प्रदेश १ को राजधानी विराटनगर ‘लक डाउन’

 न्यूज विराट
प्रदेश १ को राजधानी विराटनगर ‘लक डाउन’

कोरोना संक्रमण सतर्कता अपनाउन विराटनगर महानगरपालिकामा मंगलबार बिहान १० बजेदेखि लागू हुनेगरी ’लकडाउन’ गरिने भएको छ । प्रदेश १ को राजधानीसमेत रहेको विराटनगरमा अनिश्चितकालीन लकडाउनका समयमा कुनै पनि सार्वजनिक यातायात, निजी सवारी, सिटी, अटो, रिक्सा सबै ठप्प रहने सोमबार पत्रकार सम्मेलन गर्दै महानगरपालिकाले जनाएको हाे ।

अति आवश्यक कर्मचारीका लागि कार्यालय आउन जान निजी साधन वा कार्यालयले उपलब्ध गराएको साधन सञ्चालन हुने जनाइएको छ । लकडाउनका समयमा विराटनगरभित्रका सबै उद्योग, पसल, कार्यालय बन्द रहनेछ ।

तर, अति आवश्यक सामग्रीजस्तै दूधको पसल, औषधि, खाद्यान्न पसल खुल्ला रहनेछ । यसैबीच महानगरसँग जोडिएका सबै नाका बन्द रहनेछन् । तर, दैनिक उपभोग्य अति आवश्यकीय वस्तुको आवागमनमा भने रोक लगाइने छैन । कन्स्ट्रक्सनका सबै काम ठप्प हुनेछन् । साप्ताहिक हाटबजार तथा सबै धार्मिक स्थल बन्द गरिने पत्रकार सम्मेलनमा महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College