
विराटनगर, ११ भदौ-विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । सिरहाको लहान घर भएकी ६५ वर्षीया महिलाको बिहान १०ः४५ बजे मृत्यु भएको उपचार केन्द्रका प्रमुख डा. दीपक सिग्देलले जानकारी दिए ।
उनका अनुसार महिलालाई उपचारका लागि बिहीबार राति १० बजे कोभिड अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबार बिहान ७ बजेबाट स्वास्थ्य अवस्था गम्भीर बनेपछि भेन्टिलेटरमा राखेर उपचार गरिएपनि महिलाको मृत्यु भएको हो । मृतक दमको दिर्घरोगी रहेको डा. सिग्देलले बताए । उनका अनुसार महिलाको शव व्यवस्थापनको तयारी भइरहेको छ ।