काठमाडौं उपत्यकामा थपिए १४२० संक्रमित - News Birat

काठमाडौं उपत्यकामा थपिए १४२० संक्रमित

न्यूज विराट
काठमाडौं, २५ कात्तिक-काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ४ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा तीन जिल्लामा ६ सय ३ महिला र ८ सय १७ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १६ हजार ६ सय ८६ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै भक्तपुर १ हजार २ सय २४ जना र ललितपुरमा २ हजार ३ सय ५० जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक रहेको छ । काठमाडौंमा ११ हजार ३ सय ९३ भक्तपुरमा १ हजार ८ सय १४ र ललितपुरमा १ हजार ८ सय ३१ जना होम आइसोलेसनमा रहेका छन् ।

आज देशभर ११ हजार २ सय ९० जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७ सय ३६ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म १ लाख ९९ हजार ६ सय ६० जनामा कोरोना पुष्टि भएको छ । यी मध्ये १ लाख ६० हजार ५ सय ७७ जना निको भएका छन् भने ३८ हजार ३५ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरू होम तथा संस्थागत आइसोलेसनमा उपचाररत छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles