई...

मनमोहनले तयार पारो पाँच बर्षे रणनीति योजना, प्राकृतिक चिकित्सातर्फको स्नातक तहको पढाइ हुने

विराटनगर । देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले पाँच बर्षे रणनीति योजना तयार गरेको छ । कोसी प्रदेश सरकारले चार बर्ष अघि स्थापना गरेको मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आगामी आर्थिक बर्ष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्