ओलीको अभिव्यक्ति कुर्ची जोगाउने अस्त्र र राजनीतिक स्टन्ट : गगन थापा

 न्यूज विराट
ओलीको अभिव्यक्ति कुर्ची जोगाउने अस्त्र र राजनीतिक स्टन्ट : गगन थापा

काठमाडौं, ३० असार-नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति नेकपा भित्रको अन्तरद्वन्द्वका बीच कुर्ची जोगाउने अस्त्र भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिबारे प्रतिक्रिया दिँदै आन्तरिक किचलोमा प्रधानमन्त्रीले आफ्नो कुर्ची जोगाउन योजनावद्ध ढङ्गले उठाएको अस्त्र र राजनीतिक स्टन्टको प्रयोग गरेको बताएका हुन् ।

उनले ओलीको अभिव्यक्तिलाई धेरैले प्रधानमन्त्रीले जे पनि बोल्ने पुरानै प्रवृति हो र यो पनि उट्पट्याङ शैलीबाट आएको आवेग अभिव्यक्तिको रूपमा अर्थ्याए पनि आफूले भने कुर्ची जोगाउन गरिएको राजनीतिक स्टन्टका रूपमा बुझेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीलाई मेन्सन गर्दै उनले लेखेका छन् ‘ प्रधानमन्त्रीको अभिव्यक्तिमा प्रतिक्रिया देख्दा धेरैले ‘जे पनि बोल्ने’ प्रमको पुरानै प्रवृत्ति हो र यो पनि उट्पट्याङ शैलीबाट आएको क्षणिक आवेगको रुपमा लिएको पाएँ । मेरो विचारमा- यो नेकपाको आन्तरिक किचलोमा प्रमले आफ्नो कुर्ची जोगाउन योजनावद्ध ढङ्गले उठाएको अस्त्र र राजनीतिक स्टन्ट हो ।’

उनले दोस्रो थ्रेडमा भारतको प्रतिक्रिया आएपछि देशभित्र उत्पन्न परिस्थितिको जगमा आफूलाई ‘कथित राष्ट्रवादी’ बनाउने र पार्टीभित्रको विद्रोह थाम्ने कडीका रूपमा ओलीले असंगत अभिव्यक्ति दिएको उनले बताएका छन् ।

‘प्रमलाई राम्रोसंग थाहा छ; यस्तो अभिव्यक्ति दिँदा भारतबाट विविध प्रतिक्रिया आउँछ। त्यसका आधारमा देशभित्र उत्पन्न परिस्थितिको जगमा आफूलाई ‘कथित राष्ट्रवादी’ बनाउने र पार्टीभित्रको विद्रोह थाम्ने कडीका रूपमा नै केपी ओलीबाट संवेदनशील विषयमा यस्ता असंगत अभिव्यक्ति आएको हो’ उनले लेखेका छन् ।

उनले तेस्रो थ्रेडमा ओली सत्ता स्वार्थका लागि जुनसुकै प्रपञ्च रच्न तयार रहेको उल्लेख गर्दै उनको योजनावद्ध राजनीतिक प्रपञ्चलाई पूरा नदिन आग्रह गरेका छन् ।

‘यसले केपी ओली सत्ता स्वार्थका लागि जुनसुकै प्रपञ्च रच्न तयार रहेको प्रष्ट पार्छ । आफ्नो लागि राष्ट्रिय स्वार्थसमेत दाउमा राख्ने, प्रमको अराजनीतिक टिप्पणीको भार बोक्न स्वाभिमानी नेपाली अभिशप्त छैनौँ । यसलाई हल्का रूपमा नलिऔं । यस्ता योजनावद्ध राजनीतिक प्रपञ्चलाई पूरा हुन नदिऔँ’ उनले लेखेका छन् ।

उनले प्रधानमन्त्रीले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोलेको बताएका छन् । कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रधानमन्त्रीबाट देश र लोकतन्त्र असुरक्षित रहेको उल्लेख गरेका छन् ।

‘प्रमले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोल्नुभएको हो । प्रत्युत्पादक भएपछि परराष्ट्रको वक्तव्य आयो । कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट न देश सुरक्षित छ न लोकतन्त्र ! नेकपाका साथीहरू ! राजनीतिक होइन भनेर नपन्छिनोस, अब खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस्’ उनले उल्लेख गरेका छन् ।

सोमबार सरकारी निवास बालुवाटरामा भएको एक कार्यक्रममा प्रधानमन्त्रीले भारतले नक्कली अयोध्या खडा गरी साँस्कृतिक तथ्य तोडमोड गरेको अभिव्यक्ति दिएका थिए । त्यस्तै उनले भगवान राम पनि नेपालमै जन्मेको बताएका थिए । उक्त अभिव्यक्तिपछि प्रधानमन्त्री ओलीको तीव्र आलोचना भइरहेको छ ।

सम्बन्धित समाचार

बिराट मेडिकल कलेजमा अत्याधुनिक ब्लड बैंक स्थापना, विरामीको ज्यान बचाउन रक्तदान र सचेतना

विराटनगर । विराट मेडिकल कलेज शिक्षण अस्पतालले अत्याधुनिक सुविधा सम्पन्न ब्लड बैंक संचालनमा ल्याएको छ । शिक्षण अस्पताल भित्र निजि क्षेत्रबाट संचालित एक मात्र विश्वस्तरिय ब्लड बैंक संचालनमा ल्याएको हो । संचालनमा आएको ब्लड बैंकमा...

मोरङको धनपालथानमा आगलागीमा तीन वर्षीया बालिकाको मृत्यु : हराएका बालक भेटिए, १६ घर जलेर नष्ट

विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको कदमामा रहेको मुस्लिम बस्तीमा आगलागी हुँदा एक जना बालिकाको जलेर मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा तीन वर्षीय बालिका रेश्मा खातुन रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण...

ओलीको कदमविरुद्ध सवै एक जुट हुनुपर्छ:बाबुराम भटटराई

विराटनगर, २४ माघ । प्रधानमन्त्री केपी शर्माओलीले अहिलेको परिवर्तन पहिला देखि नै नचाहेकाले संसद विघटन गरेर यो व्यावस्था लाई तहसनहस बनाएको जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भटटराईले बताएका छन्...

देशभर २ हजार ३२८ जनाले जिते कोरोना

काठमाडौं, १० असार-देशभरबाट पछिल्लो २४ घण्टाको अवधिमा ११४ जना कोरोना भाइरस संक्रमित निको भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न आइसोलेसन अस्पतालमा उपचार...

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौंको कलंकीस्थित खसी बजारमा गएराति टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको छत्रे देउराली–२ का १८ वर्षीय विश्वास रञ्जितकार रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका रञ्जितकारको उपचारका क्रममा राति सवा...

प्रचण्ड–माधव समुहक बिद्यार्थी भेला : नेताहरुले दिए पार्टी बिभाजनकै पक्षमा यस्तो प्रशिक्षण

काठमाडौं, १९ मंसिर–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद चर्कदै जाँदा छुट्टा–छुट्टै भेला तथा प्रशिक्षण कार्यक्रमले तीब्रता पाउन थालेको छ । पार्टी बिभाजन हुने लगभग निश्चित रहेको आन्तरिक सर्कुलर पठाएर देशब्यापी तयारी थालेको अध्यक्ष पुष्पकमल...

दुई वर्षपछि समातिए वीरगञ्ज बम विस्फाेटका मुख्य याेजनाकार

भारतमा लुकेर वीरगञ्जलगायत सीमावर्ती शहरमा आपराधिक गतिविधि गर्दै आएकाे समूहका मुख्य नाइके ३३ वर्षीय फुलहसन अन्सारी उर्फ विवेक सिंह पक्राउ परेका छन् । वीरगञ्ज- २४, रामगढवाका अन्सारी २४ साउन २०७६ मा वीरगञ्जकाे बिर्ताबजार र  त्यसको चार दिनपछि २८ साउनमा घण्टाघरनजिकै मिना बजारमा भएकाे बम विस्फाेटकाे मुख्य...

मुख्यमन्त्री राईसँग मन्त्रीहरूको कार्यसम्पाद सम्झौता

विराटनगर,  १६ असोज-प्रदेश १ का मुख्यमन्त्रीसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गरेका छन् । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री शेरधन राईसँग प्रदेशका मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गरेका हुन् । शुक्रबार आर्थिक मामिला...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्