विराटनगर महानगरले ल्यायो ३ अर्व ४९ करोड ९८ लाखको बजेट
सोमबार, १० असार, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगर महानगरपालिकाले आगमी आर्थिक वर्ष २०८१÷०८२ को लागि ३ अर्व ४९ करोड ९८ लाख ८६ हजार रुपैयाको बजेट ल्याएको छ । महानगरपालिको चौथो नगरसभामा उपप्रमुख शिल्पा निरला कार्कीले सोमबार सो बरावरको आगमी आर्थिक वर्षको प्रस्तावित अनुमानित आय व्यय नगरसभा समक्ष पेश गरेकी हुन् । महानगरपालिकाले चालु आर्थिक वर्षको भन्दा १३ करोड ८१ लख ६० हजार ४ सय रुपैयाँ बढी बजेट ल्याएको हो । चालु आर्थिक वर्षमा महानगरपालिकाले ३ अर्ब ३६ करोड १७ लाख २५ हजार ६ सय २६ रुपैया बजेट ल्याएको थियो । आगमी आर्थिक वर्षको लागि आम्दानी तर्फ वित्तीय समानीकरण अनुदान संघीय सरकारबाट ३२ करोड ६६ लाख, प्रदेश सरकारबाट २ करोड ४९ लाख २९ हजार, राजस्व बाँडफाँडमध्ये मूल्य अभिवृद्धि करबाट १६ करोड ११ लाख ७६ हजार १ सय २६ रुपैया, अन्तशुल्कबाट ५ करोड ८५ लाख ४१ हजार २ सय ७९ रुपैया, वन रोयल्टी ५ लाख ८२ हजार ५ सय ९५ रुपैया, घर जग्गा रजिष्ट्रेसन दस्तुरबाट ५६ करोड ७९ लाख २८ हजार, सवारी साधन करबाट ३ करोड ८७ लाख १ हजार र मनोरंजन तथा विज्ञापन कर वापत १ करोड, आन्तरिक आयतर्फ १ अर्ब १० करोड ८६ लाख ८५ हजार तथा नगद मौज्दात २५ करोड अनुमान गरीएको छ । यसैगरी संघीय सरकार सशर्त अनुदान ८० करोड ७७ लाख, विशेष अनुदान ७ करोड ५० लाख, समपूरक अनुदान २ करोड आम्दानी हुने अनुमान गरिएको छ ।
व्यय तर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च ५९ करोड, ऋणको सावा व्याज भुक्तानी ५ करोड, चालु आवको चालु खर्च तर्फको दायित्व भुक्तानी ३ करोड ३४ लाख ८३ हजार, समपूरक कार्यक्रम ६ करोड १० लाख, बडास्तरीय योजना तर्फ ४३ करोड ३ लाख १२ हजार, बहुवर्षीय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सरिआएका योजनाहरुको भुक्तानीकालागि ५० करोड विनायोजन गरिएको छ । यसैगरी बस्ती विकास र तराइ मधेश समृद्धि कार्यक्रम तर्फ ५ करोड ६० लाख, आरयूडिपी अन्तर्गत बनेका सडक ढल नाला तथा अन्य मर्मत सम्भार तर्फका लागि ४ करोड ५० लाख. मर्मत सम्भार तर्कका लागि १० करोड तथा भारी सवारी साधन खरिदका लागि रु २ करोड बजेट विनियोजन गरेको उपप्रमुख कार्कीले जानकारी दिइन् ।
महानगरपालिकाले सामाजिक विकास क्षेत्र अन्र्तगत शैक्षिक विकास कार्यक्रम तर्फ ७८ करोड ७८ लाख १ हजार, स्वास्थ्य विकास कार्यक्रम तर्फ २० करोड ५७ लाख ९३ हजार, महिला लक्षित कार्यक्रम तर्फ ९९ लाख ५७ हजार, संघसंस्थातर्फ २ करोड ७० लाख लक्षित वर्ग कार्यक्रम (आदिवासी जनजाति, दलित, मधेशी, तथा यौनिक तथा अल्पसंख्यक तर्फ ६२ लाख ८६ हजार बजेट बिनायोजन गरेको छ । यसैगरी बालबालिका लक्षित कार्यक्रम तर्फ रु ७० लाख ८० हजार, युवा विकास कार्यक्रम तर्फ ९५ लाख ८४ हजार, खेलकुद विकास कार्यक्रमकालागि १ करोड ८ लाख. रोजगार प्रवर्द्धन कार्यक्रम तर्फ ७० लाख ४६ हजार, ज्येष्ठ नागरीक तर्फ ९ लाख ९५ हजार, अपांगता क्षमता विकास कार्यक्रम तर्फ २८ लाख ८ हजार विनियोजन गरीएको छ । यसैगरी आर्थिक विकास क्षेत्र अन्तर्गत कृषि विकास तर्फ १ करोड ३ लाख, पशुपंक्षी तथा भेटनरी तर्फ १ करोड ५३ लाख ९७ हजार, सहकारी तर्फ २४ लाख, उद्यमशील विकास तर्फ ५० लाख, उपभोक्ता हित संरक्षणका लागि ८ लाख १० हजार, पर्यटन प्रवर्द्धनकालागि १ करोड ९४ लाख विनियोजन गरीएको छ । यसैगरी वन वातावरण तथा विपद व्यवस्थापन क्षेत्र अन्र्तगत विपद व्यवस्थापन तर्फ १ करोड २० लाख बजेट बिनायोजन गरिएको छ । वातावरण तथा जैविक विविधता तर्फ ३५ लाख ५० हजार तथा सरसफाई कार्यक्रम तर्फ १ करोड ३० लाख विनियोजन गरीएको छ । यसैगरी सुशासन तथा संस्थागत विकास क्षेत्र अन्र्तगत राजस्व सुदृढीकरण तर्फ ३० लाख, नगर प्रहरी तथा ट्राफिक व्यवस्थापनकालागि ४० लाख, शहरी विकास तर्फ ९० लाख, सूचना तथा सञ्चारका लागि ६० लाख, सूचना तथा प्रविधि तर्फ ८० लाख, सुशासन तथा सेवा प्रवाहकालागि १ करोड ८ लाख ४५ हजार, कानुन तथा न्याय तर्फ ७२ लाख ५० हजार, फोहोरपानी प्रशोधन केन्द्र तर्फ रु २ करोड ९५ लाख, भूउपयोग आवास तथा वस्ती विकास कार्यक्रम तर्फ ८५ लाख ४९ हजार, विधुत्तिकरण कार्यक्रमका लागि २ करोड ९ लाख र नगरस्तरीय योजना तथा कार्यक्रम सञ्चालनकालागि ३५ करोड विनायोजन गरिएको छ ।
धनगढी, २३ जेठ-सेती प्रादेशिक अस्पतालले आज कोरोना निको नहुँदै डिस्चार्ज गरेका ६ जना संक्रमितलाई फेरि अस्पतालमा भर्ना गरेको छ । आज दिउँसो डिस्चार्ज भएका अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुष र ११ बर्षीय बालिका, बैतडीको...
विराटनगर । अखिल नेपाल ट्रेड युनियन महासंघ उपमहासचिब ओपेन्द्र कुमार रायलाई पृती शोक परेको छ । रायको ७२ वर्षीय बुवा रामजी राय अमातको १४ माघमा निधन भएको हो । रायतको तीन छोरा र बुहारीहरु रहेका...
काठमाडौं, ३० जेठ-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का नेपाल प्रतिनिधि डा. जोस भ्याण्डिलेरले स्थानीय सरकारलाई कोरोना संक्रमण नियन्त्रणमा भूमिका र सक्रियता बढाउन सुझाव दिएका छन् । डा. भ्याण्डिलेरले स्थानीय सरकारले आफ्नो भूमिका र सक्रियता बढाएमा नेपालमा...
विराटनगर, ११ वैशाख । यस वर्षको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार मकालु टेलिभिजनका समाचार सम्पादक कमल पौडेललाई समर्पण गरिएको छ । प्रेस चौतारी मोरङले आज विराटनगरमा कार्यक्रम गरी १५ हजार ५१ हजार रुपैयाँ राशिको जनार्दन...
विराटनगर, ६ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ९९ जनाको पीसीआर परीक्षणगर्दा ३७० र ७३६ जनाको एन्टिजेन परीक्षण गर्दा १६४ जनामा संक्रमण देखिएको सामाजिक...
विराटनगर । विरामीको स्वास्थ्य उपचारमा व्यस्त रहने चिकित्सकहरुले शनिबार साझ छुट्टै रमाइलो लिएका छन् । नेपाल मेडिकल एशोसिएसन (एनएमए) कोशीले दशैं, तिहार, नेपाल सम्बत तथा छठ पर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदनप्रदान तथा सांगीतिक...
काठमाडौं, २२ साउन-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सिल गरिएको छ । आयोगका ३५ कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएपछि कार्यालय सिल गरिएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मंगलबार...
विराटनगर । विराटनगर–९ मा रहेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले एक वर्षमा ४ करोड ८१ लाख ५ हजार ९ रुपैयाँको कुल आम्दानी गरेको छ । विराटनगरमा सोमबार भएको २५ औं वार्षिक साधारणसभाको प्रतिवेदनमा आर्थिक...