विराटनगरका १० स्वास्थ्यकर्मीसहित १६ जनामा कोरोना संक्रमण 

 न्यूज विराट
विराटनगरका १० स्वास्थ्यकर्मीसहित १६ जनामा कोरोना संक्रमण 

विराटनगर, १३ साउन-विराटनगरमा मंगलबार १० जना स्वास्थ्यकर्मीसहित १६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पोजेटिभ देखिएका १६ जना मध्ये १० जना कोसी अस्पताल र विराट नर्सिङ होमका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु हुन् । 

कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट सोही अस्पतालका ७ जना स्वास्थ्याकर्मीमा कोरोना संक्रमण देखिएको हो । यसैगरी विराट अस्पतालका तीन जना स्वास्थ्यकर्मीलाई पोजेटिभ देखिएको छ ।

कोसी अस्पतालको पोष्टनेटल वार्डमा कार्यरत एकजना नर्सलाई सोमबार कोरोना पोजेटिभ देखिएको थियो । उनी विराट अस्पतालमा समेत काम गर्दै आएकी थिइन् ।

विराटनगर अस्पतालमा दशजना बाहेक नगरक्षेत्र भित्रका ६ जना र झापा ठेगाना भई विराटनगर बस्दै आएका दुईजनामा समेत संक्रमण पुष्टि भएको छ ।

जम्मा संख्या १८ देखिएकोमा १६ जनाको ठेगाना विराटनगर उल्लेख भएको महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

परीक्षणका क्रममा विराटनगर महानगरपालिका–६ मा ३८ र ५४ वर्षीय दुई पुरुष, विराटनगर–१० मा ३७ वर्षीया महिला र ३५ वर्षीय पुरुष, विराटनगर १३ मा एक पुरुष र विराटनगर ५ मा ३५ वर्षीय पुरुषमा कोरोना देखिएको जनाइएको छ ।

विराटनगर १० की ३७ वर्षीया महिला पेशाले चिकित्सक हुन् । संक्रमण पुष्टि भएका कोसी र विराट अस्पतालका १० जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरु सबैको ठेगाना विराटनगर नै रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

काठमाडौं उपत्यकामा थपिए १४२० संक्रमित

काठमाडौं, २५ कात्तिक-काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ४ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा तीन जिल्लामा ६ सय ३ महिला र...

देउवाको दावी नै अवैधानिक, यस्तो छ संबिधानमै किटानी ब्यवस्था

काठमाडौं, जेठ ७ । नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले बुझाएको सांसदको हस्ताक्षर नै अबैध रहेको देखिएको छ । आफ्नो पक्षमा बहुमत सांसद पुगेको भन्दै देउवाले राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीको दावीसहित हस्ताक्षर बुझाए पनि सो बहुमत...

विपी प्रतिष्ठानलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

विराटनगर, बैशाख ३१–गोर्खा वेल्फेयर ट्रष्ट नेपालले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ५ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि ट्रष्टले विपी कोइराला स्वास्थ्य विज्ञान...

आज तीन वटा प्रदेशमा पानी पर्नसक्ने

काठमाडौं, २८ माघ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भूभागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश भने...

राष्ट्रिय टी–२० क्रिकेटको उपाधि आर्मीलाई

विराटनगर । प्रथम कोशी प्रदेश टी–२० क्रिकेट प्रतियोगिताकोे उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ ।आर्मीले शनिबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्दै उक्त उपाधि जितेको हो । उपाधीसँगै आर्मीले नगद...

चीनबाट उद्धार गरिएका १ सय ७५ जना कोरोनामुक्त, आजै घर पठाइने

काठमाडौं, फागुन १९–सरकारले चीनबाट उद्धार गरी ल्याएका १ सय ७५ जनामा कोरोना भाइरस नदेखिएको अधिकारीहरूले बताएका छन् । प्रयोगशाला परीक्षणमा कोरोना भाइरसको संक्रमण नदेखिएपछि खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका उनीहरूलाई आजै घर पठाउन लागिएको स्वास्थ्य तथा जनसंख्या...

प्रेस यूनियन स्थापना दिवसः अग्रज पाँच सञ्चारकर्मी सम्मान

मोरङ,१० जेठ । नेपाल प्रेस यूनियनको ३३ औं स्थापना दिवसको उपलक्ष्यमा आज विराटनगरमा तीन दशकभन्दा वढी कार्य गर्ने पाँच जना संचारकर्मीहरुलाई सम्मान गरिएको छ। युनियनको कोशी प्रदेश कमिटीद्वारा आयोजित उक्त कार्यक्रममा सम्मानित हुने सञ्चारकर्मीहरु गोविन्द...

सगरमाथा स्कुलको भव्य भयो २८ औं अभिभावक तथा वार्षिकोत्सव

विराटनगर । विराटनगर – ११ पाञ्चालीमा रहेको सगरमाथा सेकेण्डरी बोर्डिङ स्कूलले २८ औं विद्यार्थी अभिभावक दिवस तथा वार्षिकोत्सव कार्यक्रम विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्थापना कालदेखि नै विद्यार्थीहरुलाई अनुशासनसहित गुणस्तरीय र जीवन उपयोगी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्