रेडक्रसको तदर्थ समितिद्वारा पदवहाली

 न्यूज विराट
रेडक्रसको तदर्थ समितिद्वारा पदवहाली

काठमाडौं, १८ साउन-नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिका पदाधिकारीले आज रेडक्रसको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन् । यही १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले रेडक्रसको तत्कालीन कार्यसमिति विघटन गरी डा. नेत्र तिम्सिनाको अध्यक्षतामा ३३ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो । 

पदभार ग्रहणपश्चात् अध्यक्ष डा. तिम्सिनाले जनता, सरकार र साझेदारलाई रेडक्रसको अहिलेको स्थितिबारे स्पष्ट जानकारी गराउन आगामी हप्ता श्वेतपत्र जारी गर्ने जानकारी दिए ।

आगामी सातासम्म नयाँ समितिले आफ्नो विस्तृत कार्ययोजना बनाउने बताउँदै उनले रेडक्रसको लागि नयाँ ऐन ल्याउन राज्य पुनःसंरचनाअनुसार रेडक्रसको संरचना मिलाउनेतर्फ पनि क्रियाशिल बताए ।

महामन्त्री पिताम्बर अर्यालले नेपाल रेडक्रसलाई थप उचाइमा लैजाने, निर्वाचन जतिसक्दो छिटो गर्ने र कानूनी अवस्था सुधार गर्ने नै समितिको प्राथमिकता रहेको बताए ।

पदभार ग्रहण कार्यक्रममा उपाध्यक्षद्वय डा. विश्वकेशर मास्के, शर्मिला कार्की र उपकोषाध्यक्ष होमप्रसाद पाठकलगायतको उपस्थिति थियो । समितिका कोषाध्यक्ष सिताराम कोइरालाले रेडक्रसको आदर्श, सिद्धान्त,  मूल्य मान्यतालाई आत्मसात गर्दै रेडक्रसलाई जनसमक्ष लोकप्रिय बनाएर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा रेडक्रसका कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल र अन्य कर्मचारीले तदर्थ समितिलाई केन्द्रीय कार्यालयमा स्वागत गरे । स्वागत तथा परिचय कार्यक्रममा नयाँ पदाधिकारी, सदस्यहरू, रेडक्रसको अन्तर्राष्ट्रिय समितिका नियोग प्रमुख जेरम इम्स्टेफ, रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ नेपाल कार्यालयका कार्यवाहक प्रमुख हार्भे गजेउ तथा अन्य रेडक्रसकर्मीहरुको उपस्थिति रहेको रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

सम्बन्धित समाचार

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले लिएको एमडी र एमएसको प्रवेश परीक्षा रद्द

पोखरा, फागुन ११–पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको स्नातकोत्तर प्रवेश तहको परीक्षा रद्द भएको छ । परीक्षा समितिले आइतबार सूचना निकालेर एमडी र एमएस (स्नातकोत्तर) तहको प्रवेश परीक्षा रद्द भएको जनाएको हो । शनिबार भएको...

इजरायल जान भाषा परीक्षा दिएका २ हजार ३९ विद्यार्थी उत्तीर्ण

काठमाडौं, ३० भदौ । इजरायलमा केयरगिभर सम्बन्धी रोजगारीका लागि सरकारले लिएको अंग्रेजी भाषा परीक्षामा दुई हजार ३९ परीक्षार्थी उत्तीर्ण भएका छन् । भाषा परीक्षामा उत्तीर्ण भएकाहरूको फिजिकल फिटनेसु जाँच असोज १, २ र ३ गते...

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम असुली गर्नेबाट सावधान रहन प्रहरीको अनुरोध

विराटनगर । नेपाल प्रहरीले अन्तर्वार्तामा पास गराउने भन्दै रकम असुली गर्नेहरुबाट सावधान रहन अनुरोध गरेको छ । नेपाल प्रहरीले एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो । २६ गते प्रहरी जवान पदको विज्ञापन भई...

नेकपा सचिवालय : ओली र प्रचण्डका पत्रबारे छलफल, ३ मंसिरमा बैठक बस्ने

काठमाडौं, २८ कात्तिक-सत्तारूढ दल नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकअर्कालाई पठाएका पत्रबारे छलफल भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको आवश्यकत महसुस गर्दै कार्यकारी अध्यक्ष...

प्रेस सेन्टर मोरङको अध्यक्षमा कर्ण, सचिवमा अनिल श्रेष्ठ

विराटनगर । प्रेस सेन्टर नेपाल मोरङको अध्यक्षमा नविन कुमार कर्ण चयन भएका छन् । प्रेस सेन्टर नेपाल मोरङको विराटनगरमा बिहीबार भएको पाँचौ जिल्ला सम्मेलनबाट कर्ण अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । उनी यसअघि सेन्टरका उपाध्यक्ष...

माधवको गृहजिल्ला रौतहटमै रित्तिने अवस्थामा पुग्यो नेकपा एस

रौतहट, मंसिर ६ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृहजिल्ला रौतहटका चर्चित नेता बुधाई खाँ नेकपा एमालेमै फर्कनुभएको छ । आज आयोजित एक कार्यक्रममा एमाले नेता प्रभु साहले खाँलाई एमाले प्रवेश गराउनु भएको हो ।...

विराटनगरबाट एक सडक आश्रितको उद्धार

विराटनगर, २८ असार–विराटनगरबाट एक जना सडक आश्रित व्यक्तिलाई आज उद्धार गरिएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी लगायतले विराटनगर मुनालपथ क्षेत्रबाट ती व्यक्तिको उद्धार...

निर्वाचन आयोगले सरकारलाई भन्यो : स्थानीय तह निर्वाचन मिति यथाशिघ्र तोकियोस

काठमाडौं, ११ माघ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ । आज विज्ञप्ति जारी गर्दै आयोगले सरकारसँग छिटो मिति तोक्न ताकेता गरेको हो । आयोगले २०७९ वैशाख मसान्तभित्रै स्थानीय तहको निर्वाचन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्