मोरङमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

 न्यूज विराट
मोरङमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

मोरङ, ९ साउन-मोरङमा राष्ट्रिय परिचयपत्र वितरण शुभारम्भ भएको छ । जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेल र विराटनगर उपमहानगरपालिका उपप्रमुख इन्दिरा कार्कीले जिल्ला प्रसासन कार्यालय मोरङमा बिहीबार आयोजित कार्यक्रममा फोटो खिचेर दर्ता शुुभारम्भ गरे ।

प्रदेश १ का प्रमुुख सचिव दिनेश भट्टराईले सरकारले प्रदान गर्ने सेवालाई सहज र पारदर्शी बनाउन परिचयपत्र प्रभावकारी हुुने बताए । परिचयपत्रका लागि १६ वर्ष उमेर पुुगेका सबै नेपाली नागरिकलाई वितरण गरिने लक्ष्यअनुुसार दर्ता सुरु गरिएको मोरङका प्रमुुख जिल्ला अधिकारी मदन भुुजेलले जानकारी दिए ।

आगामी ३ वर्षभित्र सबै नागरिकलाई परिचयपत्र वितरण गरिने लक्ष्य सरकारको रहेको छ । यसअघि २४ जिल्लामा सञ्चालित यो कार्यक्रम यही साउनबाट ७७ जिल्लामा सुरु भएको जानकारी गराइयो ।

चालू आर्थिक वर्षमा मुलुकभरि एक करोड नागरिकलाई परिचयपत्र वितरण गरिने छ । आगामी दिनमा स्थानीय तहको समन्वयमा वडास्तरमै परिचयपत्र दर्ता कार्य गरिने भएको छ ।

परिचयपत्र अहिलेसम्म २ लाख २५ हजार नेपाली नागरिकले पाइसकेका छन् । कार्यक्रममा महानगरपालिका, नगरपालिका, गाउँपालिका प्रमुुख, उपप्रमुुखसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो । रासस

सम्बन्धित समाचार

भ्रम फैलाउने १७ अनलाइन बन्द

कोरोना भाइरसबारे भ्रम फैलाउने गरी समाचार संप्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले १७ वटा अनलाइन सञ्चार माध्यम बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । काउन्सिलले १० चैतदेखि १६ चैतसम्मको अवधिमा भाइरसबारे विभिन्न भ्रम फैलाएको...

चीनमा काेराेना संक्रमण फेरि बढ्याे, एकैदिन भेटिए १३ हजार संक्रमित

चीनमा एकैदिन १३ हजार १४६ जना कोभिड संक्रमित फेला परेका छन् । यो संख्या २ वर्षअघि चीनमा सुरु भएको कोभिडको पहिलो लहरपछि अहिलेसम्मकै उच्च रहेकाे बताइएकाे छ । चीनमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन एक दर्जनभन्दा बढी...

सरकारले एनआरएनएको स्वतन्त्रतामाथि प्रतिगमन गर्‍यो, सशक्त प्रतिवाद गर्छौं:कुमार पन्त

काठमाडौं, ६ मंसिर । गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्तले निर्वाचित कार्य समितिलाई वैधानिक काम गर्न बन्देज लगाएर नेपाल सरकारले एनआरएनएको स्वतन्त्रतामाथि नांगो हस्तक्षेप गरेको बताएका छन् । सरकारले निर्वाचित कार्य समितिलाई दीर्घकालिन महत्वका...

सिपि डे केयर सेन्टरमा शौचालय निर्माण गरेर हस्तान्तरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सिपि डे केयर सेन्टरमा शौचालय निर्माण गरेर हस्तान्तरण गरेको छ । क्लबले विराटनगरस्थित आदर्श माविमा सञ्चालित सेलेब्रल पाल्सी बेबी डे केयर सेन्टरमा शौचालय निर्माण गरि हस्तान्तरण गरिएको अध्यक्ष...

विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, ११ भदौ-विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । सिरहाको लहान घर भएकी ६५ वर्षीया महिलाको बिहान १०ः४५ बजे मृत्यु भएको उपचार केन्द्रका प्रमुख डा. दीपक सिग्देलले जानकारी...

जनताको सेवामा ध्यान दिन मन्त्री घिमिरेको आग्रह

विराटनगर, ७ असोज-। प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्यकर्मीलाई व्यक्तिगत चाहनालाई थाति राखेर जनताको सेवा गर्न आग्रह गरेका छन् । उनले अहिलेको परिस्थितिमा व्यक्तिगत इच्छा, चाहना भन्दा पनि जनताको सेवामा ध्यान दिन...

 २९ देशबाट संविधान दिवसको शुभकामना

काठमाडौं, ३ असोज-संविधान दिवसका उपलक्ष्यमा विश्वका २९ मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना सन्देश दिएका छन् । अष्ट्रेलिया, बङ्गलादेश, बेल्जियम, भुटान, ब्राजिल, क्यानडा, चीन, क्युबा,...

आरडीटीका लागि मुस्लिम पहिचान गरिँदै

काभ्रेपलाञ्चोक, ९ वैशाख-स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी आफ्ना क्षेत्रमा बस्ने गरेका मुस्लिम समुदायका व्यक्तिको पहिचानमा जुटेका छन् । हाल उनीहरु स्थानीय तहको स्वास्थ्य शाखामार्फत मस्लिम समुदायका व्यक्तिको पहिचान गर्दै र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) गरिरहेका हुन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्