आगामी आर्थिक वर्षको सुरुबाटै क्लिनफिड लागू गर्न माग

 न्यूज विराट
आगामी आर्थिक वर्षको सुरुबाटै क्लिनफिड लागू गर्न माग

काठमाडौं, २८ असार-नेपाल मिडिया सोसाइटीले आगामी आर्थिक वर्षको सुरुबाट नै क्लिन फिड लागू गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडालाई भेटेर मिडिया सोसाइटीले क्लिनफिड साउनबाट नै लागू गर्न ध्यानाकर्षण गराएको हो ।

सबै सेवा प्रदायकहरु क्लिनफिडका लागि मानसिक रुपमा तयार भएकाले तीन महिना पर्खिनुभन्दा आर्थिक वर्षको सुरुबाटै लागू गर्न कुनै समस्या नहुने सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले बताए ।

आर्थिक वर्षको सुरुवातबाट नै विज्ञापनरहित विदेशी च्यानल हुनुपर्ने उनले बताए । विज्ञापनरहित बनाएर कसरी दिने÷नदिने भन्ने कुरा सरकारको चिन्ताको विषय नभएको उनको भनाई छ ।

ध्यानाकर्षण पत्र बुझ्दै सरकार प्रवक्तासमेत रहेका मन्त्री डा.खतिवडाले यो विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको बताए । कानुनतः कार्तिक ८ गतेबाट लागू हुने भए पनि सरकारका कुनै प्रशासनिक निणयबाट छिटो गर्न सकिन्छ कि भन्ने विषयमा मन्त्रालय गृहकार्यमा जुटिरहेको उनको भनाई छ ।

कार्तिक भन्दा अगाडि नै क्लिनफिडमा जान सकिने अवस्था भएमा छिट्टै मन्त्रिपरिषद्मा प्रस्ताव लगेर निर्णय गर्न सकिन्छ कि भन्ने विषयमा पनि गृहकार्य जारी रहेको उनले बताए ।

क्लिनफिडका लागि सरकारले कानून निर्माण गरिसकेको छ । कार्यान्वयनका लागि नियमावली र विज्ञापन बोर्ड गठन भने गर्न बाँकी रहेको उनले बताए ।

विज्ञापन ऐन–०७६ को प्रावधानअनुसार आगामी कात्तिक ८ देखि यो व्यवस्था लागु गर्नुपर्ने हुन्छ । नेपाली विज्ञापन बजारको प्रवद्र्धनका लागि सरकारले क्लिनफिड लागू गर्ने गरी ऐनमा व्यवस्था गरेको हो ।

सम्बन्धित समाचार

स्थायी कमिटीबाट समस्या समाधान गर्ने नेकपा सचिवालयको निर्णय

नेकपा सचिवालय बैठकले स्थायी कमिटी बैठकबाट समस्या समाधान गर्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टीभित्रको समस्या स्थायी कमिटी बैठकबाट समाधान गर्ने निर्णय गरेको हो । स्थायी कमिटी बैठक भोलि...

प्रदेश १ मा कोरोना संक्रमणको नयाँ रेकर्डः आज ११४० जना थपिए

विराटनगर, ३ जेठ । प्रदेश १ मा आज १ हजार १४० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४०१, झापामा २८३, सुनसरीमा २३६, धनकुटामा ६२, संखुवासभामा...

सुनसरीमा उत्कृष्ट काम गर्दै सरूवा भए एसपी संन्जयसिंह थापा, यस्ता छन् सफल अनुसन्धान

विराटनगर । बराइनबाट १५ दिनको बिदामा घर आएका झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय दिनेश सिग्देलको विर्भत्स तरिकाले हत्या गरेको अवस्थामा २०७८ फागुन ४ गते सुनसरी धरान धनकुटा सडक खण्डको खर्दु सामुदायिक वनमा भेटियो ।...

बीपी प्रतिष्ठानमा सप्तरीका कोरोना संक्रमित युवकको मृत्यु

विराटनगर, १६ वैशाख । सुनसरीको धारानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वषीय युवक रहेका छन् । ९ वैशाखमा कोरोना पोजिटिभ देखिएका उनको प्रतिष्ठानको कोभिड...

क्वारेन्टाइनमा रहेकी महिलामाथि बलात्कार प्रयास

जनकपुरधाम, १२ वैशाख-धनुषाको क्वारेन्टाइनमा बसेकी महिलामाथि बलात्कारको प्रयास भएको छ । धनुषाको विदेह नगरपालिका–६ स्थित क्वारेन्टाइनमा रहेकी २२ वर्षीया महिलामाथि गएराति बलात्कारको प्रयास भएको हो । ती महिला विगत ७ दिनदेखि त्यहाँ रहँदै आएकी थिइन्।...

सनाखतका लागि माधव पक्षीय नेताहरू निर्वाचन आयोगमा

काठमाडौं, ९ भदौ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेताहरू सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् । पार्टी अध्यक्ष माधव नेपालसहितका नेताहरू आयोग पुगेका हुन् । केन्द्रीय कमिटीको बैठकका लागि नेताहरू सोमबारदेखि चन्द्रागिरीमा थिए । उनीहरू...

अत्यावश्‍यक कामको लागि विस्तृत योजना ल्याउन राष्ट्र बैंकले निर्देशन

काठमाडौं २९ साउन-नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अत्यावश्‍यक कामको निरन्तरताको लागि विशेष कार्ययोजना ल्याउनको निर्देशन दिएको छ । राष्ट्र बैंकले बिहीबार १ सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । समुदायस्तरमा कोभिड-१९ को...

४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं, २ माघ । पछिल्लो २४ घण्टामा नेपालमा ४९६१ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार १३१ जनाको कोरोना परीक्षण गरिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्