कोरोनाबाट नेपालमा थप १ जनाको मृत्यु

 न्यूज विराट
कोरोनाबाट नेपालमा थप १ जनाको मृत्यु

काठमाडौं, ८ साउन-पर्साको वीरगञ्जमा ६ साउनमा मृत्यु भएका ७० वर्षीय वृद्धमा कोरोना भाइरस पोजिटिभ देखिएको छ । नारायणी अस्थाई कोभिड अस्पताल गण्डकको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएका वीरगञ्ज महानगरपालिका-६ का ती वृद्धको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।  निमोनिया र श्वासप्रश्वास समस्याबाट पीडित ती पुरुष ५ साउनमा वीरगञ्जको एडभान्स हस्पिटल पुगेका थिए । त्यहाँ उपचार हुन नसकेपछि उनलाई कोभिड अस्पताल रेफर गरिएको थियो ।

सम्बन्धित समाचार

शेयर कारोबारमा हौसिए लगानीकर्ता, एकै दिन ६ अर्बको कारोबार

काठमाडौं, ४ मंसिर-शेयरबजारमा लगानीकर्ताको आर्कषण बढ्दै गएपछि कारोबार रकमले नयाँ रेकर्ड कायम गर्न थालेको छ । साताको अन्तिम दिन बिहीबार आज पनि सेयर खरिदबिक्री गर्ने लगानीकर्ताको चाप बढ्दा कारोबार रकमले नयाँँ रेकर्ड कायम गरेको छ...

विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालयका संचालक सडकमा

काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) ले संसदमा दर्ता गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरेको छ । बिहीबार सो संगठनले राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । विधेयकमा भएका...

जनकपुरका मेयरका छोरीज्वाइँसहित ३ जनामा कोरोना

काठमाडौं, २२ साउन-धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर शाहकी छोरी, ज्वाइँ र पीएमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनीहरू तीनै जनालाई लक्ष्मीनिया गाउँपालिकाको सपही आइसोलेसनमा भर्ना गरिएको छ । छोरी ज्वाइँ...

विराटनगरको शैक्षिक शान : मेरिल्याण्ड कलेज

विराटनगर । भनिन्छ अबको युग व्यवस्थापनको हो । व्यवस्थापन विज्ञान मात्रै होइन कला पनि हो भनेर वेत्ताहरुले भन्दै आएका छन् ।यही व्यवस्थापकीय विज्ञान र कला अनि यसका आधारभूत ज्ञान विद्यार्थीमा सञ्चारित गराउँदै आएको एक अब्बल...

काेराेनाविरुद्ध २० लाख भ्याक्सीन तयार : अमेरिका

एजेन्सी, जेठ २४-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काेभिड-१९ संक्रमणबाट बच्नका लागि आफ्नो देशले २० लाख भ्याक्सीन बनाएकाे दाबी गरेका छन् । भ्याक्सीन प्रयाेग गर्नका लागि तयार भइसके पनि वैज्ञानिकबाट प्रमाणित हुन बाँकी रहेकाे उनकाे भनाइ छ...

संघीय संसदका प्रवक्ता पाण्डे कोरोना संक्रमणमुक्त

काठमाडाैं, २९ साउन-संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता डा. रोजनाथ पाण्डे कोरोना भाइरस (काेभिड-१९) संक्रमणमुक्त भएका छन् । उनलाई २२ साउनमा कोरोना संक्रमण पुष्टि भएकाे थियाे । पछिल्लाे परीक्षणमा आफ्नो रिपाेर्ट नेगेटिभ आएको उनले बताए...

विराटनगरलाई दोस्रो ठूलो शहर बनाउने लक्ष्यका साथ काम गर्छौँः मेयर कोइराला

विराटनगर, ३० जेठ । विराटनगर महानगर पालिकाका प्रमुख नागेश कोइरालाले यस नगरलाई मुलुकको दोश्रो ठूलो शहरको रुपमा विकासित गर्ने लक्ष्यका साथ काम गर्ने बताउनु भएको छ। एकता समाज विराटनगरद्वारा आज यहाँ आयोजित महानगरप्रमुख, उपप्रमुख एवं...

प्रदेश १ को राजधानी विराटनगर ‘लक डाउन’

कोरोना संक्रमण सतर्कता अपनाउन विराटनगर महानगरपालिकामा मंगलबार बिहान १० बजेदेखि लागू हुनेगरी ’लकडाउन’ गरिने भएको छ । प्रदेश १ को राजधानीसमेत रहेको विराटनगरमा अनिश्चितकालीन लकडाउनका समयमा कुनै पनि सार्वजनिक यातायात, निजी सवारी, सिटी, अटो, रिक्सा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्