रोटरी क्लब अफ विराटनगर डाउन टाउनको अध्यक्षमा रेखा राठी चयन

 न्यूज विराट
रोटरी क्लब अफ विराटनगर डाउन टाउनको अध्यक्षमा रेखा राठी चयन

विराटनगर, १७ असार । रोटरी क्लब अफ विराटनगर डाउन टाउनको अध्यक्षमा रेखा राठी चयन भएकी छिन् । उनी वर्ष २०२२–२३ का लागि अध्यक्षमा चयन भएकी हुन् ।

महिलाहरुलाई संगठित गरेर विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउन टाउनको १८ औँ अध्यक्षका रुपमा राठी चयन भएकी हुन् ।

राठी लामो समयदेखि रोटर क्लब अफ विराटनगर डाउन टाउनमा रहेर शिक्षा, स्वास्थ्य, वातावरण र आपतकालिन सेवाको क्षेत्रमा काम गर्दै आएकी थिइन् । उनले क्लबको विभिन्न जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेकी छिन् ।

क्लवका नयाँ पदाधिकारीहरुको पदस्थापन आगामी ४ जुलाईमा हुनेछ । विराटनरस्थित अतिथी सदनमा आयोजना गरिएको कार्यक्रममा पदस्थापन हुने जनाइएको छ ।

आफ्नो कार्यकालमा पनि क्लबको उद्देश्य अनुसार शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा निरन्तर कार्य गर्ने राठीले बताइन् । उनी विराटनगरका उद्योगी अनुपम राठीकी धर्मपत्नी हुन् ।

त्यस्तै क्लबको सचिवमा नमिता टिवडेवाल चयन भएकी छिन् । आगामी कार्यकालको कोषाध्यक्षमा प्रियंका मुण्दडा चयन भएकी छिन् । उनी मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष प्रकाश मुण्दडाकी धर्मपत्नी हुन् ।

यसपटक चयन भएका पदाधिकारीहरु अनुभवी र सकृय महिलाका कारण क्लबले उदाहरणीय काम गर्ने अपेक्षा गरिएको छ । क्लबले हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा महिला उद्यमीहरुले उत्पादन गरेका विभिन्न घरेलु सामाग्रीको प्रदर्शनी र मेला कार्यक्रमसमेत गर्ने योनाा बनाएको अध्यक्ष राठीले जानकारी दिइन् । सो मेला क्लबले प्रत्येक वर्ष आयोजना गर्दै आएको छ । तर, एक वर्ष भने कोरोना महामारीका कारण सो मेला लाग्न सकेको थिएन ।

सम्बन्धित समाचार

संसद भवन प्रवेश गर्दा कलम र डायरी बोक्न नपाइने

काठमाडौं, २५ वैशाख-शुक्रबारदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशनअघि प्रतिनिधि सभा र राष्ट्रियसभाका सांसदको कोरोना भाइरस परीक्षण सुरु गरिएको छ । सांसदको कोरोना भाइरस संक्रमण भए–नभएको परीक्षण पीसीआर प्रविधिबाट हुँदै छ । त्यसका लागि बिहीबार...

हाटखोला फुटबल क्लब क्वाटरफाइनलमा

विराटनगर । मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगितामा हाटखोला भेट्रान फुटबल क्लब विराटनगरमा क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको सहिद मैजानमा सोमबार राती भएको खेलमा हाटखोलाले आयोजक विराट मेघा भेट्रान क्लबलाई १० – ० को फराकिलो...

घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा उपाध्याय

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नं. १ को अध्यक्षमा शिवा उपाध्याय(अन्जु) निर्वाचित भएकी छिन् । महासंघको विराटनगरमा आइतबार भएको दोस्रो अधिवेशन तथा महिला उद्यमी सम्मेलनबाट समितिको वरिष्ठ उपाध्यक्षमा प्रदिप गिरी, उपाध्यक्ष अशोक...

स्वास्थ्य सावधानी अपनाएर पर्यटक बस सञ्चालन गर्ने तयारी

काठमाडौं,  ३१ भदौ-पर्यटक बस व्यवसायीहरुले उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पर्यटक बससेवा सञ्चालन गर्ने तयारी थालेका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको असर नेपालमा समेत पर्दै गएपछि गत १० चैतदेखि बन्द रहेको पर्यटक बससेवा...

तेली समाजले निवन्ध प्रतियोगिता गर्दै, प्रथम हुनेलाई ६ हजार पुरस्कार

विराटनगर । तेली कल्याण समाजले निवन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ । आउँदो भदौ ९ गते समाजले निवन्ध प्रतियोगिता गर्ने भएको हो ।‘संघीयतामा जातीय एकताको आवश्यक्ता र चुनौती’ विषयक शीर्षकमा निवन्ध प्रतियोगिता आयोजना गर्ने भएको...

महिला जागृतीसमूह विराटनगरद्वारा होलिमिलन कार्यक्रम

विराटनगर, ७ चैत । हिन्दुहरूको महत्वपूर्ण चाड होलीको अवसरमा महिला जागृतीसमूह विराटनगरले होलिमिलन कार्यक्रम आयोजना गरेको छ । शनिबार विराटनगर स्थित होटल ह्यारीसनमा होली मिलन समारोह आयोजना गरेको हो । कार्यक्रममा महिला जागृती समूहकी अध्यक्ष...

५ सय तालिबानी जेलमुक्त

एजेन्सी, साउन १६-अफगान राष्ट्रपति अस्रफ घानीले शुक्रबार ५ सय तालिबानीलाई जेलमुक्त गर्न आदेश दिएका छन् । ईदका अवसरमा ३ दिने नयाँ युद्धबिराम सुरु भएसँगै राष्ट्रपतिले यस्तो आदेश दिएका हुन् । संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबान...

इन्डक्सन चुल्होमा भन्सार छुट, बिजुलीको महसुलमा सहुलियत दिने निर्णय

सरकारले इन्डक्सन चुल्हो आयातमा भन्सार महसुल छुट दिने घोषणा गरेको छ । नोभेल कोरोना संक्रमण रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । हाल इन्डक्सन चुलोको आयातमा १५ प्रतिशत भन्सार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्