रोटरीले वितरण गर्यो खाद्य सामाग्री - News Birat

रोटरीले वितरण गर्यो खाद्य सामाग्री

न्यूज विराट

विराटनगर, २१ कात्तिक–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगर बखरीस्थित विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । आर्थिक रुपमा विपन्न ५० परिवारलाई खाद्यान्न वितरण गरेको हो ।

शुक्रबार एक कार्यक्रमकाबिच क्लबकी अध्यक्ष दिप्ती अग्रवाल तोदी, सदस्य सरिता गोल्छा, कुसुम चैनवाला लगायतले दैनिक ज्यालादारी काम गर्दै आएका परिवारमा ५ जना भएका ५० परिवार(२५० जना) लाई खाद्यान्न वितरण गरेका हुन् । सो क्लबले प्रत्येक महिना विपन्न वस्तीमा पुगेर खाद्यान्न वितरण गर्दै आइरहेको क्लबकी अध्यक्ष दिप्ती अग्रवाल तोदीले जानकारी दिइन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles