१ भदौदेखि त्रिभुवन विमानस्थलबाट दैनिक १५ अन्तर्राष्ट्रिय उडान हुने

 न्यूज विराट
१ भदौदेखि त्रिभुवन विमानस्थलबाट दैनिक १५ अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौं, ७ साउन-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालयले १ भदौदेखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने तयारी सुरु गरेको छ । विमानस्थलका प्रमुख देवेन्द्र केसीले कोभिड-१९ संक्रमणको जोखिमलाई हेरेर दैनिक १५ वटासम्म उडान गर्न सक्ने अवस्थामा विमानस्थल रहेको बताए ।

विमानस्थलमा डिपार्चर र अराइभलका लागि सामान्य अवस्थामा भन्दा केही बढी समय लाग्ने भएकाले सीमित उडानबाट विमानस्थललाई सुचारु गरिने उनको भनाइ छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई १ भदौदेखि आन्तरिक र बाह्य उडान सुचारु गर्ने निर्णय गरेको छ ।

तर, विमानस्थलले १ भदौपछि दैनिक कति उडान गर्ने भन्ने औपचारिक निर्णय भने गरिसकेको छैन । तर पनि संक्रमणको जोखिमलाई ध्यान दिएर दैनिक १५ वटाभन्दा बढी उडान गर्न सम्भव नदेखिएको केसीले बताए ।

अन्तर्राष्ट्रिय यात्रुका लागि विमान उडान हुने समयभन्दा कम्तीमा ४ घण्टाअघि विमानस्थल प्रस्थान हुनुपर्ने व्यवस्था गरिने उनले बताए । सामान्य अवस्थामा आफ्नो उडान समयभन्दा ३ घण्टाअघि विमानस्थल पुग्नुपर्ने व्यवस्था रहेको थियो । विमानस्थल प्रमुख केसीले स्वास्थ्य सुरक्षा अपनाउनका लागि साधन स्रोत बढाउनुपर्ने बताए ।

सम्बन्धित समाचार

प्रदेश १ मा शुक्रबार ३३ संक्रमित थपिए

विराटनगर, ९ साउन–प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २५, सुनसरीमा ६, मोरङ र धनकुटामा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको काकडभिट्टामा १७ पुरुष, १...

विराटनगर महानगरको कार्यपालिकामा एमालेको बहुमत

विराटनगर, २१ जेठ । विराटनगर महानगर कार्यपालिकाको शनिबार भएको निर्वाचनमा सत्ता गठबन्धन पराजित भएको छ । सत्ता गठबन्धनसँग निर्वाचत जित्ने गणित भएपनि पराजित भएको हो । कार्यपालिका निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेस र जसपाले गठबन्धन...

सप्तरीमा प्रहरी र स्थानीयबीच झपड, महिलाको मृत्यु

राजविराज, १ वैशाख-खडक नगरपालिकामा प्रहरी र स्थानीयबीच झपड भएको छ । नगरपालिकाको वडा नम्बर ६ मा लकडाउन कार्यान्वयन गराउन इलाका कार्यालयबाट कल्याणपुर खटिएका प्रहरी र बासिन्दाबीच झडप भएको हो  । प्रहरीले बासिन्दालाई सडकमा ननिस्कन आग्रह...

कोरोनाबाट एकै दिन उपत्यकाका ६ सहित देशभर १२ को निधन

काठमाडौं, १३ भदौ-नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय नाघेको छ । शनिबार थप १२ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७ पुगेको हो । यसअघि शुक्रबार पनि...

तिलोत्तमा हत्या प्रकरण : एसएसपीको नेतृत्वमा अनुसन्धान टोली गठन

काठमाडौं, २७ जेठ-रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० मा ५ जनाको विभत्स हत्या घटना अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा अनुसन्धान टोली गठन भएको छ । प्रदेश प्रहरी कार्यालय-५ का एसएसपी राजकुमार वैदवारको नेतृत्वमा ३ सदस्यीय अनुसान्धान टोली गठन भएको...

सामूहिक बलात्कार घटनाको अधिकारकर्मीद्धारा अनुगमन

विराटनगर, १० माघ । मोरङको सुन्दरहरैचा–४ बलियामा गत शुक्रबार ३१ वर्षीया महिला सामूहिक बलात्कारमा परेको घटनाका विषयमा इन्सेक प्रदेश १, कार्यालय विराटनगर सहित अधिकारकर्मीको टोलीले आज पीडित र पीडित पक्षसँग भेट गरी घटनाका विषयमा अनुगमन...

ओली प्रस्तावपछि संविधान संशाेधनको परामर्शमा जुटे वामदेव

काठमाडौं, १९ वैशाख-नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेलगत्तै उपाध्यक्ष वामदेव गौतमले कानुनी परामर्श थालेका छन् । संविधान संशाेधन नगरी तत्कालका लागि प्रधानमन्त्री बन्ने सबै बाटो बन्द देखेका वामदेवले राष्ट्रियसभा...

हातेमालो फाउण्डेसनद्धारा हटलाइन सेवा सुरु

विराटनगर, चैत ११–कोभिड–१९ कोरोनाभाइरसको संक्रमण फैलन नदिन स्वास्थ्य संस्थाहरुले ओपिडी सेवा बन्द गरेसगै बिरामीहरुलाई उपचार तथा परामर्श दिन चिकित्सकहरुको संस्था हातेमालो फाउन्डेसनले हटलाइन सेवा सुरु गरेको छ । हटलाईनमा आएका समस्यालाई फोनबाटै परामर्श दिइने र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्