कोरोना संक्रमणबाट भारतको उत्तर प्रदेशमा मन्त्रीको मृत्यु

 न्यूज विराट
कोरोना संक्रमणबाट भारतको उत्तर प्रदेशमा मन्त्रीको मृत्यु

एजेन्सी, साउन १८-कोरोना भाइरसको संक्रमणदर निकै उच्च रहेको भारतमा संक्रमणबाट एक जना मन्त्रीको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट बिरामी भएकी उत्तर प्रदेशकी मन्त्री कमला रानी वरुणको मृत्यु भएको हो ।

योगी आदित्यनाथको क्याबिनेटमा शिक्षामन्त्रीको जिम्मेवारी सम्हालिरहेकी ६२ वर्षीया कमला रानीको आइतबार मृत्यु भएको हो । उनलाई १८ जुलाईमा कोरोना संक्रमण पुष्टि भएपछि लखनऊस्थित एसजीपीजीआई अस्पतालमा उपचाररत थिइन् । मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमला रानीको निधनमा दुःख व्यक्त गर्दै आइतबार अयोध्या जाने आफ्नो कार्यक्रम रद्द गरेका छन् ।

कमला रानी सन् २०१७ को विधान सभा निर्वाचनमा कानपुरको घाटमपुरबाट विजयी भएकी थिइन् । भारतको लोकसभा सदस्यसमेत भइसकेकी कमला रानी सो क्षेत्रमा चुनाव जित्ने भारतीय जनता पार्टीकी पहिलो विधायक हुन् ।

सम्बन्धित समाचार

विनायक स्कुलमा ३८ जना विद्यार्थी दिक्षित

विराटनगर । विराटनगर – १२ स्थित विनायक वोर्डिङ सेकेण्डरी स्कुलमा अध्ययरत ३८ जना विद्यार्थी दिक्षित भएका छन् । स्कुलमा बुधबार एक कार्यक्रम आयोजना गरि ३८ जना विद्यार्थीहरूलाई दिक्षित गरिएको हो । युकेजीबाट कक्षा १ मा...

विरेन्द्र प्रसाद यादवको रहस्मय मृत्युको महिना दिन, प्रहरीको कहाँ पुग्यो अनुसन्धान ?

विराटनगर । सप्तरीको तिरहुद गाउँपालिका –४ का ५१ वर्षीया विरेन्द्र प्रसाद यादवको रहस्मय मृत्यु भएको घटना एक महिना हुन लागेको छ । एक महिना पूरा हुन लाग्दा पनि प्रहरीले यादवको हत्या हो या आत्महत्या आधिकारीक...

प्रदेश १ मा आज १०० जना डिस्चार्ज हुँदा १९ संक्रमित थपिए

विराटनगर २३ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा होमआईसोलेसनबाट ९३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नोवेल मेडिकल कलेजबाट ३–३, कोशी अस्पताल कोभिड १९ बाट १...

विनोद चौधरीले जिते कोरोना

काठमाडौं, २० भदौ-उद्योगी विनोद चौधरी कोरोना भाइरस (कोभिड- १९) संक्रमणमुक्त भएका छन् । उनले माइक्रो ब्लगिङ साइट ट्वीटरमार्फत आफू कोरोना संक्रमणमुक्त भएको जानकारी दिएका छन् । उनले शनिबार बेलुका ट्विटरमार्फत १० दिनको एकतान्तवासपछि आफू संक्रमणमुक्त...

फार्मेशीको दरबन्दी अविलम्व सृजना गरिनुपर्ने एनपीएको माग

विराटनगर । सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड अनुसार फार्मेशीको दरबन्दी अविलम्व सृजना गरिनुपर्ने नेपाल फर्मास्युटिकल एसोसिएशन नेपाल (एनपीए) ले माग राखेको छ । एनपीएले अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ पूर्ण...

मदरल्याण्ड एकेडेमीमा भजन किर्तन प्रतियोगिता

विराटनगर । विराटनगर–५ मा रहेको मदरल्याण्ड एकेडेमीले सरस्वती पूजाको अवसरमा भजन किर्तन प्रतियोगिताको आयोजना गरेको छ । स्कुल प्राङग्मा सोमबार राती सम्पन्न भएको भजन किर्तन प्रतियोगिताको उपाधि पोखरियाको राम जानकी आम समुहले जितेको छ ।...

कोरोना जितेकी अंशु भन्छिन्ः धैर्य र आत्मबल नै औषधि

बागलुङ, १३ वैशाख-बागलुङकी कोरोना संक्रमित १९ वर्षीया युवती शुक्रबार कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् । युवतीको पाँचौ र छैँटौ स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकाले उनी कोरोनामुक्त भएको धवलागिरी अञ्चल अस्पतालले जनाएको छ । बागलुङ...

काठमाडौंको बसपार्कमा पार्किङ गरेका ८ माइक्रोमा आगलागी

काठमाडौं, २१ असार-काठमाडौंको नयाँ बसपार्कमा पार्किङमा राखेका माइक्रोबसमा आगलागी भएको छ ।प्रहरीका अनुसार आज बिहान बसपार्क भित्र पार्किङमा राखेका ८ वटा माइक्रोबसमा आगलागी भएको हो । के कसरी आगो लाग्यो भन्नेबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्