समुदायमा कोरोना कहरः संक्रमण रोकथामका लागि स्थानीय तहले आवस्यक कदम चाल्न सक्ने

 न्यूज विराट
समुदायमा कोरोना कहरः संक्रमण रोकथामका लागि स्थानीय तहले आवस्यक कदम चाल्न सक्ने

विराटनगर,साउन १६–कोरोना भाईरस संक्रमणको अवस्था विश्लेषण गरि रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले आवस्यक कदम चाल्न सक्ने भएका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षमा शुक्रबार बसेको बैठकले परिस्थितिको विश्लेषण गरि कोरोनाको रोकथाम तथा नियन्त्रण गर्न संवन्धित स्थानीय तहहरुले आवस्यक कदम चाल्न सक्ने निर्णय गरेको छ ।

बैठकले कोरोना भाईरस संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरि उनीहरुको पीसीआर परीक्षण गराउने र सामाजिक विकास मन्त्रालयले पीसीआरको संख्या र दायरा बढाउने निर्णय गरेको छ ।

बैठकले नेपाल सरकारले जारी गरेको कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सर्वसाधारण नागरिक, कर्मचारी, कामदार तथा कार्यालय, उद्योगधन्दा व्यापार÷व्यवसायले सार्वजनिक स्थल, सार्वजनिक यातायात तथा कार्र्यस्थलमा पालना गर्नुपर्ने स्वास्थ्य र सुरक्षा संवन्धि मापदण्डलाई एकिकृत गरि सामाजिक विकास मन्त्रालयले स्वास्थ्य संवन्धि मापदण्ड जारी गर्ने निर्णय गरेको छ ।

मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, सामाजिक संघ संस्था, सञ्चारकर्मीलाई आग्रह गर्ने र मापदण्ड पालना नगर्ने व्यक्ति तथा निकायलाई कानून बमोजिम कारवाही गरिने बैठकको निर्णय गरेको मन्त्री घमिरेले जानकारी दिए ।

कोशी अस्पताल कोभिड–१९ उपचारकेन्द्रमा हालको शैया विस्तार, आईसोलेसन केन्द्रहरुको विस्तार गर्ने निर्णय गरिएको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए । बैठकमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुव खड्का, आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त सचिव कोमलबहादुर थापा, मोरङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्का लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

वीरमानको स्वयम्भूमा अन्त्येष्टि

काठमाडौं, १५ असार-उसुका खेलाडी वीरमान वाइबाको सोमबार स्वयम्भूमा अन्त्येष्टि गरिएको छ । वीरमानको आइतबार काभ्रेको बेथानचोकस्थित निवासमा निधन भएको थियो । अन्त्येष्टिअघि वाइबाको पार्थिव शरीरलाई सोमबार अन्तिम श्रद्धाञ्जलिका लागि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्  (राखेप) मा...

कोकाकोला उत्पादक कम्पनीमाथि राजस्वको छानबिन

काठमाडौं, ८ साउन । कोकाकोला उत्पादक ‘बोटलर्स नेपाल लिमिटेड’ सँग अन्तरसम्बन्धित कम्पनी विदेशमै बिक्री गरेर कर छली गरिएको आशंकामा राजस्व अनुसन्धान विभागले छानबिन थालेको छ । नेपालका सरकारी निकायलाई कुनै जानकारी नदिई उक्त कारोबार गरिएपछि प्रधानमन्त्री...

दुहबी सबस्टेशन पुनःसञ्चालनमा

काठमाडौँ, ४ कात्तिक-अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थिति १३२ केभी सबस्टेशन ३८ घण्टापछि पुनः सञ्चालनमा आएको छ । डुबानका कारण मङ्गलबार रातिदेखि बन्द भएको दुहबी सबस्टेशन पानी फालेर आज बिहानदेखि सञ्चालनमा ल्याइएको हो ।...

रोटरीले वितरण गर्यो खाद्य सामाग्री

विराटनगर, २१ कात्तिक–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगर बखरीस्थित विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । आर्थिक रुपमा विपन्न ५० परिवारलाई खाद्यान्न वितरण गरेको हो । शुक्रबार एक कार्यक्रमकाबिच क्लबकी...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५१६ डिस्चार्ज, ३१५ संक्रमित थपिए

विराटनगर, २५ कात्तिक–प्रदेश १ मा मंगलबार ५१६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५ सय १०, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ र मेची अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको...

महाशिवरात्रिको तयारीका लागि मूल समिति गठन

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी गर्न मूल समारोह समिति गठन गरेको छ । कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा समिति गठन गरिएको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए...

सडक आश्रित महिलाको उद्धार

विराटनगर १४ असोज –प्रदेश १ सामाजिक विकास मन्त्रालयले बुधबार एक सडक आश्रित महिलाको उद्धार गरेको छ । सामाजिकविकास मन्त्रीजीवन घिमिरे, प्रदेश सांसद कुशल साम्वालगायतको टोलीले मोरङको बुढीगंगा १ बाट २१ बर्षीया धना विश्वकर्माको उद्धार गरेको...

आइसोलेसन तोडफोड आरोपमा क्याम्पस प्रमुख तिम्सिना पक्राउ

सङ्खुवासभा, ६ भदौ-संखुवासभामा कोरोना संक्रमित राख्न बनाइएको आइसोलेसन वार्ड तोडफोड र स्वास्थ्य सामग्री गायब बनाएको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन् । हिमालय किरण क्याम्पसका प्रमुख मातृका तिम्सिनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आज...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्