कोरोनाबाट १ भारतीयसहित ३ जनाकाे मृत्यु

 न्यूज विराट
कोरोनाबाट १ भारतीयसहित ३ जनाकाे मृत्यु

काठमाडौं, १२ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा १ भारतीय नागरिकसहित २ जनाको कोरोनाका कारण मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आज बाराको फेटा– ३ का ६० वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी निमोमिया, मस्तिष्कघात र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए ।

यस्तै, पर्साको वीरगञ्ज १० बस्दै आएका ६५ वर्षीय भारतीय नागरिकको पनि कोरोनाका कारण मृत्यु भएको छ । उनको १० साउन  विहान गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो । ती पुरुष मुटु र मधुमेह रोगका बिरामी थिए ।

यस्तै, धनुषा शहिदनगर– ८ का ३६ वर्षीय पुरुषको पनि ११ साउनमा कोरोनाका कारण मृत्यु भएको छ । १० साउनमा ज्वरो र खोकीसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि प्रादेशिक अस्पताल जनकपुरको इमरजेन्सीमा भर्ना भएका थिए ।

आईसीयूमा राखेर उपचार गरिएपछि स्वास्थ्यमा सुधार नआएपछि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको थियो । उपचारका लागि लैजाँदै गर्दा उनको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

सम्बन्धित समाचार

अन्तरविद्यालय वक्तृत्वकलाको उपाधि बूढानिलकण्ठलाई

विराटनगर । अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा विराटनगरको बूढानिलकण्ठ स्कुलकी छात्रा सेविका दाहाल प्रथम भएकी छन् । राष्ट्रिय शिक्षा दिवसका अवसरमा विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलले बिहीबार आयोजना गरेको ‘युवाहरूको विदेशमोह र देशको भविष्य’ शीर्षकमा आयोजित...

सुन्दरहरैँचा मेयरकप फुटवलः पथरीशनिश्चरे फाइनलमा

विराटनगर, ११ वैशाख । मोरङको सुन्दरहरैंचामा जारी प्रथम सुन्दरहरैँचा मेयरकप फुटबल प्रतियोगिताको आज सम्पन्न खेलमा लेटाङ नगरपालिकालाई पराजित गर्दै पथरिशनिश्चरे नगरपालिका फाईनलमा प्रवेश गरेको छ । मोरङको सुन्दरहरैचास्थित शुक्रबारे खेल मैदानमा सम्पन्न पहिलो सेमिफाईनल खेलमा...

सनसिटीका २ कोरोना संक्रमित निको भएर घर फर्किए

काठमाडौं, ११ वैशाख-पाटन अस्पतालमा उपचार गराई रहेका सनसिटी अपार्टमेन्टका २ जना घर फर्किएका छन् । उनीहरू संक्रमण मुक्त भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । उक्त अपार्टमेन्टमा बस्ने एकै...

मन्त्री नआएपछि गण्डकीमा एमालेले गर्‍यो संसद् बैठक अवरुद्ध

गण्डकी प्रदेशसभा बैठक एमालेले अवरोध गरेको छ । मन्त्री सहभागी नभएकाले बैठक चल्न नसक्ने भन्दै एमालेले शुक्रबारको संसद् बैठक अवरुद्ध गरेको हो । `बैठकमा मन्त्री आउनुपर्ने थियो । तर, एक जना पनि हुनुभएन । त्यसैले...

आजदेखि विराटनगरमा मास्क अनिवार्य, स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनको आदेश

विराटनगर, २९ पुस । पछिल्लो समय विराटनगरसहित मोरङमा कोरोना संक्रमण बढ्दै गएपछि प्रशासनले कडाई गर्न थालेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रशासनले २२ बुँदे आदेश जारी गर्दै कडाई गर्न थालेको हो ।...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनको अध्यक्षमा रेखा राठी चयन

विराटनगर, १७ असार । रोटरी क्लब अफ विराटनगर डाउन टाउनको अध्यक्षमा रेखा राठी चयन भएकी छिन् । उनी वर्ष २०२२–२३ का लागि अध्यक्षमा चयन भएकी हुन् । महिलाहरुलाई संगठित गरेर विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै...

नेकपाको विवादबारे घनश्याम भुसालका ३ सुझाव

काठमाडौं, १७ वैशाख-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादबारे कृषिमन्त्री एवं पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसालले मुख खोलेका छन् । उनले अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउने भन्दै पार्टीको एकता बचाउन, लोकतन्त्र...

अफगानिस्तानमा आफ्नाे शासन स्वीकार गर्न तालिबानकाे आग्रह

काठमाण्डाै, ५ भदौ । तालिबानले आफू विरुद्ध बढ्दै गएको विरोधका बाबजुत अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानमा तालिबानी शासन स्वीकार गर्न अपिल गरेको छ । एक टेलिभिजन अन्तर्वार्ताका क्रममा तालिबानी  प्रवक्ता सुहैल शहिनले अन्तर्राष्ट्रिय समुदायमा अफगानिस्तानमा तालिबानी शासन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्