कृषि क्षेत्रमा नविनतम कार्यक्रमः मन्त्री आङ्बो - News Birat

कृषि क्षेत्रमा नविनतम कार्यक्रमः मन्त्री आङ्बो

न्यूज विराट

विराटनगर, असार २–प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले कृषि क्षेत्रमा सरकारले नविनतम कार्यक्रम ल्याएको दाबी गरेका छन् ।

मंगलबार विराटनगरमा पत्रकारहरूसँग छलफल गर्दै मन्त्री आङ्वोले प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखि उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नेगरी नविनतम कार्यक्रम ल्याएको दाबी गरेका हुन् ।

छलफलमा आङ्वोले कतिपयले प्रदेश सरकारले कृषिको बजेट चालु आर्थिक वर्षको भन्दा थोरै विनियोजन गरेको टिप्पणी गरे पनि सरकारले कृषि क्षेत्रको बजेट नघटाएको स्पष्ट पारे ।

कृषिअन्तर्गत सिंचाई पनि पर्ने भएकाले सिंचाई क्षेत्रको बजेट जोड्दा कृषिका लागि विनियोजन गरिएको बजेटको आकार ८ अर्बभन्दा बढी हुने उनले बताए ।

यस्तै विसम परिस्थितिका कारण स्वास्थ्य क्षेत्रमा बजेट बढाउँदा पर्यटन र उद्योग क्षेत्रको बजेट घट्न गएको मन्त्री आङ्वोले जानकारी दिए । मन्त्री आङ्वोले उद्योग व्यवसाय क्षेत्रमा कोरोना महामारीले भएको क्षतिको अध्ययन गर्न छुट्टै कार्यदल पनि गठन गरी समस्या समाधान गरिने बताए । उनले प्रदेश १ को बजेटले स्वास्थ्य, कृषि र प्राविधिक शिक्षामार्फत रोजगारीलाई विशेष प्राथमिकतामा राखेको दाबी गरे ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles