ओलीको कदमविरुद्ध सवै एक जुट हुनुपर्छ:बाबुराम भटटराई - News Birat

ओलीको कदमविरुद्ध सवै एक जुट हुनुपर्छ:बाबुराम भटटराई

न्यूज विराट

विराटनगर, २४ माघ । प्रधानमन्त्री केपी शर्माओलीले अहिलेको परिवर्तन पहिला देखि नै नचाहेकाले संसद विघटन गरेर यो व्यावस्था लाई तहसनहस बनाएको जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भटटराईले बताएका छन् ।

धनकुटामा शनिबार समाजवादी पाटीले आयोजना गरेको बिरोध कार्यक्रममा बोल्दै नेता भटटराईले यस्तो बताएका हुन् । उहाँले संविधान र व्यवस्थाको रक्षाका लागि कांग्रेस, नेकपा माधवकुमार नेपाल, झलनाथ खनाल, प्रचण्ड (माझण्ड) समुह, जनता समाजवादी पार्टी एक भएर आन्दोलन गर्नू पर्ने समेत बताए ।

कार्यक्रमा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले ओलीको निर्वाचन गराउने चाँहना नभएको बताउँदै अधिनायकबादी सरकार अब धरै दिन नटिक्ने दावी गरे ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles