भाषा, साहित्यको संरक्षण आवस्यक : मुख्यमन्त्री राई

 न्यूज विराट
भाषा, साहित्यको संरक्षण आवस्यक : मुख्यमन्त्री राई

विराटनगर, २९ असार–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भाषा, साहित्यको संरक्षण आवस्यक रहेकोमा जोड दिएका छन् । संघियता अघिको शासन प्रणालीले श्रष्टाहरुको खोजी, पहिचान र सम्मानको काम नगरेको उनले बताए ।

२ सय ७ औं भानु जयन्तीका अवसरमा सोमबार सामाजिक विकास मन्त्रालयले आयोजना थरेको श्रष्टा सम्मान तथा पुरस्कार सर्मपण समारोहमा उनले साहित्य, कलाको संरक्षण र विकासका लागि प्रदेश १ सरकारले एकाडेमी बनाउने तयारी शुरु गरेको बताए ।

साहित्य, कला, संस्कृतिको संरक्षण हुन नसके नेपालीपन हराएर जाने उनले बताए । कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले नेपाली भाषा संकटमा रहेको बताए । नेपाली भाषा प्रयोग गर्नेको संख्या अहिले ३० प्रतिशत घटेको उनको भनाई छ । अहिले नै भाषा, साहित्यको संरक्षण र विकास नगरे भावि सन्ततिमा नेपाली भाषाको प्रयोग अझै घट्ने मन्त्री घिमिरेले बताए ।

नेपाली भाषा माथि चुनौति रहेकाले यसको विकास र संरक्षण आवस्यक रहेकोमा उनले जोड दिए । उहाँले नेपाली भाषासँगै प्रदेश १ मा बोलिने १ सय ४ वटा भाषा पनि संकटमा रहेको बताए । मातृभाषा, संस्कृति र संस्कार संकटमा पर्दै गएकाले यसको संरक्षणमा मन्त्री घिमिरेले जोड दिए । कार्यक्रममा प्रा.डा. टंक न्यौपाने, प्रा.डा. भीम खतिवडा, प्राज्ञ खेम नेपाली, साहित्यकार मुनाराम शेर्मा लगायतले आदिकवि भानुभक्त आचार्यको स्मरण गरेका थिए ।

सम्बन्धित समाचार

म राजीनामा दिनेवाला छैन : प्रधानमन्त्री ओली

काठमाडौं, १९ कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएका हुन् । पछिल्लो...

शसस्त्र प्रहरीलाई गोताखोर तालिम सुरु

विराटनगर । कोशी प्रदेशमा शसस्त्र प्रहरीका लागि गोताखोर तालिम सुरु भएको छ । शसस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी मुख्यालय सुनसरीको आयोजनामा तालिम सुरु भएको हो । तालिमको उद्घाटन कोशी प्रदेशका प्रमुख सचिव...

पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७७ जना सङ्क्रमित, ६ जनाको मृत्यु

काठमाडौं,  ३० कात्तिक-नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ४ सय ७६ जनाको...

कटहरीका स्थानीय युवाहरुले वडाध्यक्षलाईनै वितरण गरे राहत

विराटनगर, चैत १९–‘लक डाउन’ का कारण दैनिक ज्यालादारि मजदुरी गरेर गुजारा गर्ने परिवारको समस्यालाई गम्भिर रुपमा नलिएको भन्दै आक्रोशित मोरङको कटहरी गाउँपालिकाका युवाहरुले वडाध्यक्षलाईनै राहत वितरण गरेका छन् । कटहरी गाउँपालिका–१ का वडाध्यक्ष कपुरलाल माझिले...

रुसमा ३ लाख पुगे कोरोना संक्रमित, सवै नेपाली सुरक्षित

मस्को, जेठ ६–रुसमा मंगलबार सम्म २ लाख २० हजार ९ सय ७४ जना कोरोना भाइरस (कोडिभ–१९) का सक्रिय संक्रमित पुगेका छन् । केही दिन यता रुसमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलँदै गएको छ ।...

सरस्वतीलाई पराजित गर्दै आर्मी शीर्षस्थानमा

काठमाडौं, पुस २४–विभागीय टिम त्रिभुवन आर्मी क्लब कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिन सफल भएको छ । दशरथ रंगशालामा बिहिबार भएको खेलमा सरस्वती युथ क्लबलाई १–० ले पराजित गर्दै आर्मी...

२ जनाको आरडीटी पोजेटिभ देखिएपछि सप्तरीका २ स्थानीय तह शील

राजविराज, ३ वैशाख-सप्तरीका २ स्थानीय तह सिल गरिएको छ । र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) का क्रममा २ जनामा कोरोना संक्रमण देखिएपछि जिल्लाको खडक नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका शील गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको...

विराटनगरमा मिल्स भेट्रान्स फुटबलः मर्निङ भेट्रान्स क्वाटरफाइनलमा

विराटनगर/विराटनगर जुटमिलको खेलमैदानमा जारी नगर स्तरिय मिल्स भेट्रान फुटबल प्रतियोगितामा मर्निङ भेट्रान्स क्लब क्वारटफाइनलमा प्रवेश गरेको छ । शुक्रबार विहान भएको पहिलो खेलमा तालिम केन्द्र विराटनगरलाई ४–१ गोलले हराउँदै मनिङ भेट्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्