कोरोनाबाट एकै दिन उपत्यकाका ६ सहित देशभर १२ को निधन

 न्यूज विराट
कोरोनाबाट एकै दिन उपत्यकाका ६ सहित देशभर १२ को निधन

काठमाडौं, १३ भदौ-नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय नाघेको छ । शनिबार थप १२ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७ पुगेको हो । यसअघि शुक्रबार पनि १२ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको थियो।

पछिल्लो २४ घण्टामा उपत्यकामा ६ जनासहित देशभर १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा ३ महिला र ९ पुरुष रहेका छन् ।

काठमाडौंकी ५१, भक्तपुरकी ६२ र पाल्पाकी ३० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ । त्यस्तै, ललितपुरका ७२ र ६१, पर्साका ४८ र ३९, सिरहाका ८४, गोरखाका ४८, कास्कीका ५८, काठमाडौंका ८३ र भक्तपुरका ८२ वर्षीय पुरुषको निधन भएको छ ।

आज उपत्यकामा १ सय ८६ जनासहित देशभर थप ८ सय ८४ जनामा कोरोना पुष्टि भएको छ । योसहित संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ । यसमध्ये २० हजार ५ सय ५५ जना निको भएका छन् भने १६ हजार ५ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित समाचार

विदेशबाट फर्केकाको परिवार पनि क्वारेन्टाइनमा

कोरोना भाइरस सङ्क्रमणको जोखिम रोक्न पाँचथरको मिक्लाजुङ गाउँपालिकाले विदेशबाट फर्केका व्यक्तिको सम्पर्कमा पुगेका परिवारका सदस्यलाई समेत क्वारेन्टाइनमा राखेको छ । सो गाउँपालिकामा १ चैत यता ९ जना विदेशबाट फर्केकाहरु सम्पर्कमा आएका थिए । सङ्क्रमणको जोखिम...

पार्टी कब्जा गर्न आएका प्रचण्ड नसकेपछि फर्किए

काठमाडौं, माघ ४-प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डले पार्टी कब्जा गर्न नसकेपछि फर्किएको टिप्पणी गर्नुभएको छ । उहाले पार्टी कब्जाको नीति लिएपछि त्यसलाई आफुले विफल बनाएको बताउनु भएको हो । अखिल नेपाल महिला संघको...

साउनमा पनि सुनसान हुँदै पशुपति

काठमाडौं, २४ असार-चान्द्रमासअनुसार २२ असारमा सोमबारदेखि श्रावण कृष्णपक्ष सुरु भएको छ । प्रत्येक वर्ष साउन महिनामा पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष चान्द्रमासअनुसार साउन महिनाको तेस्रो दिन बित्दासमेत पशुपति क्षेत्र सुनसान...

साफ उपविजेता नेपाली टिम स्वदेश फिर्ता, स्वागतमा बिमानस्थल पुगे खेलकुद मन्त्री

काठमाडौं, कात्तिक १ । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा आयोजना भएको १३औं साफमा नेपाल दोस्रो भएको हो । नेपाल फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग...

व्यवसायीको मागलाई सहजिकरण गरेर अगाडी बढछु : मोदी

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले उद्योगी व्यवसायीहरूको समस्या सावधान गरेर अगाडी बढने बताएका छन् । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आइतबार विराटनगरमा...

उत्कृष्ट हुने विद्यार्थीलाई ग्रेडेड स्कुलको पुरस्कार

विराटनगर । विराटनगर – ८ हाट्खोलामा रहेको ग्रेडेड स्कुलले २०७९ सालमा आयोजना भएको विभिन्न क्रियाकलामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरी उत्कृष्ट हुने विद्यर्थीहरुलाई पुरस्कार वितरण गरेको...

बाँकेको नरैनापुर अनिश्चितकालका लागि सिल

बाँके, ६ जेठ-बाँकेको नरैनापुरमा एकै दिन ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि पूर्णरूपमा सिल गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका...

अनेरास्ववियू रतुवामाईले पायो पूर्णता, अध्यक्षमा चापागाईं

प्रवेश विष्ट/रतुवामाई, १८ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूको रतुवामाई नगर कमिटी र्गठन भएको छ । आइतबार रतुवामाई ८ स्थित सरस्वती माविमा आयोजित बृहत विद्यार्थी भेलाले ससांक चापागाईंको संयोजकत्वमा ७५ सदस्यीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्