आज ३ प्रदेशमा भारी वर्षाको सम्भावना

 न्यूज विराट
आज ३ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, ३ साउन-आज पनि देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाले जनाएको छ । महाशाखाका अनुसार शनिबार देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका १/२ स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यस्तै, भोलिदेखि ८ गतेसम्म मुलुकका विभिन्न भू-भागमा भारी वर्षा हुने मौसमविद्ले बताएका छन् । यसबाट हुन सक्ने सम्भावित बाढी, पहिरो र डुबान लगायत विपद् जोखिमबाट सतर्क रहन नागरिकमा आग्रह गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन सक्रिय भएको जेठ ३० देखि असार ३० गतेसम्म पहिरोका कारण धनजनको क्षति धेरै भएको स्पष्ट पार्दै अब आउने मनसुनका कारण बाढीसँंगै तराईका जिल्ला डुबान हुन सक्ने जनाएको छ ।

विपद्को पूर्वतयारी, उद्धार, उपचार, पुनस्र्थापना र राहत वितरणका सम्बन्धमा जानकारी दिँदै प्राधिकरणका कार्यकारी प्रमुख अधिकृत अनिल पोखरेलले मानवीय क्षति घटाउन सतर्क रहनु नै महत्वपूर्ण हुने बताए ।

जल तथा मौसम विज्ञान विभागलाई उद्धृत गर्दै उनले मनसुन न्यून चापीय रेखा अबको ३ दिनपछि दक्षिणबाट उत्तरतर्फ सक्रिय हुँदै जाने भएकाले पाँच दिनसम्म लगातार वर्षा हुने जानकारी दिए ।

सम्बन्धित समाचार

रतुवामाईका कोरोना संक्रमित युवकको गाउँ सिल

विराटनगर, ६ जेठ-मोरङको रतुवामाई नगरपालिका–१ सोनापुरका १ युवकमा कोरोना संक्रमण पुष्टि भएपछि सो क्षेत्रलाई सिल गर्ने निर्णय गरिएको छ । नगरपालिकामा कोरोना भाइरस रोकथाम प्रतिकार्य र व्यवस्थापन कार्यदलको बैठकले कोरोना भाइरस नियन्त्रणका लागि आगामी जेठ...

आज ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण

काठमाडौं, ५ कात्तिक-गत २४ घण्टामा नेपालमा ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको २० हजार १ सय १८ को पीसीआर गर्दा आज देशभर ५ हजार ७ सय ४३ जनामा कोरोना पोजिटिभ...

कोरोनाबाट थप ८ जनाको मृत्यु

काठमाडौं, ३१ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा ८ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा चार महिला र चार पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट...

भारत–चीनका सैनिकबीच झडपबारे अमेरिकाले दियो प्रतिक्रिया

एजेन्सी, असार ५-अमेरिकाले गलवान घाँटीमा भारत र चीनका सैनिकबीच सोमबारराति भएको हिंसात्मक झडपबारे पहिलो आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले ट्विट गर्दै भारतीय सैनिक मारिएकोमा समवेदना प्रकट गरेका छन् । पोम्पेओले...

मोरङको डाइनियामा सुन पसल चोरी, भाग्दै गर्दा दुई जना पक्राउ

विराटनगर । मोरङ सुनवर्षी नगरपालिका ९ डाइनिया स्थित मोतिचन्द साहको घरमा कोठा भाडामा लिएर बस्ने ब्रिजलाल साह सोनारले सञ्चालन गरेको ‘मनिष ज्वेलर्स’ मा चोरी भएको छ । सटर मुनि लगाईएको ईटाको देवाल भत्काई ज्वेलर्समा रहेको...

विद्यार्थीको रोजाइमा कान्तिपुर कलेज, नयाँ विद्यार्थीलाई स्वागतसँगै अभिमुखिकरण

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा परेको विराटनगर – १० मा अवस्थित कान्तिपुर कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको छ । कलेजले विराटनगरमा आइतबार एक भव्य कार्यक्रम...

औषधी व्यवसायी संघ मोरङले मनायो ४८ औँ स्थापना दिवस

विराटनगर, १० असार । पुरानो र सजाय कम भएको औषधी ऐन २०३५ हुदा औषधी क्षेत्रमा देखा परेको बिकृती र विसंङगती अन्त्य हुन नसकेकोले कडा ऐन ल्याएर अपराधमा संलग्नलाई कारवाही गर्न औषधी व्यवसायीहरुले माग राखेका छन्...

आज ४ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, ३१ साउन-आज दिउँसो धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै, गण्डकी प्रदेश, प्रदेश-५, कर्णाली र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्