पूर्वडीआईजी कोइरालाको मुद्दामा आज सुनुवाइ

 न्यूज विराट
पूर्वडीआईजी कोइरालाको मुद्दामा आज सुनुवाइ

काठमाडौं, ११ साउन-सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (पूर्वडीआईजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको सुनुवाइका लागि आजका लागि पेसी तोकिएको छ ।

कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौं जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।

जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्च अदालतले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको हो ।

पूरक निवेदनमा सुनुवाइ हुने भएपछि उक्त मुद्दा पुनः विचारधीन बनेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलाउपर परेको पुनरावलोकन निवेदन अब ३ जना न्यायाधीशबाट सुनुवाइ हुनेछ ।

पुनरावलोकनको अनुमति पाएमा यो मुद्दा सर्वोच्च अदालतको तीन वा सोभन्दा बढी न्यायाधीशको इजलासबाट सुनुवाइ हुनेछ । संवैधानिक व्यवस्थाअनुसार पुनरावलोकनको व्यवस्था भएकाले यसबाट अन्तिम टुङ्गो नलाग्दासम्म यो मुद्दा विचाराधीन बनेको छ ।

सम्बन्धित समाचार

आज १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ सय कट्यो

काठमाडौं, १८ जेठ-आइतबार नेपालमा १ सय ६६ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ । आज पुष्टि भएका संक्रमितमध्ये १ जना ६२ पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना...

राष्ट्रपतिद्वारा आमा र गुरुबाट टीका ग्रहण

काठमाडौं, १० कात्तिक-राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी छन् । राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका...

ओली अराजक बन्दैछन्ः डा शेखर कोइराला

विराटनगर, ३ माघ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली अराजक बन्दै गएको आरोप लगाएका छन् । आज विराटनगरमा आयोजित मानवअधिकार तथा शान्ति समाजको साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दैै कोइरालाले प्रधानमन्त्री...

मन्त्रीपरिषद् बैठक भोलिलाई सर्‍याे

काठमाडाैं, २७ जेठ-लकडाउन खुकुलो पार्ने गरी तयार गरिएको प्रस्तावमाथि निर्णय गर्न बस्ने भनिएकाे मन्त्रिपरिषद् बैठक सरेकाे छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन खुकुलो गर्दै ३ महिनामा पूर्ण खुलाउने गरी तयार पारेको...

लकडाउनको ८३ दिनपछि सरकारी कार्यालय खुल्दै

काठमाडौं, १ असार-कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको लडाउनको ८३ दिनपछि आजदेखि सबै कार्यालय खुल्ने भएका छन् । लकडाउनले सर्वसाधारणको दैनिकी कष्टपूर्ण भएपछि आर्थिक गतिविधिसँगै सबै सरकारी तथा गैरसकारी कार्यालय साविककै रूपमा सेवा प्रवाह...

अमेरिकामा एकैदिन थपिए ६२ हजार कोरोना संक्रमित

एजेन्सी, असार २५-संयुक्त राज्य अमेरिकामा २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिएका छन् । वल्डोमीटरका अनुसार त्यहाँ गत २४ घण्टामा अहिलेसम्मकै बढी ६१ हजार ८ सय संक्रमित थपिएका हुन् । योसँगै अमेरिकामा संक्रमितको संख्या ३१...

हङकङमा बिल्डिङबाट खस्दा एक नेपाली महिलाको मृत्यु

हङकङमा एक आवासीय बिल्डिङबाट खसेर एक नेपाली युवतीको मृत्यु भएको छ । हङकङको मोङककस्थित एक बिल्डिङबाट आइतबार साँझ दुई दिदीबहिनी खस्दा उपचारका क्रममा दिदीको मृत्यु भएको हो । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार आइतबार साँझ दुवै...

घरमै बसेर जितिया पर्व मनाउँदै थारू महिला

चितवन, २५ भदौ-थारू समुदायका महिलाको मुख्य चाड हो जितिया । आज जितियाको दोस्रो दिन अर्थात् मुख्य दिन । निकै रमझमका साथ मनाइने यो पर्वमा यस वर्ष खासै उल्लास छैन । कोरोनाको प्रकोपका कारण थारू महिला...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्