चिया निर्यातमा दोहोरो खर्च झेल्दै बिक्रेता

 न्यूज विराट
चिया निर्यातमा दोहोरो खर्च झेल्दै बिक्रेता

इलाम, १ साउन-तयारी चिया भारत लैजानका लागि चिया बिक्रेताले यस पटक दोहोरो खर्च झेल्नु परेको छ । चिया लैजानका लागि भन्सारमा आवश्यक पर्ने ‘सिएफएल’ दुवै नाकाबाट बनाउनु पर्दा बिक्रेताले दोहोरो खर्च झेल्नुपरेको हो ।

बन्दाबन्दीको समयमा चिया लान विराटनगर-जोगमनी नाकाबाट ‘सिएफएल’ बनाएका बिक्रेताले फेरि काँकडभिट्टा नाकाबाट लाँँदा पनि बनाउनुपर्‍यो । एक चोटी बनाएको ‘सिएफएल’ले ६ महिना काम दिने भए पनि यसपटक भने २ महिनामै बनाउनु पर्दा दोहोरो खर्च लागेको सूर्योदय नगरपालिकास्थित कन्यामका चिया उद्योगी सूर्य खड्का बताउँछन् ।

जेठमा मात्र जोगमनी नाकाबाट चिया लैजानका लागि ‘सिएफएल’ बनाउनु भएका खड्काले असार मसान्त नभई फेरि काँकडभिट्टा नाकाबाट बनाउनुपर्‍यो । ‘जोगमनी नाकाबाट जम्मा २ गाडी मात्र चिया लगेका थिए ।’ खड्काले भने, ‘दोहोरो खर्च लाग्यो । नाका फेर्दा । गएको वर्ष त्यस्तो पर्दैनथ्यो ।’ सधैँ नेपालबाट निर्यात हुने चिया काँकडभिट्टाबाट जाने गरे पनि यस वर्ष भने जोगमनी नाकाबाट चिया निर्यात गर्नुपरेको थियो ।

बन्दाबन्दीका समयमा नाका परिवर्तन हुँदा केही दिन अघिसम्म जोगमनी नाकाबाट चिया निर्यात भएको थियो । नाका परिवर्तन हुँदा ठूलो यातायात खर्च बुझाउनु परेका विक्रेताले ‘सिएफएल’ खर्च पनि दोहोरो बुझाउँदा झनै समस्यामा परेका हुन् । नाका परिवर्तन हुँदा विक्रेताले दोहोरो खर्च बुझाउनु परेको चिया उद्यमी गोपाल कट्टेल बताउँछन् ।

‘हामीले फिक्कलबाट काँकडभिट्टा पुर्‍याउँदा गाडी भाडा २२ हजार ५ सयमा हुन्थ्यो भने जोगमनी पुर्‍याउन ३२ हजार ५ सय लाग्छ ।’ कट्टेलले भने, ‘यसरी नाका फेर्दा धेर खर्च त लाग्यो तर फेरि यता काँकडभिट्टा नै ल्याउँदा झन बढी खर्च लाग्यो ।’

जोगमनी नाकाबाट निर्यात हुँदै गरेको चिया गत असार १८ गते काँकडभिट्टा नाका खुलाएपछि फेरि सोही नाका भएर जान थालेको हो । चिया निर्यातमा दोहोरो मारमा परेको भनेपछि अर्का उद्योगी उदय चापागाईंले भने चिया निर्यातमा हतार गर्दा समस्या परेको बताए ।

चिया उद्योगीले काँकडभिट्टा भन्सार खुल्ने जान्दाजान्दै जोगमनीबाट चिया निर्यात गर्दा समस्या भोग्नुपरेको बताए । उनले चिया निर्यातमा उद्यमीले हतार नगरेको भए समस्या नहुने उल्लेख गरे । रासस

सम्बन्धित समाचार

बेलबारी गोल्डकप आजदेखि, उद्घाटन खेलमा आयोजक डाँगीहाट र भोजपुर भिड्ने

विराटनगर । बेलबारी गोल्डकप फुटबल प्रतियोगितमको छैटौँ संस्करण आज आइतबारदेखि सुरु हुने भएको छ । मोरङको लक्ष्मीमार्ग खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग र भोजपुर जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुने भएको...

मोरङका ६ स्थानीय तहले ६० मेगावाट विद्यतु उत्पादन गर्ने

विराटनगर, माघ २४–मोरङका ६ वटा स्थानीय तहले सोलार प्यानलबाट ६० मेगावाटको बिजुली उत्पादन गर्ने भएका छन् । पहिलो चरणमा ६० मेगावाट बिजुली उत्पादन गर्ने गरी बेलायतको व्यकपिल्ड इन्टरनेशनल लिमिटेडसँग सम्झौता गरेको अन्तर स्थानियतह साझा सरोकार...

कोरोनाबाट १ भारतीयसहित ३ जनाकाे मृत्यु

काठमाडौं, १२ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा १ भारतीय नागरिकसहित २ जनाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर...

विधेयकले निम्त्यायो विवाद

काठमाडौं, फागुन २२–प्राधिकरणमार्फत यातायात सञ्चालन गर्नका लागि सरकारले शहरीक्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐनको तयारी गरेको छ । संघीय सरकारले गाइडलाइन ऐन बनाएसँगै प्रदेश सरकारले त्यही ऐनको मर्मअनुसार आफ्ना प्रदेशका नयाँ ऐन जारी गर्न सकिने...

पेट्रोलियम व्यवसायी महासंघको उपाध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित

विराटनगर । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको केन्द्रीय उपाध्यक्षमा विराटनगरका ध्रुव प्रसाद सिग्देल निर्विरोध निर्वाचित भएका छन् । काठमाण्डौंमा सम्पन्न भएको १३ औं साधरणसभा तथा सातौं अधिवेशनबाट सिग्देल निर्विरोध उपाध्यक्षमा निर्वाचित भएका हुन् । महासंघको...

‘जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा राज्य संवेदनशील हुनुपर्छ’

विराटनगर । राज्य संवेदनशील नभएसम्म जलवायु परिवर्तन र यसको असर न्यूनीकरण गर्न नसकिने सरोकारवालाहरुले बताएका छन् । अन्नपूर्ण मिडिया नेटवर्कद्वारा सोमबार आयोजित जलवायु परिवर्तन र शासन बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुको यस्तो भनाई आएको हो...

फलामले घोचेर घाइते पारी टिपरले किचेर दीलिपको हत्या

जनकपुर, पुस २७–शुक्रबार बिहान हत्या गरिएका धनुषाका दिलीप भन्ने ओम प्रकाश महतोको हत्या प्रकरणमा नयाँ ट्विस्ट आएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले गएराति पत्रकार सम्मेलन गरी ४ जनालाई सार्वजनिक गरेको छ । दिलीप हत्या...

योगेश भट्टराई सवार गाडीको ठक्करबाट एक घाइते, थप उपचारका लागि काठमाडौं रेफर

रौतहटको चन्द्रनिगाहपुरमा पूर्वमन्त्री सवार गाडीको ठक्करबाट साइकल यात्री घाइते भएका छन् । रौैतहटको चन्द्रनिगाहपुर पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिभिल हस्पिटलनजिकै भएको दुर्घटनामा चन्द्रपुर—६ का ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते भएका हुन् । पूर्वपर्यटनमन्त्री योगेश भट्टराई सवार ज १ झ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्