बढ्यो सीसीडी रेसियो, ८५ प्रतिशत कायम

 न्यूज विराट
बढ्यो सीसीडी रेसियो, ८५ प्रतिशत कायम

काठमाडौं, २ साउन-निजी क्षेत्र र बैंकरहरूको पटक-पटकको मागपछि नेपाल राष्ट्र बैकले कर्जा-पुँजी-निक्षेप कायम गर्नुपर्ने अनुपात (सीसीडी रेसियो) बढाएको छ । सीसीडी रेसियो कायम गर्दा ठूलो रकम लगानी गर्न नपाएको गुनासो बैंकरहरूले बताइरहेको अवस्थामा राष्ट्र बैंकले कायम गर्नुपर्ने ८० प्रतिशतको सीमालाई बढाएर ८५ प्रतिशत पुर्‍याएको हो ।

चालू आर्थिक वर्षम मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. महाप्रसाद अधिकारीले सीसीडी रेसियो ८५ प्रतिशतमा पुर्‍याइएको बताएका हुन् । बैंकरहरूले सीसीडी रेसियो कायम गर्नुपर्ने व्यवस्था नै हटाउन माग गरे पनि राष्ट्र बैंकले केही खुकुलो गर्दै ५ प्रतिशत वृद्धिको योजनाअघि सारेको हो ।

विगतका वर्षहरूमा करिब ८० प्रतिशत रेसियोसम्म नै सीसीडी रेसियो पुग्ने गरेकोमा गत अहिले भने बैंक तथा वित्तीय संस्थाहरूमा औषत ७४ प्रतिशतको सीसीडी कायम रहेको छ । कोरोना महामारी र लकडाउनको कारण अहिले ७४ प्रतिशतसम्म रहे पनि भविष्यम हुनसक्ने कर्जाको मागलाई सम्बोधन गर्दै राष्ट्र बैकले सीसीडी रेसियोको सीमा बढाएको हो ।

सम्बन्धित समाचार

न्याय क्षेत्रका २२ न्यायाधीशसहित १६१ जनामा कोरोना संक्रमण

न्याय क्षेत्रका २२ न्यायाधीश र १३९ कर्मचारी गरी अहिलेसम्म १६१ जनामा कोरोना संक्रमण भएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार बुधबारसम्म सर्वोच्च, उच्च र जिल्ला अदालतमा सयभन्दा बढीलाई कोरोना संक्रमण भएको पुष्टि भएको र...

विराटनगरमा ९६ जना सहित प्रदेश १ मा मंगलबार १३९ नयाँ संक्रमित थपिए

विराटनगर, २ भदौ-प्रदेश १ मा मंगलबार १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जनामा कोरोना...

इप्रका रामपुरले एकै दिन १३ फरार अभियुक्त पक्राउ, प्रहरी निरीक्षक ढकाल आएपछि फरार अभियुक्त धमाधम पक्राउ

विराटनगर । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरले एकै दिन विभिन्न अपराध गरी फरार १३ जना प्रतिवादीहरु पक्राउ गरेको छ । प्रहरीले ‘फरार पक्राउ’ अभियान सुरु गरि विभिन्न अपराध गरी फरार भएका प्रतिवादीहरु धमाधम पक्राउ...

महिला टिमलाई विश्वकप पुर्याउने प्रशिक्षक महेश रिजाललाई विकेभिएम स्कुलले गर्यो सम्मान

विराटनगर । यु–१९ महिला क्रिकेट टोलीलाई विश्वकप पुर्याउने मुख्य प्रशिक्षक महेशप्रसाद रिजाललाई विराटनगरमा रहेको विकेभिएम स्कुलले सम्मान गरेको छ । शुक्रबार स्कुलमा आयोजित कार्यक्रममा स्कुलले रिजाललाई खादा, माला र मायाको चिनो प्रदान गरेको हो ।...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा विराटेश्वर वृद्धाश्रममा आश्रित ५६ जनालाई न्यानो कपडा वितरण

विराटनगर, ६ पुस । निरन्तर सामाजिक कार्य गर्दै आइरहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ । क्लबले एक कार्यक्रमकाबीच विराटनगर अशोकचोकस्थित आश्रममा आश्रित जेष्ठ नागरिकहरुलाई जाडोबाट बच्न न्यानो कपडा...

दीपेन्द्रसिंह ऐरी आईसीसी ट्वान्टी-२० अलराउन्डर वरीयताको शीर्ष १० मा

काठमाडौं, ३० चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी ट्वान्टी-२० अलराउन्डर वरीयताको शीर्ष १० मा परेका छन् । आईसीसीले बुधबार जारी गरेको नयाँ वरीयताअनुसार दीपेन्द्र अलराउन्डर वरीयताको १०औँ स्थानमा छन् । दीपेन्द्रको...

अमरेशलाई कारबाही नगरे हामी नै राजीनामा दिन्छौँ भन्दै सर्लाहीबाट देउवालाई १२ नेताको चिट्ठी

कांग्रेस केन्द्रीय सदस्य एवं सांसद अमरेशकुमार सिंहलाई कारबाहीकाे माग गर्दै उनकाे गृह जिल्ला सर्लाहीका १२ जना कांग्रेसीले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई पत्र पठाएका छन् । सर्लाहीका प्रदेश सांसद वीरेन्द्रप्रसाद सिंह, उपेन्द्रप्रसाद कुशवाहालगायतका नेताले हिजाे बिहीबार पत्र...

संक्रमितको उपचारमा संग्लन ५ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि 

पोखरा, ५ असार-पर्वत जिल्ला अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं गरिएको परीक्षणमा ५ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि सँगै अस्पतालले शुक्रबारदेखि इमर्जेन्सी बाहेकका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्