घरबाट मोबाईल चोरी गरि भागेका २ जना पक्राउ

 न्यूज विराट
घरबाट मोबाईल चोरी गरि भागेका २ जना पक्राउ

विराटनगर, साउन –मोबाईल चोर्ने दुई जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । विराटनगर १३ स्थित सैनिक टोलको एक घरबाट मोबाईल चोरी गरि भागेका दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

मोबाईल चोरी गरेको आरोपमा प्रहरीले सप्तरी बेलही चपेना गाउँपालिका वडा नम्बर ३ का २४ बर्षिय संजय मण्डल र सोहि ठाँउका २० बर्षिय ओम कुमार मण्डललाई पक्राउ गरेको हो ।

अभियुक्तद्वयले असार ३० गते विराटनगर १३ सैनिक टोलकी ममता कुमारी मण्डलको कोठाबाट मोबाईल तथा पावर बैंक चोरी गरेको प्रहरीले जनाएको छ । चोरी गरि भागेका उनिहरुलाई खोजीगर्दै जाँदा विराटनगर ४ स्थित एक घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनिहरुका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

रुससँग तनावका बीच नेटोले पूर्वी युरोपमा पठायो लडाकु विमान

एजेन्सी, १० माघ । रुसले युक्रेनको सिमानामा एक लाखभन्दा सेना जम्मा गरेपछि उत्पन्न विवादका बीच उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले पूर्वी युरोपका मुलुकमा लडाकु विमान र शिप परिचालन गरेको छ । रुसले युक्रेनमा आक्रमण...

रामचन्द्र पौडेलले भने- झाँक्रीलाई पक्राउ गरेर सरकारले आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पार्‍यो

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको आरोप लगाएका छन् । बिहीबार नेकपाकी नेतृ झाँक्रीलाई प्रहरीले गिरफ्तार गरेपछि वरिष्ठ नेता पौडेलले सरकारले...

कोशी अस्पतालबाट कैदी फरार प्रकरण : डिएसपीको नेतृत्वमा छानविन समिति गठन

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालबाट एक जना कैदी फरार भएको घटनाको अनुसन्धान गर्न मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतको नेतृत्वमा छानविन समिति गठन भएको छ । डियुटिमा रहेका दुई जना प्रहरीलाई निलम्बन गरेर छानविन...

विराटनगर महानगरले ल्यायो ३ अर्व ४९ करोड ९८ लाखको बजेट

विराटनगर । विराटनगर महानगरपालिकाले आगमी आर्थिक वर्ष २०८१÷०८२ को लागि ३ अर्व ४९ करोड ९८ लाख ८६ हजार रुपैयाको बजेट ल्याएको छ ।महानगरपालिको चौथो नगरसभामा उपप्रमुख शिल्पा निरला कार्कीले सोमबार  सो बरावरको आगमी आर्थिक वर्षको...

सरकारले ल्याएका २ अध्यादेश खारेज गर्न राजपाको माग

सोमबार सरकारले पास गरी राष्ट्रपतिबाट प्रमाणीकरण भएका २ अध्यादेश खारेज गर्नको लागि राष्ट्रिय जना पार्टी (राजपा) नेपालले माग गरेको छ । राजपाका संयोजक शरदसिंह भण्डारीले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । उनले...

शुक्रबार २९०९ संक्रमित थपिए, ४५०० जना डिस्चार्ज

काठमाडौं, २१ कात्तिक-पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप २ हजार ९ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएकासहित कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८ सय ३ पुगेको छ...

सहुलियतका लागि संघ र प्रदेशलाई उद्योगी-व्यवसायीको ध्यानाकर्षण

विराटनगर, २२ असार-प्रदेश–१ का उद्योगी व्यवसायीले लकडाउनका कारण सिर्जित आफ्ना समस्या तथा पाउनुपर्ने सहुलियतको बिषयमा संघ तथा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । विभिन्न ४३ वटा व्यापारिक संघसंस्थामा आबद्ध भएका उनीहरूले सामूहिकरूपमा सरकारको ध्यानाकर्षण गराएका...

भीमफेदी-कुलेखानी र कान्तिराजपथ अवरुद्ध

मकवानपुर, ४ असार-भीमफेदी-कुलेखानी हुँदै काठमाडौं जोड्ने सडकअन्तर्गत पर्ने भीमफेदी गाउँपालिका-६ देउराली र चिसापानीगढीमा आज पहिरो जाँदा हेटौंडा-काठमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएको भीमफेदी इलाका प्रहरी कार्यालय जनाएको छ । भीमफेदी देउराली र चिसापानीगढीमा गएको पहिरो हटाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्