अब विद्युतिय माध्यामबाटै आयकर बुझाउन सकिने

 न्यूज विराट
अब विद्युतिय माध्यामबाटै आयकर बुझाउन सकिने

विराटनगर, साउन १४–वार्षिक २० लाख रुपैयाँसम्म कारोबार गर्ने साना करदाताले अब विद्युतिय माध्यमबाटै आयकर बुझाउन सक्ने भएका छन् । राजश्व विभागले साउन १ गतेदेखि लागुहुने गरि करदातालाई यो सुविधा प्रदान गरेको हो । अब आय विवरणर कर मोबाइल एप्स लगाएत अन्य विद्युतीय माध्यमबाट बुझाउन सक्ने र बैंकमार्फत कर भुक्तानी गर्दा आय विवरण समेत बुझाउन सक्ने व्यवस्था सरकारले गरेको छ ।

नयाँ प्राणलीमा यस्ता छन् विशेषता
१.आएकर ऐन २०५८ को दफा ७७ बमोजिम यस्ता साना करदाताहरुको लागि नयाँ आय विवरण तथा कर दाखिला फारम (डे ०१ आय विवरण फारम) तोकिएको छ । यो फारममा करदाताले आफ्नो स्थायी लेखा नम्बर,आय वर्ष,कारोवार रकम र कट्टी हुने रकम,करदाता वा निजको प्रतिनिधिको पूरा नाम,दस्तखत र मोबाइल नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्दछ ।

२. हाल प्रत्येक आय वर्षको छुट्टाछुट्टै आय विवरण र कर दाखिला गर्ने प्राणली रहेकोमा अबदेखि करदाताले एकै पटकमा एक भन्दा बढी आय वर्षको आय विवरण र कर दाखिला गर्न सक्ने गरी प्राणलीमा सुधार गरिएको छ। करदाताले सोझै विभागको एकीकृत कर प्राणलीमा विद्युतीय माध्यमबाट कर चुक्ता प्रमाणपत्र माँग गर्न सक्ने र प्रणालीले स्वतःआय विवरण र कर बक्यौता भए नभएको सुनिश्चित गरी बक्यौता नभएको अवस्थामा स्वतःकर चुक्ता प्रमाणपत्र जारी हुने व्यवस्था रहेको छ ।

वार्षिक २० लाख रुपैयाँसम्मको कारोवार वा दुई लाखसम्म आय भई आयकर ऐन २०५८ को दफा (४)को उपदफा (४) बमोजिम महानगरपालिका,उपमहानगरपालिकामा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिले आय वर्ष २०६७।०७७ मा लाग्ने करमा पचहृत्तर प्रतिशत सहुलियत प्रदान गरिएको छ ।

सो वर्षको लागि महानगरपालिका र उपमहानगरपालिकामा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिको रु ७,५००। को सट्टा रु १,८७५।नगरपालिकामा व्यवसाय गर्ने प्राकृतिक व्याक्तिले रु ४,००० । को सट्टा रु १,०००। र गाँउलिकामा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिले रु २,५००। को सट्टा रु ६२५ मात्र कर भुक्तानी गर्नुपर्नेछ ।

सम्बन्धित समाचार

३ हजार १६५ मिटर उचाइमा भेटियो पाटेबाघ

इलाममा लोपोन्मुख  पाटेबाघ  यहाँ फेला परेको छ ।  इलामको तीन हजार १६५ मिटर उचाइमा पाटेबाघ भेटिएको हो । बिरालो जातको  पाटेबाघ सीसी क्यामरा फुटेजमा देखिएको हो । यसअघि पर्सा निकुञ्जपूर्व पाटेबाघ फेला परेको थिएन ।...

विराटनगर महानगरको न्यायिक समितिले पूर्णता पाएसँगै इजलास सुरु

विराटनगर, २७ असार । विराटनगर महानगरपालिकाको न्यायिक समितिले पूर्णता पाएसँगै इजलास सञ्चालनमा आएको छ । शनिबार सम्पन्न १० औं नगर सभाको दोस्रो बैठकले समितिमा दुईजना सदस्य नियुक्त गरेको थियो । नवनियुक्त सदस्यलाई समितिकी संयोजक तथा...

नेकपा सचिवालय बैठकमा झलनाथको फरक मत

काठमाडौं, १३ मंसिर-नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै रूपमा पेस गरेको प्रतिवेदन फिर्ता गर्न नहुने धारणा बैठकमा व्यक्त गरेका छन् । बैठक सकिएलगत्तै नेता खनालले दुवै प्रतिवेदन पार्टीको सम्पत्ति...

प्रदेश १ : पुनर्नियुक्त मन्त्री आङ्बुहाङले लिए सपथ

विराटनगर, २७ चैत । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले शपथ ग्रहण गरेका छन् । आङ्बुहाङ माओवादी केन्द्र पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरी आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए । माओवादी...

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्याे

काठमाडौं, २३ असोज-नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । आज २ हजार ५९ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख नाघेको हो । आज १३ हजार २ सय ७९ को पीसीआर गर्दा...

भोजपुर र झापाका २ संक्रमित डिस्चार्ज

विराटनगर, बैशाख २८–विराटनगरमा उपचाररत थप दुई जना कोरोना संक्रमित आइतबार डिस्चार्ज भएका छन् । कोसी अस्पताल अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका झापा र भोजपुरका २ संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका हुन् । डिस्चार्ज...

मोरङको जहदामा धारिलो हतियार प्रहार गरि महिलाको हत्या गर्ने पक्राउ

विराटनगर, २९ माघ । मोरङको जहदा गाउँपालिका–१ बस्ने ५५ बर्षीया जोखनी देवी सवरीयालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा गौरीजञ्ज नगरपालिका–१ का २७ बर्षीय प्रेमलाल मण्डल पक्राउ परेका छन् । सवरियाका ज्वाई नाता पर्ने...

सुर्तीजन्य पदार्थ कोरोनाको बहाक: मन्त्री घिमिरे

विराटनगर, जेठ १८–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सुर्तीजन्य पदार्थ कोरोनाको वहाक भएको बताउनुभएको छ । सुर्तीजन्य पदार्थ सेवनगर्नेहरुले एक अर्कालाई बाँडेर खाने र एउटै सुर्तीजन्य पदार्थ धेरैले प्रयोग गर्ने पाईएको उनले बताए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्