प्रचण्ड–नेपालसँग छलफलपछि बालुवाटारमा ओली पक्षको बैठक

 न्यूज विराट
प्रचण्ड–नेपालसँग छलफलपछि बालुवाटारमा ओली पक्षको बैठक

काठमाडौं, १ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद मिलाउन जुटेका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड) तथा वरिष्ठ नेपाल माधव नेपालबीचको छलफल सकारात्मक नभएपछि ओलीले बालुवाटारमा निकटस्थसँग छलफल थालेका छन् ।

६ पटकसम्म अध्यक्षद्वयबीच भएका वार्तापछि आज वरिष्ठ नेता नेपालसहित बसेर भएको छलफलमा पावर शेयरिङको विवाद नमिलेपछि ओली पक्षधर बेग्लै रणनीतिमा जुटेको हो ।

प्रचण्ड र नेपालले ओलीलाई दुवै पदबाट राजीनामा दिन यसअघि राख्दै आएको अडान नछाडेपछि तीन नेताबीचको विवाद मिल्न सकेन । भोलिका लागि तय भएको स्थायी कमिटी बैठक भने चलाउने सहमति गरेर उठेलगत्तै ओली आफ्ना पक्षका नेतासँगको परामर्शमा जुटेका हुन् ।

बालुवाटार निकटस्थ स्राेतका  अनुसार ओली आफूनिकटका सचिवालय र स्थायी कमिटी सदस्यसँग भोलिको बैठकमा कसरी प्रस्तुत हुने भनेर छलफल गरिरहेका छन् ।

उता प्रचण्ड र नेपाल पक्षधर नेता पनि अनौपचारिक छलफलमा जुटेका छन् । नेकपाभित्रका तेस्रो तहका नेताले नेतृत्वलाई मिल्न दबाब दिइरहेका बेला भएको शीर्ष नेताबीचको छलफलमा कुनै निष्कर्ष नआएपछि पार्टीको भविष्यलाई लिएर कार्यकर्ताले चिन्ता व्यक्त गर्न थालेका छन् ।

सम्बन्धित समाचार

चर्चित र्‍यापर क्रिसमाथि याैन अपराधकाे आरोप, ११ कम्पनीले रद्द गरे सम्झाैता

चीनका एक होनहार कलाकार क्रिस वूमाथि यौन उत्पीडनको गम्भीर आरोप लागेको छ । चिनियाँ-क्यानाडेली र्‍यापर क्रिसमाथि १९ वर्षीया डू मीजुले यस्तो आक्षेप लगाएकी हुन् । यो महिनाको सुरुमा डू मीजुले सामाजिक सञ्जालमार्फत क्रिसको व्यविचार र हिंसक...

अनेरास्ववियुका कार्यकर्ताले सञ्चारमन्त्री कार्कीलाई देखाए कालो झण्डा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई कालो झण्डा देखाएका छन् ।  मंगलबार बिहान ललितपुरको पुलचोकमा सञ्चारमन्त्री कार्कीलाई बाटो छेकेरै अनेरास्ववियुका कार्यकर्ताहरूले कालो झण्डा...

प्रदेश १ मा अहिले सम्ममा २१ प्रतिशत धान रोपाइँ

विराटनगर, १५ असार-मनसुनको सक्रियतासँगै प्रदेश नं १ मा अहिले सम्ममा २१ प्रतिशत धान रोपाइँ भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ । यस प्रदेशमा अहिलेसम्म ३७ प्रतिशत मात्र सिँचाइ सुविधा पुगेको छ । सिँचाइ सुविधा नभएका...

सेरेब्रल पाल्सी भएका बालबालिकाहरूसँग ‘क्रिसमस डे’

‘क्रिसमस डे’ मनाएको छ । सेरेब्रल पाल्सी डे केयर सेन्टर आदर्श विद्यालयमा क्लबले क्रिसमस मनाएको हो । सो अवसरमा बालबालिकाहरूलाई कपकेक्स, चकलेट र विभिन्न प्रकारका सामानले भरिएको उपहार प्याकेट वितरण गरियो। क्लबका पदाधिकारी र सदस्यहरुले...

कोशी अस्पतालमा चरम बेथितीः स्वास्थ्यकर्मीले यसरी पढाउँछन् निजी हस्पिटलमा बिरामी

घटना १ विराटनगर महानगरपालिका–२ सरस्वती टोलका ५८ वर्षीय सुरेश भुजेल उच्च रक्तचापका कारण घरमा ढले । १६ कार्तिक घरमै ढलेपछि परिवारका सदस्यले उनलाई तत्काल राति १० बजे कोशी अस्पतालको आकस्मिक कक्षमा पु¥याए । भुजेल परिवारको...

सांसद अपहरण प्रकरणमा सरकारले जवाफ दिनुपर्छ : नेम्वाङ

काठमाडौं, २६ वैशाख-सत्तारूढ दल नेकपा संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङले संघीय समाजवादी पार्टीका सांसद अपहरण प्रकरणका सवालमा सरकारले यथार्थ जानकारी दिन माग गरेका छन् ।  शुक्रबारबाट सुरु भएको संसदको बजेट अधिविशेनमा सम्बोधन गर्दै उनले यस्तो...

प्रदेश १ का शिक्षकलाई सुचना प्रविधि तालिम दिइने

विराटनगर, ७ असोज–प्रदेश १ सरकारले पहिलो चरणमा ६ सय शिक्षकलाई सूचना प्रविधि सम्वन्धि तालिम दिने भएको छ । ६ वटा स्थानीय तहका एक÷एक सय शिक्षकलाई पहिलो चरणमा तालिम दिनेगरि सामाजिक विकास मन्त्रालयले कार्यक्रम अघि बढाएको...

राईलाई संसदीय दलको नेताबाट हटाइयो, आचार्य नयाँ नेता चयन

काठमाडौं, १६ पुस-नेकपा प्रचण्ड–माधव पक्षले प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्यलाई चयन गरेको छ ।  मुख्यमन्त्री शेरधन राईलाई दलको नेताबाट हटाउँदै अचार्यलाई चयन गरिएको हो । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै प्रचण्ड–माधव...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्