प्रधानमन्त्री अभिव्यक्तिमा कांग्रेसले माग्यो सरकार र नेकपाको संस्थागत धारणा

 न्यूज विराट
प्रधानमन्त्री अभिव्यक्तिमा कांग्रेसले माग्यो सरकार र नेकपाको संस्थागत धारणा

काठमाडौं, ३१ असार-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति र ब्यवहारप्रति विमति प्रकट गर्दै सोमबार सरकार र सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संस्थागत धारणा सार्वजनिक गर्न माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत पछिल्लो समय मुलुकमा देखिएको विविध परिदृश्यमा प्रधानमन्त्रीका अभिव्यक्तिहरूले प्रश्न सिर्जना गरेको उल्लेख गर्दै प्रतिपक्षी दलका तर्फबाट सार्वजनिक प्रश्न गर्नु आफ्नो कर्तव्य भएको बताएका छन् ।

कांग्रेसले मुलुकभर बाढी–पहिरोमा कैयौँको मृत्यु भएको बेला केवल समवेदनाको एक वक्तव्यमा सीमित हुनु नहुने, कोरोना महामारी नियन्त्रणमा युद्धस्तरमा तयारी गर्नुपर्ने, सर्वसम्मतिले देशको नयाँ नक्सा संसद्बाट जारी भएपछि कूटनीतिक पहलकदमी गर्नुपर्ने प्रधानमन्त्रीको दायित्व हुने उल्लेख गरेको छ ।

नयाँ नक्सा अनुरूपको जमिनमा हक स्थापित गर्न गम्भीर कूटनीतिक पहलकदमीभन्दा अयोध्याबारे विवादास्पद मत व्यक्त गर्नुको अर्थ विषयको गम्भीरताप्रति प्रधानमन्त्री गम्भीर नभएको भनी प्रवक्ता शर्माले टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री पद मुलुकको संस्कार, संविधान र संवेदनशीलताभन्दा अलग हुन नहुने संविधानले परिकल्पना नगरेको उल्लेख गर्दै कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकारकै संस्थागत अभिव्यक्ति वा नेकपाको विश्वासबमोजिमको हो कि होइन भनी प्रस्टीकरणको मागसमेत गरेको छ ।    -,रासस

सम्बन्धित समाचार

नवीकरणीय ऊर्जा भविष्यको लागि विराटनगरमा साइकल यात्रा

विराटनगर । नवीकरणीय ऊर्जा भविष्यको लागि विराटनगरमा साइकल यात्राको आयोजना गरिएको छ । विगत २०७९ देखि सुरु भएको “ मानिस र ग्रहका लागि पेडल“ नामक अभियान श्रृंखलारूपमा, जेठ ५ र ६ को सप्ताहन्तमा विभिन्न एसियाली...

१५ भारतीय मुस्लिम किशोर लुकेर बसेको अवस्थामा फेला

महोत्तरी जिल्लाको एक गाउँको एक घरमा सोमबार १५ भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला परेका छन् । कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले लकडाउन गर्दै सीमानाकासमेत बन्द गरेको अवस्थामा १५ किशोर...

भोलिदेखि काठमाडौंमा ५ जनाभन्दा बढी एकै ठाउँमा जम्मा हुन नपाउने

काठमाडौं, ३० साउन-भोलिदेखि काठमाडौंमा ५ जनाभन्दा बढी मानिस एकै ठाउँमा जम्मा हुन नपाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा थप कडाइ गर्दै आज राति १२ बजेदेखि १५ भदौ मध्यरातसम्मका लागि काठमाडौं जिल्लाभर स्थानीय प्रशासन...

लोकसेवा आयोगका सबै लिखित परीक्षा स्थगित

काठमाडौं, ६ माघ । लोकसेवा आयोगले कोरोना संक्रमण बढेको भन्दै यही माघ ११ गतेदेखि माघ मसान्तसम्मका सबै लिखित परीक्षा स्थगित गरेको छ । आयोगको विहीबार बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । आयोगले...

नेकपा स्थायी समिति बैठक जारी, प्रचण्डले अध्यक्षता गर्दै

काठमाडौं, १३ असार-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक जारी रहेको छ । विहान साढे ११ बजेटबाट जारी तेस्रो दिनको बैठकमा पुष्पकमल दाहालले अध्यक्षता गरिरहेका छन् । आज पनि बैठकमा सीमा समस्याका...

प्रदेश १ मा १५५ संक्रमित थपिए

विराटनगर, २४ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ५५ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८०, सुनसरीमा ६०, भोजपुरमा ५, धनकुटामा ४, झापामा ३, ताप्लेजुङ, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको...

नेकपा प्रचण्ड-माधव समूहको बैठक सुरु

काठमाडौं, ९ पुस । नेकपा प्रचण्ड-माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक बबरमहलमा सुरु भएको छ । केन्द्रीय कमिटी बस्नुअघि चार सदस्यीय सचिवालय र स्थायी कमिटी बसेको थियो । बैठकमा सचिवालय र स्थायी कमिटीले स्थायी कमिटी सदस्य...

भारतमा कोरोना : एकै दिनमा करिब १० हजार संक्रमित, २७९ को मृत्यु

एजेन्सी, जेठ २८-भारतमा कोरोनाभाइरसका कारण एकै दिनमा झण्डै १० हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ९८५ जना संक्रमित भएको पुष्टि भएको हो । योसँगै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्