शनिबार ५७ जनामा कोरोना संक्रमण पुष्टि

 न्यूज विराट
शनिबार ५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३ साउन-नेपालमा शनिबार मात्रै ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनासम्बन्धी नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले देशका विभिन्न ठाउँमा गरिएको पीसीआर परीक्षणका क्रममा ५७ जनामा मात्रै कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

उनका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ रहेको छ । उनीहरूको देशका विभिन्न स्थानमा रहेका आइसोलेसनमा राखेर उपचार गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, नेपालमा कुल संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ ।

शनिबार थप १०३ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । अहिलेसम्म ११ हजार ६३७ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक रहेको देखाएकोछ । नेपालमा अहिलेसम्म ६६.१२ प्रतिशतले कोरोना भाइरसलाई जितेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ३३१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, २३ हजार २७५ जना देशका विभिन्न स्थानमा स्थापना गरिका क्वारेन्टाइनमा रहेका छन् । कोरोना संक्रमण भएर देशका विभिन्न स्थानका आइसोलेसनमा उपचार गराइरहेका व्यक्तिहरूको संख्या ५ हजार ८२५ रहेको छ ।

सम्बन्धित समाचार

माओवादी विराटनगरको निर्वाचन : देव राजवंशीको प्यानलै विजयी

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको अध्यक्षमा दिनेश कुमार राजवंशी (देव) को प्यानल निर्वाचित भएको छ । शनिबार सम्पन्न निर्वाचनमा राजवंशीले ४६ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी नमिता न्यौपानेले ३५ मत...

बजार पशल ७ बजेसम्म खुल्ने गरि मोरङमा भदौ २८ सम्म निषेधज्ञा जारी

विराटनगर, २२ भदौ-खुकुलो प्रावधानसहित मोरङमा थप ६ दिन निषेधज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक सवारीका साधन सञ्चालन गर्न नपाउने गरि भदौ २८ गतेसम्म निषेधाज्ञा जारी गरेको हो । भदौ ५ गतेबाट यसअघि...

तेस्रो मिल्स भेट्रान्स गोल्डकप : उपाधिको लागि आयोजक र धरान भिड्ने

विराटनगर । कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा आयोजक मिल्स भेट्रान्स क्लब पुगेको छ ।विराटनगरको जुट मिल खेल मैदानमा बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा आयोजकले विराट भेट्रान्स क्बललाई २–१ गोलले पराजित...

कोरोना संक्रमित फेला परेको भन्दै अफवाह फैलाउने पक्राउ

कैलालीको टीकापुरमा कोरोना भाइरसबाट संक्रमित व्यक्ति फेला परेको भन्दै सामाजिक सञ्जाल मार्फत अफवाह फैलाउने एक जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय टीकापुरले सामाजिक सञ्जाल फेसबुकमा कोरोना संक्रमित ब्यक्ति भेटिएको भन्दै अफवाह फैलाउनले टीकापुर...

१ हजार १५४ जनामा कोरोना पुष्टि, संक्रमित ६५ हजार नाघे

काठमाडौं, ५ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १ सय ५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

२४ घण्टामा २१११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २८ कात्तिक-नेपालमा शुक्रबार थप २ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा २ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोना संक्रमितको...

केन्याविरुद्ध लगातार दोस्रो जितको खोजीमा नेपाल

नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा आज (शुक्रबार) केन्यासँग प्रतिस्पर्धा गर्दैछ । बिहीबार भएको पहिलो खेलमा नेपालले घरेलु टिम केन्यालाई पाँच विकेटले पराजित गरेको थियो । नेपाल लगातार दोस्रो जितको खोजीमा छ...

रतुवामाईमा एमालेको पक्षमा जनलहर उर्लिदै (फोटोफिचरसहित)

रतुवामाई । रतुवामाईमा एमालेको पक्षमा जनलहर उर्लेको छ । चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रममा एमालेको पक्षमा उर्लिएको जनलहरले रतुवामाईमा एमाले धेरै बलियो देखिएको नेताहरूले दावी गरेका छन् । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्