२४ घण्टाको अवधिमा कोरोनाबाट ४ जनाको मृत्यु, मृतकको संख्या ५६ पुग्यो

 न्यूज विराट
२४ घण्टाको अवधिमा कोरोनाबाट ४ जनाको मृत्यु, मृतकको संख्या ५६ पुग्यो

काठमाडौं, १६ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एकै दिन ४ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्ज महानगरका ३ जनाको गण्डक अस्थायी कोरोना अस्पताल र १ जनाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका—११ का ५६ वर्षीय पुरुषको १५ साउनमा मृत्यु भएको हो । मुटुका रोगी ती पुरुषको आईसीयू र भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । ६ साउनमा कोरोना पुष्टि भएपछि उनलाई भोलिपल्ट गण्डक अस्थायी कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।

यस्तै, वीरगञ्ज महानगरपालिका-१६ का ३५ वर्षका पुरुषको १५ साउनमै गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ५ साउनमा निजी क्लिनिक हुँदै तराई अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि गण्डक अस्पतालमा भर्ना भएका थिए । १३ साउनमा अस्पताल भर्ना भएका उनको नमुना संकलन गर्दा हिजो नै कोरोना पुष्टि भएको थियो ।

यस्तै, वीरगञ्ज-२ का ६५ वर्षीय अर्का पुरुषको पनि १५ साउनमै कोरोनाका कारण मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए । उनको मृत्युपछि कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।

यस्तै, वीरगञ्ज– ११ स्थायी घर भई ललितपुरको थसिखेल– ५ बस्ने महिलाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा निधन भएको प्रवक्ता प्रा.डा. गौतमले बताए । मधुमेहका बिरामी ती महिला ६ साउनमा अस्पताल भर्ना भएकी थिइन् ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि स्टार अस्पतालमा भर्ना भएकी थिइन् । ६ साउनमा नै कोरोना पुष्टि भएपछि उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

सम्बन्धित समाचार

भत्ता लिन बैंक पुगेका वृद्धको मृत्यु

धादिङ, ८ जेठ-धादिङको गंगाजमुना गाउँपालिकाका १ वृद्ध सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकमा बेहोश भएर मृत्यु भएको छ । गङ्गाजमुना–४ ठकुरीडाँडाका दमको रोगी ८३ वर्षीय रामबहादुर गुरुङ वृद्धभत्ता झिक्न जाँदा फूलखर्कमा रहेको एसबीआई बैंकमा बेहोश...

प्रदेश १ मा शुक्रबार ६७ संक्रमित थपिए

विराटनगर, २३ साउन–प्रदेश १ मा आज ६७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६४, झापामा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २४ पुरुष ८ महिला,...

साढे ७ सय विदेशी पठाउन आज ४ वटा विमान चार्टर

अन्तर्राष्ट्रिय उडानका लागि शनिबार ३ एयरलाइन्स कम्पनीका ४ वटा विमानले उडान अनुमति पाएका छन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार २ वटा कतार, १ चेक र १ मालिन्डो गररे ४ वटा उडानका लागि अनुमति दिइएको छ...

अर्थमन्त्रीको शेयर बजारमा चासो, अब सरकारले पनि लगानी गर्ने आशा

काठमाडौं, १६ असार । अब पुँजी बजारमा सरकारले पनि चासो देखाएको छ । उच्च विन्दुमा पुगेर फर्किएको बजारलाई आफ्नै लयमा फर्काउन अर्थमन्त्री विष्णु पौडेलले चासो देखाएका हुन् । पुँजी बजारले देशको अर्थतन्त्रमा पनि ठुलो प्रभाव...

जन्म जयन्त्तीमा रक्तादन, ३० पिन्ट रगत संकलन

विराटनगर । पृथ्वीनारायण शाहको ३०२ औं जन्म जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर विराटनगरमा खुल्ला रक्तादन कार्यक्रम आयोजना गरेको छ । राप्रपा मोरङको आयोजनामा विराटनगरमा बिहीबार रक्तदान कार्यक्रम आयोजना गरेको हो ।रक्तादन कार्यक्रममा ३०...

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण थप

पोखरा, २० जेठ-गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ संक्रमित स्याङ्जा र पर्वत जिल्लामा हुन् । स्याङ्जाको चापाकोट नगरपालिका घर भई सोही नगरपालिकाको क्वारेन्टाइनमा रहेका २२, २६, ३२, ४० बर्षका ४...

हत्या आरोपमा २ जना पक्राउ

विराटनगर, १७ जेठ-सुनसरी बारहक्षेत्र–३ बाङगे बस्ने ३७ वर्षीय कमल राईको हत्या आरोपमा २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र ईक्राहीका २२ वर्षीय गणेश लिम्बू र सोही स्थानका १९ वर्षीय प्रदीप राजधामी रहेका...

३० दिनभित्र विश्वासको मत लिन्छु : नवनियुक्त मुख्यमन्त्री उद्धव थापा

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले संविधानमा व्यवस्था भए अनुसार ३० दिनभित्र विश्वासको मत लिने बताएका छन् । मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएपछि संचारकर्मीसँग प्रतिक्रिया दिदै सत्तारुढ गठबन्धनमा छलफल गरेर संवैधानिक व्यवस्था अनुसार तोकिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्