हातेमालो फाउण्डेसनद्धारा हटलाइन सेवा सुरु

 न्यूज विराट
हातेमालो फाउण्डेसनद्धारा हटलाइन सेवा सुरु

विराटनगर, चैत ११–कोभिड–१९ कोरोनाभाइरसको संक्रमण फैलन नदिन स्वास्थ्य संस्थाहरुले ओपिडी सेवा बन्द गरेसगै बिरामीहरुलाई उपचार तथा परामर्श दिन चिकित्सकहरुको संस्था हातेमालो फाउन्डेसनले हटलाइन सेवा सुरु गरेको छ । हटलाईनमा आएका समस्यालाई फोनबाटै परामर्श दिइने र परामर्शबाट नभए घरसम्म पुगेरै उपचार गर्ने उद्देश्यले हटलाईन सेवा सुरु गरेको फाउण्डेसनले जनाएको छ ।

धरानमा रहेका चिकित्सकहरुको संस्था फाउण्डेशनले विगतमा समेत उपचारको पहुँच नपुगेको स्थानमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको थियो । अहिले फेरि फाउन्डेशनले संक्रमणको महामारीका समयमा अस्पतालमा समेत लक डाउनको अवस्था भइरहेको अवस्थामा सर्वसाधारणको उपचारमा सहजता अपनाउन सर्वसुलभ उपचार गर्ने भएको हो ।

विपीमा ओपिडी लगायतका सेवा बन्द भएको र हेल्प लाइनबाट उपचार गर्ने भएपछि हातेमालो फाउन्डेशनले समस्या भएका विरामीको घरमै गएर उपचार गर्ने भएको छ । फाउण्डेसनले विशेषज्ञ सेवाकोलागी बेग्लाबेग्लै हटलाईन नम्बरको व्यवस्था गरेको छ । साथै फेसबुकमा हातेमालो फाउण्डेसनको पेज मार्फत पनि आफ्ना समस्या राख्न सकिने र त्यहीबाट समाधान गर्ने फाउन्डेशनका प्रवक्ता डा. भुपेन्द्र साहले बताए।

उनले बिरामीको रिपोर्ट फेसबुक म्यासेन्जरमा हाल्न लगाएर रिपोर्ट हेरेर बिरामीलाई सल्लाह सुझाव दिने बताए । हाडजोर्नी, दन्तचिकित्सा, मेडिसिन, सर्जिकल, लगायतका धरानका ३०–४० जनाको चिकित्सको टोलीले यसरी सर्वसाधारणलाई सर्वसुलभ ढंगले सेवादिने भएको हो ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College