‘प्रदेशका कानुन दराजमै थन्किए‘

 न्यूज विराट
‘प्रदेशका कानुन दराजमै थन्किए‘

विराटनगर, असार ३०–प्रदेश १ मा बनाइएका अधिकाँश कानुन दराजमै थन्किएको सांसदहरूले गुनासो गरेका छन् । आजको प्रदेशसभा बैठकमा सांसदहरूले प्रदेशसभाले बनाएका अधिकांश कानुनहरू दराजमा थन्किएको गुनासो गरेका हुन । सांसद केदार कार्कीले लोकसेवा सम्बन्धमा कानुन बनेर पदाधिकारी नियुक्तभए पनि उनिहरू कामविहीन भएर बसेको बताए ।

उनले संघ भन्दा पहिले बनाइएको प्रदेश प्रहरी ऐन कार्यान्वयन हुनेमा पनि आशंका व्यक्त गरे । संघिय सरकारलाई समेत उछिनेर कानुन बनाउन प्रदेश सरकारले हतार गरिरहेको कार्कीको आरोप छ ।

प्रदेशका अधिकाँश कानुन दराजमा थुप्रिएकाले दराजमा मात्रै सजाउनका लागि कानुन बनाउनुको अर्थ नभएको उनको भनाई छ । प्रदेश यातायात सम्बन्धमा व्यवस्थागर्न बनेको ऐन २०७६ को पहिलो संसोधन सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा भाग लिंदै कार्कीले प्रदेशका अधिकाँश कानुन संसोधन गर्न आबश्यक देखिएको बताए ।

विधेयकको सैद्धान्तिक छलफलमा भागलिंदै सांसद श्रीप्रसाद मैनालीले कानुनबनेपछि नियमावली आउनु पर्नेमा अझैसम्म नियमावली नआएको बताए ।

छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदै आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा बनेका कानुनहरू कार्यान्वयनमा रहेको दाबी गरे । कार्कीले अधिकांश कानुन कार्यान्वयनमा रहेको र केहि कार्यान्वयनका क्रममा रहेको स्पष्ट पारे ।

सम्बन्धित समाचार

संविधान संशाेधन प्रस्ताव दर्ता गर्दै राजपा

काठमाडाैं, १६ जेठ-राष्ट्रिय जनता पार्टी (राजपा नेपाल) ले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । शुक्रबार साँझ संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता गर्ने तयारीस्वरूप साे पार्टीका नेताहरू अहिले छलफलमा छन् । राजपाका...

मोरङमा सोमबार विहानबाट मात्र मतगणना हुने

विराटनगर । मोरङमा सोमबारबाट मात्र मतगणना हुने भएको छ । निर्वाचन आयोगले रातिबाटै मतगणना सुरु गर्न निर्देशन दिएको भएपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार विहानबाट मात्र गणना सुरु गर्ने तयारी गरेको हो । मोरङको उत्तरी...

सदस्य सचिव बस्नेतद्वारा खोटाङ जिल्लाको खेलकुद संरचनाको अनुगमन तथा निरीक्षण

विराटनगर। कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले खोटाङ जिल्लाको खेलकुद विकास समितिको कार्यालय तथा जिल्लामा रहेको खेलकुद संरचनाहरुको अनुगमन तथा निरीक्षण गरेका छन्। कोशी प्रदेशको विभिन्न जिल्लाहरुको खेलकुद समिति मातहतको...

ठुलो परिणाममा अबैध समान सहित १ जना पक्राउ

विराटनगर, १४ माघ । इलाका प्रहरी कार्यालय दमकले ठुलो परिणामको अबैध समान सहित एक जनालाई पक्राउ गरेको छ । दम नगरपालिका–६ स्थित एक घरमा ओरियन्स कम्पनीका बिभिन्न ब्राण्डका खाद्य वस्तुहरु अबैध रुपमा ल्याई भण्डारण गरिएको...

दलित समुदायमाथि हुने जातीय विभेदविरुद्धका कानुन कार्यान्वयनमा जोड

विराटनगर, १८ फागुन । दलित समुदाय माथि हुने जातीय विभेदविरुद्धका कानुन कार्यान्वयन हुनुपर्नेमा एक कार्यक्रमका सहभागि वक्तहरुले जोड दिएका छन् । मानव अधिकारका लागि श्रोत विकास मञ्च (रिडेफ) नेपालले विराटनगरमा बुधबार आयोजना गरेको दलितका संवैधानिक,...

मुक्ति समाजको ३६ औँ स्थापना दिवसमा नेता द्वय नेपाली र पोर्तेल पुरस्कृत

विराटनगर । नेपाली दलित आन्दोलनका अग्रज व्यक्तित्व खेम नेपाली र सोम पोर्तेल पुरस्कृत भएका छन् । मंगलबार नेपाल उत्पीडित जातीय मुक्ति समाज कोशी प्रदेश कमिटीले नेपाली दलित आन्दोलनका अग्रज व्यक्तित्व नेपाली र पोर्तेललाई पुरस्कृत गरेको...

आफूनिकट नेतासँग छलफलपछि शीतल निवासमा प्रधानमन्त्री

काठमाडौं, २९ कात्तिक-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति  विद्या भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका छन् । सत्तारुढ नेकपाभित्र चर्को विवाद भइरहेको बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल...

यातायात कार्यालय विराटनगरमा बिचौलियाको कारोबार गरेको आरोपमा १२ पक्राउ

विराटनगर । जिल्ला प्रहरीले कार्यालय मोरङले विराटनगर यातायात कार्यालय अगाडिबाट बिचौलिया काम गरेको आरोपमा एक दर्जन पक्राउ परेका छन् ।प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वमा खटिएको प्रहरी टोलीले यातायात कार्यालयमा बिचौलियाको काम गर्ने १२ जना व्यक्तिलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्